Main Menu

Friday, May 12th, 2017

 

निर्वाचनको सुरक्षार्थ त्रिवेणी नाका बन्द गरिने

local-election-triveni-boarder-sealed

वैशाख २९, नवलपरासी । स्थानीय तहको निर्वाचनका लागि सुरक्षा दिन नवलपरासीमा पनि नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द गरिने भएको छ । निर्वाचन सुरु हुनभन्दा २४ घन्टाअघि यहाँको त्रिवेणी नाका शनिबार बिहान– ९ बजेबाट बन्द हुने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । दुई देशका सुरक्षा निकायका प्रमुखको भारतको बिहारमा भएको सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रानाकाअनुसार बैठकमा त्रिवेणी नाकामा ४८ घन्टा अघिबाट सीमा क्षेत्रमा जाँचमा कडाइ गर्ने २४ घन्टा नाका बन्द गर्ने सहमति भएको हो । पहिलो चरणमा नवलपरासीको प्रदेश नं– ४ मात्र निर्वाचन हुँदैछ । तसर्थ प्रदेश न–पूरा पढ्नुहोस्


चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको हस्ताक्षर

वैशाख २९, काठमाडौँ । नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा आज हस्ताक्षर गरेको छ । शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदाश वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले सो अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गरे । उक्त समझदारीपत्रमा हस्ताक्षरपछि मन्त्री डा. महतले यस नयाँ समझदारी दुई देशको सम्बन्धमा महत्वपूर्ण पाइला भएको बताए । उनले भने–“यो सम्झौताले नेपाल र चीनबीच सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको छु ।” उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको समेत उपस्थिति रहेको सोपूरा पढ्नुहोस्


कलामार्फत ‘पुनःनिर्माण पुनःस्मरण’

killing-vehicle-back-law

वैशाख २८, काठमाडौँ । भूकम्पबाट प्रभावितका लागि लक्ष्य गरी सिन्धुपाल्चोकमा अन्तर्राष्ट्रिय कला कार्यशाला शुभारम्भ भएको छ । सिन्धुपाल्चोक २०७२ सालको भूकम्पबाट सबैभन्दा प्रभावित जिल्लामध्येको एक हो । देशभरि भूकम्पको प्रभावको आँकलन गर्दा सम्पूर्ण मानवीय क्षतिको ४० प्रतिशत सो जिल्लाले बेहोर्नु परेको थियो । जिल्लामा १३ प्रतिशत भवन पूर्णरुपमा क्षतिग्रस्त भए भने २१ प्रतिशत कृषिजन्य सामग्री र जलविद्युत् क्षेत्रमा ४० प्रतिशतभन्दा बढी क्षति भएको थियो । ‘पुनःनिर्माण पुनःस्मरण’ नाम दिइएको कार्यशालामा भूकम्पबाट भावनात्मक रुपमा छताछुल्ल भएको सिन्धुपाल्चोकलाई कलात्मक रुपमा पुनर्निमाणमा अग्रसर गराउने प्रयास गरिएको छ । त्यहाँ रहेका विभिन्न समुदायलाई कलाले पुनर्निमार्णमा भावनात्मक रुपमा सघाउ पुर्याउने र कलाकारलाई त्यहाँका मानिससंँग एकाकार भईपूरा पढ्नुहोस्


उम्मेदवारका घरघरमा बम, सुरक्षा चुनौती थपिँदै

local-election-explosives-everywhere

वैशाख २९, नवलपरासी । नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम बढेपछि सुरक्षा संवेदनशिलताप्रति ध्यान दिन यहाँका सुुरक्षा निकाय थप चनाखो हुनुपर्ने आवश्यकता देखिएको हो । नवलपरासीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विभिन्न उम्मेदवारलाई लक्षित गरी विभिन्न किसिमका बम राख्ने गरेको पाइएको छ । पछिल्लो समय दुई दिनयता पहिलो चरणको स्थानीय निकायको निर्वाचन हुने नवलपरासीको नवलपुर क्षेत्रमा उम्मेदवारलाई लक्षित गरी बम राखेको पाइएको हो । उम्मेदवारको घर–आँगनदेखि सार्वजनिकस्थलमा बम फेला पर्ने गरेका छन् । यद्यपि हालसम्म सो बमबाट मानवीयपूरा पढ्नुहोस्


हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुन्छ : राजदूत पुरी

वैशाख २९, धनुषा । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालमा सञ्चालित भारतीय सहयोगका विकास योजना छिट्टै पूरा हुने बताएका छन् । नेपालमा सञ्चालित विकास योजनामध्ये सबैभन्दा महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुने उनले बताए । भारतीय राजदूत पुरीले भारत सरकारको लगानीमा नेपालका धेरै आयोजना निर्माणाधीन अवस्थामा रहेको बताउँदै निर्माणाधीन अवस्थामा रहेका मध्ये हुलाकी राजमार्ग प्रमुख भएको बताए । उनले तराई मधेसका लागि उपयोगी राजमार्गका रुपमा परिचित हुलाकी राजमार्ग निर्माणमा भारतीय सरकारको पनि चासो रहेको बताउँदै आउँदो एक वर्षभित्र हुलाकी सडक सम्पन्न गर्न जोड दिने बताए । नेपाल–भारत मैत्री युवा सङ्घद्वारा जनकपुरमा विहिबार आयोजना गरिएको स्वागत एवम् सम्मानपूरा पढ्नुहोस्


लघु जलविद्युत् सिडिएम आयोजनालाई अन्तर्राष्ट्रिय पुरस्कार

वैशाख २९, काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले प्रवर्द्धन गरेको लघु जलविद्युत् स्वच्छ विकास संयन्त्र (सिडिएम) आयोजना ‘नवीन परिणाममा आधारित लगानी’तर्फ अन्तर्राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत भएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ढाँचा महासन्धिअन्तर्गत दर्ता भएको सो आयोजना ग्लोबल पार्टनरसिप अन आउटपुट बेस्ड एड(जिपिओबिए) बाट सन् २०१६ को इन अबटेन अवार्डद्वारा पुरस्कृत भएको हो । विश्व बैंकअन्तर्गत रहेको जिपिओबिए सन् २००३ मा विभिन्न दातृ निकायबाट स्थापना भएको कोष हो । सो पुरस्कार वार्षिक रुपमा प्रदान गरिन्छ । यहाँ हिजो आयोजित कार्यक्रममा नेपालस्थित विश्व बैंकका निर्देशक टाकुया कामाताले विश्व बैंकका तर्फबाट सो अवार्ड वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललाई प्रदान गरेपूरा पढ्नुहोस्


नेपालको आर्थिक वृद्धिदर ७.५, २३ वर्षकै उच्च : विश्व बैंक

nepal-economic-growth-2-decades

वैशाख २९, काठमाडौँ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ७.५ प्रतिशतले (बजार मूल्यमा) वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले हिजो सार्वजनिक गरेको प्रतिवेदमा मनसुनी वर्षाका कारण कृषि उत्पादकत्वमा वृद्धि, विद्युत आपूर्तिमा वृद्धि र भूकम्पपछिको पुनःनिर्माणमा लगानी वृद्धि भएका कारण २३ वर्षयताकै आर्थिक वृद्धिदर बढ्ने भएको हो । विश्व वैंकको प्रतिवेदनअनुसार सन् १९९४ पछि सन् २०१७ मा नेपालमा ७.५ प्रतिशतले आर्थिक वृद्धि हुने भएको हो । सन् २०१५ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०१६ मा १४ वर्षयताकै न्यून शून्य दशमलव ४ प्रतिशतले आर्थिक वृद्धि भएको थियो । विश्व बैंकले गतवर्ष नेपालमा भारतकोपूरा पढ्नुहोस्