Main Menu

Wednesday, May 31st, 2017

 

कामपामा वृद्धवृद्धालाई थप भत्ता, नेपाल भाषालाई मान्यता

जेष्ठ १७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु. १२ हजार भत्ता दिने निर्णय गरेको छ । महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकले घरघर उत्सर्जन हुने फोहरलाई सूर्योदय अगावै विर्सजन गर्ने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । कामपाका प्रमुख शाक्यका अनुसार काठमाडौँ महानगरको सरकारी कामकाजको भाषाका रुपमा नेपाली र नेपाल भाषाको प्रयोग गर्ने निर्णय गरिएको छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको पहिचानका रुपमा सूचीकृत भएको रञ्जना लिपीलाई समेत कामपाको सबै वडा कार्यालयको बोर्ड र ‘लेटर प्याड’मा प्रयोग गरिने भएको छ । दुईपूरा पढ्नुहोस्


“कति मतपत्र च्यातिए, यकिन गरी प्रतिवेदन बुझाऊ” – आयोग

local-elections-ballot-paper-voter-list

जेष्ठ १७, काठमाडौँ । निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले च्यातिएका मतको स्पष्ट यकिन विवरण प्राप्त नभएको यस्तो निर्देशन दिएको हो । आयोगद्वारा जारी विज्ञप्तिमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख भएपनि के कति सङ्ख्यामा मतपत्र नष्ट भएको भन्ने यकिन नभएको उल्लेख गरिएको छ । “गणना भएका तथा गणनाका क्रममा रहेका मतपत्र जहाँ जे जस्तो अवस्थामा थिए सोही अवस्थामा नै पोका पारी सिलबन्दी गरिराखेको भन्ने उल्लेख भएकामा सो महानगरमा उम्मेदवारी दिएका उम्मेदवार वा प्रतिनिधि, प्रमुख जिल्लापूरा पढ्नुहोस्


काठमाडौँमा नगर कार्यपालिका निर्वाचन प्रक्रिया सुरु

जेष्ठ १७, काठमाडौँ । काठमाडौँका नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु भएको छ । शङ्खरापुर नगरपालिकामा आज भएको ८ सदस्यीय कार्यपालिकाको निर्वाचनमा नेकपा (एमाले) को समूह विजयी भएको छ । एमालेले २५ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको गठबन्धनले २० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले जानकारी दिए । यसअघि नगर सदस्यमा निर्वाचित महिलामध्येबाट नगर कार्यपालिका सदस्यको निर्वाचन गरिएको थियो । ५ महिला सदस्यमा ज्ञानु श्रेष्ठ, सुनिता घ्लान, बुद्धिमाया तामाङ, ज्ञानकुमारी पोखरेल र उमादेवी कार्की निर्वाचित भएका छन् । यसैगरी दलित वा अल्पसङ्ख्यकमा आनन्द सार्की, भक्तबहादुर कामी र अनिल परियार निर्वाचित भएका छन् ।पूरा पढ्नुहोस्


३१८ नेपाली भारतबाहेकका विदेशी जेलमा

जेष्ठ १७, काठमाडौँ । भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो । जेलमा रहेका नेपालीलाई हत्या, लागुऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, चोरी, ठगी, बलात्कार, मादक पदार्थ उत्पादन, प्रयोग तथा बिक्रीजस्ता आरोप लागेको भेटिएको छ । नेपाली दूतावास रहेका र नरहे पनि प्रमाणीकरण हुने विश्वका विभिन्न ३२ वटा राष्ट्रमा उल्लिखित सङ्ख्यामा नेपाली नागरिक जेलमा भेटिएको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाका सदस्य सुशीलपूरा पढ्नुहोस्


विद्यालयमा अागजनी, विद्यार्थीमा रुवाबासी

जेष्ठ १७, खोटाङ । एक अज्ञात समूहले लगाएको आगलागीमा परी विद्यालय ध्वस्त भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति माविको पठनपाठन बन्द गरिएको छ । स्थानीयवासी सुतिसकेपछि अज्ञात समूहले सोमबार राति विद्यालयमा आगजनी गरेपछि अर्को विकल्प नभएसम्मका लागि पठनपाठन बन्द गरिएको छ । जिल्लाको नमुना मानिएको ज्योति माविमा अहिले २६१ विद्यार्थी अध्ययनरत छन् । अज्ञात समूहले विद्यालयमा आगजनी गरेपछि मङ्गलबार बिहान विद्यालय आएका विद्यार्थी रुँदै घर फर्किएका प्रधानाध्यापक टीकाबहादुर श्रेष्ठले बताए । अज्ञात समूहले गरेको आगजानीबाट विद्यालयको दुई कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित ९ वटा कोठा ध्वस्त बनेको छ । राति करिब १२ बजे सुरु भएको आगोलेपूरा पढ्नुहोस्


व्यवस्थापन फेरिँदा सुधारोन्मुख क्यान्सर अस्पताल

जेष्ठ १७, चितवन । केहि समययता अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अबदेखि सुधारको बाटोमा अगाडी बढ्न थालेको छ । कर्मचारीको आन्तरिक गुटबन्दी र सञ्चालक समितिको रिक्ततासँगै सो अस्पताल अस्तव्यस्त बनेको थियो । तर सञ्चालक समितिको पूर्णता र तीन साता अघि नयाँ कार्यकारी निर्देशक नियुक्तिसँगै सुधारका काम अघि बढेको हो । यसअघि प्रयोगशालामा आवश्यक केमिकल नहुँदा बिरामीका आफन्तले परीक्षणका लागि बाहिर जानुपर्दथ्यो भने एमआरआई, सिटिस्क्यान, मेमोग्रामका लागि पनि लामो समय पालो कुर्नुपर्ने अवस्था थियो । रेडियोथेरापीमा पालो नपाउँदा बिरामीले क्यान्सर अस्पताल भक्तपुर र निजी अस्पतालमा धाउनु पर्दथ्यो । तर पछिल्लो समयमा सो अस्पतालले अतिरिक्त समयमा समेत सेवा दिन थालेपछिपूरा पढ्नुहोस्


कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?

  भीष्मराज ओझा जेष्ठ १७, काठमाडौँ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहकोगाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन सो गाउँ वा नगरको गाउँसभा र नगरसभाले गर्ने संवैधानिक प्रावधान छ । गाउँसभा र नगरसभालाई अर्काे शब्दमा निर्वाचक मण्डल पनि भनिन्छ । स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचक मण्डलमा सो गाउँ वा नगरभित्रका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाअध्यक्ष र सदस्य रहन्छन् । नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कार्यकारी पद हुन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँकार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । त्यस्तै सो गाउँपालिकाभित्रका वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन्पूरा पढ्नुहोस्


झापाका अधिकांश मतदान केन्द्र ‘संवेदनशील’

local-election-voting-confusion

जेष्ठ १७, काँकडभिट्टा (झापा) । प्रस्तावित अधिकांश मतदान केन्द्रलाई सरकारी सुरक्षा निकायले सुरक्षाको दृष्टिले ‘संवेदनशील’ मानेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील भनी तीन भागमा वर्गीकरण गरिएको छ । झापामा कुल मतदान स्थान २८३ छन् । तिनमा ६५५ मतदान केन्द्र प्रस्तावित गरिएका छन् । तीमध्ये १२७ केन्द्रलाई अति संवेदनशील र ५०१ केन्द्रलाई संवेदनशील भनिएको छ । सत्ताइस मतदान केन्द्रलाई मात्र सामान्य मानिएको छ । प्रहरी नायब उपरीक्षक हरि शर्माले सीमा क्षेत्र र विगतमा अवाञ्छित गतिविधि भएका आधारमा झापाका मतदान केन्द्र सुरक्षाका दृष्टिले वर्गीकरण गर्दा बढी संवेदनशील देखिएको बताए । “बोर्डर एरिया भएकाले अधिकांशपूरा पढ्नुहोस्


मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न काम सुरु

mechi-brdige-hulaki-rajmarg

जेष्ठ १७, बनियानी (झापा) । मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ । आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा अधिग्रहणको काम अघि बढाएको हो । हुलाकी राजमार्गलाई मेचीपुलसँग जोड्न पहिलोचरणमा पुलदेखि २४० मिटर सडक सर्वेक्षण गरिएको सो आयोजनाको इटहरीस्थित कार्यालय इन्जिनियर उपेन्द्र दासले जानकारी दिए । “३० मिटर चौडा सडक निर्माणका लागि २६ घरधुरीको जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ” उनले भने, “त्यसमध्ये ४ वटा सरकारी जग्गा पनि परेको छ ।” जिल्ला प्रशासन कार्यालयको निर्णयबमोजिम कालोपत्रे सडकले छोएको जग्गाका धनीलाई प्रतिधुर रु. २ लाख र सडकले नछोएको घरधनीलाई प्रतिधुर रु. १ लाख ७५पूरा पढ्नुहोस्


सदन फेरि अवरुद्ध – भरतपुरको मतगणना पुनः सुचारुको माग

जेष्ठ १७, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा वैशाख १५ गते मतगणनामा खटिएका स्वयम्सेवकले नै मतपत्र च्यातेपछि निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणना स्थगित गरेको थियो । सो घटनाका बारेमा निर्वाचन आयोगले तीन सदस्यीय समिति गठन गरी छलफलसमेत गरिराखेको छ । सदनको आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसद आ–आफ्ना आसनबाट उठी सदनको कारबाहीलाई अवरोध गरेका थिए । यही बीचमा सोही पार्टीका सांसद सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकाको स्थगित मतगणना प्रक्रिया तत्कालपूरा पढ्नुहोस्