Main Menu

Tuesday, May 9th, 2017

 

एमालेलाई मत दिन आग्रहः अध्यक्ष ओली

वैशाख २६, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेलाई मत दिन सबैसंग आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगर र अन्य नगरपालिकामा पार्टीबाट खटिने स्वयम्सेवकको भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले राष्ट्रियता, एकता, आर्थिक समृद्धि, छिमेकीसँगको सन्तुलित सम्बन्ध र प्रतिकूल अवस्थामा पनि काम गर्ने कुशलता भएका कारण एमालेलाई मत दिन आग्रह गरेका हुन् । “राम्रोसँग जनतामा नपुगेकाहरुले एमाले जित्दैन भन्न सक्छन्, त्यस्तो भन्नेहरु जनतामा पुगेका छैनन् भनेर बुझ्नुस्, घरमा अक्षता खेलाएर बस्नेलाई मत परिणाम थाहा हुँदैन्, एमालेबाहेक अरूले जित्नुपर्ने कारण नै छैन् भन्नुभयो ।” – अध्यक्ष ओलीले भने । एमाले “आविष्कारक” पार्टी भएको रपूरा पढ्नुहोस्


मौन अवधिमा उम्मेदवारको विज्ञापन पनि गर्न पाइन्न : आयोग

वैशाख २६, काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले मौन अवधि सुरु भएपछि दल वा उम्मेदवारसँग सम्बन्धित प्रचार प्रसारका सशुल्क वा निःशुल्क विज्ञापन प्रसारण/प्रकाशन गर्न नहुने जनाएको छ । मौन अवधिमा निर्वाचनको प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाइएको हुनुपर्ने व्यवस्था रहेको छ । आयोगले प्रेस काउन्सिललाई लेखेको पत्रमा भनिएको छ, “तोकिएको समयावधिभन्दा बढी नहुने गरी र सशुल्क विज्ञापन भएको जनाउने गरी निर्वाचन विज्ञापन प्रसारण वा सम्प्रेषण गर्ने तर मौन अवधिमा त्यस्ता विज्ञापन प्रकाशन वा सम्प्रेषण गर्न पाइने छैन ।” काउन्सिललेपूरा पढ्नुहोस्


आफैंलाई काउकुती लगाउन किन सकिँदैन ?

आकाश महर्जन काउकुतीको कार्यविधि वैज्ञानिकहरुको लागि धेरै पहिलेदेखि नै रहस्यमयी रहँदै आएको छ । काउकुती लाग्दा किन हाँस्छौँ भन्ने कुराको मूर्त जवाफ अहिले पनि वैज्ञानिकहरुले दिन सकेका छैन । तर आफैंलाई काउकुती लगाउन किन सकिँदैन भन्ने रहस्यको जवाफ दिन भने वैज्ञानिकहरु केही हदसम्म सफल छन् । हाम्रो छालाको मुनि दसौँ लाख स्नायुहरु हुन्छन् जसले मस्तिष्कलाई स्पर्शको, तातो वा चिसो जस्ता अनुभुतिहरुको बारेमा सूचना प्रदान गर्छन् । यी स्नायुहरुको सूचनाका कारणले नै तातो तावामा हात राख्दा ‘हात हटाऊ, तिमीलाई पोल्दैछ ।’ भन्ने सङ्केत मस्तिष्कले दिन सक्छ । जब कसैको हल्का स्पर्शले यी स्नायुहरुलाई उत्तेजित पार्छ, यो सूचनालाई स्नायुहरुले स्नायु प्रणालीमार्फत् मस्तिष्कमापूरा पढ्नुहोस्


साथी बनाउन खोज्दा

making-friends-shyamprasad

(नेपाली साहित्यका एक नक्षत्र वरिष्ठ साहित्यकार श्यामप्रसाद शमार्को गत वैशाख २४ गते ८९ वर्षको उमेरमा निधन भयो । सरल जीवन र उच्च बिचारका पर्याय बोकेका साहित्यकार श्यामप्रसाद शर्माले व्यवहारिक जीवनका थुप्रै कुराहरुलाई जनबोलीमा रचनाहरु लेखी सर्वसाधारण समक्ष प्रस्तुत गरेका छन् । खसागरी दैनिक जीवनमा मान्छेलाई असल हुन सिकाउने उनका रचनाहरुले उनको समयका पाठकहरुको ठूलो सङ्ख्यालाई आकर्षित गर्न उनी सफल भएका थिए । उनका ती रचनाहरु आजको समयमा पनि उत्तिकै महत्वका छन् । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनप्रति शोक प्रकट गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली स्वरुप मूल्याङ्कन अनलाईनले व्यवहारिक जीवनमा अति नै महत्व राख्ने उनको ‘साथी बनाउन खोज्दा’ शिर्षकको रचना यहाँ प्रस्तुतपूरा पढ्नुहोस्


नेपालले ‘वन बेल्ट, वन रोड’ मा हस्ताक्षर गर्ने

वैशाख २६, काठमाडौं । एशिया, युरोप र अफ्रिकाका ६६ मुलुकलाई सडक, रेल र हवाई मार्गको सञ्जालबाट जोडेर विश्वकै अर्थतन्त्रलाई उकास्ने चीनको महत्वाकांक्षी योजना ‘ओबिओआर’ अर्थात् ‘वन बेल्ट, वन रोड’ मा नेपाल पनि जोडिने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले आगामी विहीवार चीनको उक्त योजनाको फ्रेमवर्क समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । विश्वका दुई ठूला उदीयमान अर्थतन्त्र चीन र भारतबीच रहेको नेपालले उनीहरुबीचको पुलको काम गरी आफ्नो अर्थतन्त्रमा कायापलट गर्न सक्छ र पृथ्वीनारायण शाहको ‘दुई ढुङ्गा बीचको तरुल’ को पुरानो अवधारणालाई अब छोड्नुपर्छ भन्ने बिचार गणतन्त्र प्राप्तीपछि बलियो बन्दै आएको छ । अहिले नेपालले चीन र भारतबीचको गतिशील पुलकोपूरा पढ्नुहोस्


पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउँदै शान्ता

चन्द्रकला भण्डारी वैशाख २६, काँकडभिट्टा (झापा) । दुवै मिर्गौला खराब भएर विगत एक वर्षदेखि डायलासिस गरिरहेका पतिको उपचार खर्च जुटाउन अर्जुनधारा–७ की २६ वर्षीया शान्ता राईले टेम्पो चलाउन थालेकी छन् । शान्ताका पति ३६ वर्षीय भूपिन राईको दुवै मिर्गौला खराब छ । आर्थिक अवस्था ज्यादै नाजुक भएकाले दाताबाट आर्थिक सहयोग जुटाएर उनको उपचार भइरहेको छ । सातामा तीनपटक डायलासिस गर्नुपर्ने अवस्था भएका भूपिनलाई उपचारका लागि सहयोग जुटाउन स्थानीयवासीले युवा नेता चतुर्भुज काफ्लेको संयोजकत्वमा ‘भूपिन राई बचाऊ अभियान’ गठन गरेका थिए । सोही अभियानबाट सङ्कलित रकमले टिभिएस कम्पनीको टेम्पो आइतबार खरिद गरिएको हो । ‘सधैँभरि चन्दा मागेरमात्र साध्य नभएपछि उहाँ (पति)कोपूरा पढ्नुहोस्


संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति

वैशाख २६, काठमाडौँ । सत्ता साझेदार प्रमुख दुई दल, प्रमुख प्रतिपक्षी दल एवम् राष्ट्रिय जनता पार्टी नेपालबीचमा संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द), नेकपा (एमाले) र राजपा नेपालका शीर्ष नेता सहभागी बैठकमा सोका लागि प्रमुख प्रतिपक्षी दल एमालेलाई आफ्नो अडानमा लचिलो बन्न आग्रहसमेत गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सो बैठकमा व्यवस्थापिका–संसद्को आगामी बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने र पारितसमेत गर्न लगभग सहमति भएको बैठकपछि नेताहरुले सञ्चारकर्मीलाई जानकारी दिए । व्यवस्थापिका–संसद्को अर्काे बैठक आगामी जेठ ४ गते बस्दैछ । सो बैठकमा सरकारले संविधान संशोधनकोपूरा पढ्नुहोस्


शापकोयन्सेले जित्यो क्याटरिना स्टेट च्याम्पियन्सिप, दुखद् विमान दुर्घटनापछिको पहिलो ट्रफी

वैशाख २६, साओ पाउलो, ब्राजिल ।  विमान दुर्घटनामा परी टोलीका अधिकांश खेलाडिको मृत्यु भएपश्चात ब्राजिलियन फुटबल टोली शापकोयन्सेले पहिलो ट्रफी जितेको छ । गत नोभम्बरमा सो फुटबल टोली चढेको विमान दुर्घटना हुँदा टोलीका ३ जना खेलाडी मात्र बाँच्न सफल भएका थिए । ७७ सवार उक्त विमानमा ७१ जनाको मृत्यु भएको थियो । दुर्घटनापश्चात ब्राजिल र अर्जेन्टिनाका केही फुटबल टोलीहरुले आफ्ना केही खेलाडीहरु शापकोयन्सेलाई ऋणमा दिएको थियो । टोलीले २५ नयाँ खेलाडीहरु थप्नुका साथै आफ्नो युथ टिमबाट ९ जना खेलाडीलाई नियमित टोलीमा बढुवा गरेको थियो । एभियाको टोलीसितको हारका बाबजुत आइतबार शापकोयन्सेले सान्टा क्याटरिना स्टेट च्याम्पियन्सिप जित्न सफल भयो । शापकोयन्सेलाईपूरा पढ्नुहोस्


भूकम्पपछि गाउँमा पानी नआएपछि …

वैशाख २६, रामपुर (पाल्पा) । पूर्वी पाल्पाका स्थानीयवासीलाई दिनहुँ पानी खोजेर जीवन गुजारा गर्न निकै समस्या परेको छ । निस्दी गाउँपालिका–५ को गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारीका स्थानीयवासीले गाउँमा पानीको मुहान सुक्दै गएपछि बस्तीदेखि झन्डै तीन किलोमिटर टाढाबाट पानी बोकेर जीविका चलाउँदै आएका छन् । रामपुर–आर्यभञ्ज्याङ सडकखण्डको बेलडाँडा, सिलुवालगायतका क्षेत्रमा धारामा पानी भर्नेको बिहानैदेखि लाइन देखिन्छ । यस सडकमा बिहान ४ बजेदेखि नै ग्यालेन, बाल्टी, गाग्री बोकेर पानी खोज्नेको ठूलो जमात देखिन्छ । भूकम्पपछि गाउँमा रहेका सानासाना पानीका मुहान सुक्दै गएपछि खानेपानीको हाहाकार मच्चिएको स्थानीयवासी बताउँछन् । भूकम्पअघि गाउँकै धारामा खानेपानी उपभोग गर्दै आएका गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा रपूरा पढ्नुहोस्


तीनै दलले बेनीलाई देशकै ‘नमुना नगरपालिका’ बनाउने

local-elections-beni-promises

वैशाख २६, बेनी (म्याग्दी) । म्याग्दीका तीन ठूला दलका उम्मेदवारले आफूले चुनाव जितेमा बेनी नगरपालिकालाई देशकै ‘नमुना नगरपालिका’ बनाउने महत्वकांक्षी प्रतिबद्धता व्यक्त गरेका छन् । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा मतदातालाई आकर्षित गरी आफ्नो पक्षमा भोट माग्नका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले यस्तो प्रतिबद्धता गरेका हुन् । नेपाली काँग्रेसले बेनी नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउनका लागि नगरपालिकाका हरेक वडामा उद्योगको स्थापना गरी रोजगारी उपलब्ध गराउने महत्वाकांक्षी योजना प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । त्यसैगरी, एमालेले बेनी नगरपालिकाका विभिन्न ठाउँमा सिटी सेन्टरको स्थापना गर्नुका साथै गोठगोठमा नै पुगेर बिरामी पशुको स्वास्थ्योपचार गर्नेसम्मको प्रतिबद्धता व्यक्त गरेकोपूरा पढ्नुहोस्