Main Menu

Saturday, May 27th, 2017

 

नेपाल–भारतबीच विद्युत् खरिद सम्झौता नवीकरण

जेष्ठ १३, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्दै आएको बिजुलीको विद्युत् खरिद सम्झौता नवीकरण भएको छ । भारतको सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीमा आज आयोजित नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको विद्युत् व्यापार निगम (एनभिभिएम)का प्रमुख अरुणकुमार गर्गले हस्ताक्षर गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । यसअघि भएको सम्झौताको म्याद यसै साता सकिन लागेकाले आज नवीकरण गरिएको हो । सम्झौता नवीकरण गर्न घिसिङ नेतृत्वको टोली शुक्रबार भारत गएको थियो । एनभिभिएन नेपालमा बिजुली बेच्न भारतले तोकेको सरकारी निकाय हो । सम्झौता नवीकरणले वर्षामा आयात हुने बिजुलीको परिमाण र अवधि तय गरेको छ ।पूरा पढ्नुहोस्


महाभियोग प्रस्ताव फिर्ता हुने

जेष्ठ १३, काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भोलि आइतबार बिहानसम्ममा फिर्ता हुने बताएका छन् । गत वैशाख १७ गते कार्कीविरुद्ध सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २ सय ४९ सांसदले सो प्रस्ताव दर्ता गरेपछि एमालेले न्यायालयमाथिको हस्तक्षेप भएको भनी विरोध गर्दै आएकोमा आज प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रस्ताव फिर्ता लिने सहमति भएको थियो । सर्वाेच्च अदालतकै आदेशबाट प्रधान न्यायाधीश कार्की नियमित काममा फर्किसकेका छन् । उपनेता नेम्वाङले सहमतिअनुसार आजै साँझ वा भोलि बिहानसम्ममा सो प्रस्ताव फिर्ता हुने बताउँदै संसद्मा अवरोध गर्ने आफ्नो पार्टीको चाहनापूरा पढ्नुहोस्


सहमतिका साथ अघि बढौँ – अध्यक्ष ओली

जेष्ठ १३, पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमतिका साथ अघि बढ्न सबै राजनीतिक दलहरुसँग आग्रह गरेका छन् । नेकपा (एमाले) पोखरा लेखनाथ महानगर सङ्गठन कमिटीको आयोजनामा आज पोखराको अमरसिंहचौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न नहुँदासम्म सहमतिको वातावरणको विकल्प नभएको धारणा राखे । देशबाट गरिबी र पछौटेपन हटाउने, रोजगारीका अवसर सिर्जना गर्ने, जनतालाई समृद्धशाली र सुखी बनाउने सबैको एकमात्र लक्ष्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सहमतिको वातावरण बने पनि एमालेले नेतृत्वको दाबी नगर्ने जिकिर गरे । एमाले अध्यक्ष ओलीले आगामी माघ ७पूरा पढ्नुहोस्


तिब्बत चीनको अंग कहिलेदेखि ?

चन्द्रलाल गिरी तिब्बती र चिनियाँ पुरातात्विक निष्कर्षहरु र ऐतिहासिक दस्तावेजहरुले प्रमाणित गरेअनुसार तिब्बती जातीयता र चीनका मुख्य क्षेत्रहरुका जातीयताका बीच प्राचीन समयमा पनि मैत्रीपूर्ण सम्बन्ध रहेको थियो । सातौं शताब्दीमा चीनमा थान वंशको शासन छँदा तिब्बती नेता सोङ्गचाङ्ग गम्पोले प्रभावशाली १० जनजातिलाई एकीकृत बनाएका थिए । उनले थाङ सम्राटकी राजकुमारी बेन्चिङ्गसँग विवाह गरे र चीनसँग घनिष्ट सम्बन्ध स्थापित गराए । सम्बन्ध पुरानो नै भएपनि तेह्रौं शताब्दीको मध्तिर आएर तिब्बत औपचारिक रुपमा चीनको अभिन्न अंग बन्नपुग्यो । चिनियाँ सरकारी अभिलेखका अनुसार चिब्बत सन् १२७१, १३६८ बाट ७ सय वर्षसम्म केन्द्रीय सरकारको अधीनमा थियो । र, ती ऐतिहासिक अभिलेखहरुमा तिब्बती अधिकारीहरुलाई विभिन्न पदवी प्रदान गरेकापूरा पढ्नुहोस्


विमान दुर्घटना अपडेट : चालकको मृत्यु, दुईजना घाइते

जेष्ठ १३, सोलुखुम्बु । काठमाडौंबाट लुक्लाको लागि उडेको ९एन–एकेवाई गोमा एयरको जहाज खराब मौसमका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा शनिबार दिउँसो धावन मार्गबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक दलका क्याप्टेन पारसकुमार राईको पासाङल्हामु निकेल निकील अस्पताल लुक्लामा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सह–क्याप्टेन सृजन मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल बोल्न सक्ने अवस्थामा रहेकी एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि डाइनास्टी हेलिकप्टरद्वारा काठमाडौं लैजान लागेकोमा पुनः मौसम खराबीका कारण छुप्लुङमा आकस्मिक अवतरण गराइएको प्रहरीले जनाएको छ ।


कर्मचारीको लगानीमा ५०० मेगावाटको जलविद्युत् आयोजना बनाउने प्रस्ताव

जेष्ठ १३, काठमाडौँ । निजामती कर्मचारीले न्यूनतम रुपमा ५ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । निजमती कर्मचारीको क्षमता विकास तथा उनीहरुको आर्थिक समृद्धिको लागि समेत उपयुक्त माध्यम भनेकै पछिल्लो दिनमा जलविद्युत् रहेको भन्दै कर्मचारीले सो प्रस्ताव गरेका हुन् । नेपाल निजामती कर्मचारी सङ्घले कर्मचारीको लगानीमा न्यूनतम ५ सय मेगावाट क्षमताको आयोजना अगाडि बढाउन दिन र त्यसको नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष सुवास देवकोटासहितको टोलीले उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई लिखित रुपमै कर्मचारीलाई जलविद्युत् आयोजना बनाउन दिने व्यवस्था गर्न मागपत्रमार्फत आग्रह गरिसकेको छ । निजामती सेवामा कार्यरत सबै निजामती कर्मचारी र पेन्सन होल्डरलेपूरा पढ्नुहोस्


‘निर्वाचनमा भएको धाँधली’को छानबिन गर्न संसदीय छानबिन समिति गठन

जेष्ठ १३, काठमाडौँ । व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य-तथ्य बुझी प्रतिवेदन पेस गर्न ६ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको छ । प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान भएको सहमतिपछि संसद् सुचारु भएसँगै सो प्रस्ताव पेस भएको हो । समितिमा नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशी, नेकपा (एमाले)का राजेन्द्रप्रसाद पाण्डे, नेकपा (माओवादी केन्द्र)का रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भाष्कर भद्रा र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का डा. सुवोधकुमार पोखरेल छन् । सो समितिको गठन गरियोस् भनी माओवादी केन्द्रमा मुख्य सचेतक टेकहादुर बस्नेतले प्रस्ताव प्रस्तुत गरेका थिए भने काँग्रेस र एमालेका प्रमुख सचेतकहरुपूरा पढ्नुहोस्


काठमाडौँ-तराई-मधेस द्रुतमार्ग ४ वर्षमा सकिने

जेष्ठ १३, काठमाडौँ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएका राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणलाई अब तीव्र गतिमा अघि बढाइने भएको छ । काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दुरीको उक्त द्रुतमार्ग नेपाली सेनाले आगामी ४ वर्षमा पूरा गर्ने अठोटका साथ निर्माणकार्य सुरु गरेको छ । द्रुतमार्ग निर्माण गर्न कसलाई दिने भन्ने विषयमा प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद र बहसपछि सरकारले नेपाली सेनालाई उक्त सडक निर्माणको जिम्मेवारी सुम्पिएको हो । सो सडक निर्माण गर्न ठेक्का दिने विषयलाई राजनीतिक दलहरुले राष्ट्रियताको मुद्दासँग पनि जोडेर हेर्दै आएका थिए । प्रधानमन्त्री पुष्पकमलपूरा पढ्नुहोस्


“दोस्रो चरणको निर्वाचनमा पनि एमालेले नै जित्छ”

जेष्ठ १३, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको दोस्रो चरणमा पनि एमाले नै विजय हुने बताएका छन् । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई नेकपा (एमाले) मा प्रवेश गराउने क्रममा आज अध्यक्ष ओलीले अब मुलुकको नेतृत्व गर्ने शक्ति नै आफ्नो पार्टी भएकाले दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि पहिलो पार्टी बनाउने बताएका हुन् । कार्यक्रममा अध्यक्ष ओलीले  नेता ओलीले आफूहरुले दुई चरणमा निर्वाचन नगर्न र मुस्लिमहरुको रमजान पर्वलाई असर पर्ने गरी जेठ ३१ मा निर्वाचन नराख्न माग गरे पनि सरकारले नमानेकाले अब तयारी सुरु भइसकेकाले निर्वाचन नसार्नपूरा पढ्नुहोस्


लुक्लामा गोमा एयरको विमान दुर्घटना

जेष्ठ १३, सोलुखुम्बु । गोमा एयरको ९ एन एक के वाई कल साइनको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । विमान अवतरणका क्रममा रुखको हाँगामा ठोक्किएर विमान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार दुर्घटनाग्रस्त विमानका चालक प्रकाशकुमार राई र सहचालक सुजन मानन्धर तथा परिचारिका प्रज्ञा महर्जन घाइते भएका छन् । अहिले उनीहरुको उद्धार भइरहेको छ ।