Main Menu

Friday, May 26th, 2017

 

इजिप्टमा बन्दुकधारी एक समूहले क्रिस्चियन धर्मावलम्बीमाथि आक्रमण गर्दा कम्तीमा २५ को मृत्यु

जेष्ठ १२, कायरो (इजिप्ट) । इजिप्टको दक्षिणी मिन्था प्रान्तमा शुक्रबार एक अज्ञात बन्दुकधारीको समूहले बस चढेर चर्चमा गइरहेका क्रिस्चियन धर्मावलम्बीलाई आक्रमण गर्दा कम्तीमा २५ जनाको मत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घटनामा सोही बसका २३ जना घाइते भएका छन् । २ वटा कारमा करिब १० जनाको समूह आएर कायरोदेखि दक्षिणमा अवस्थित स्यामुएल मोनास्ट्री (मठ) तर्फ हिँडेका दुई बसलाई रोकी बसमा रहेका तीर्थयात्रीमाथि अन्धाधुन्ध गोली चलाउँदा २५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको स्थानीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै सिन्ह्वा संवाददाताले जनाएका छन् । स्रोतले बसमा सबै जना धार्मिक समारोहमा सहभागी हुन हिँडेका क्रिस्चियन धर्मावलम्बीहरु रहेका पुष्टि गरेको छ ।पूरा पढ्नुहोस्


राष्ट्रपतिबाट २ सय ५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान (फोटो फिचर)

258-personnel-provided-medal

जेष्ठ १२, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले विभिन्न विधाका २ सय ५८ जनालाई विभूषण प्रदान गरेकी हुन् । नेपाल रत्न विभूषण नेकपा(एमाले)का तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण भण्डारीका छोरीहरु उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीलाई राष्ट्रपति भण्डारीले प्रदान गरिन् । त्यसैगरी, राष्ट्र गौरव विभूषण पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण स्वर्गीय कोइरालाका बुहारी किरण कोइरालालाई राष्ट्रपति भण्डारीले प्रदान गरिन् । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वप्रधानमन्त्री (मरणोपरान्त)पूरा पढ्नुहोस्


प्रतिपक्षीद्वारा संसद् अवरोधपछि भोलिसम्मको लागि बैठक स्थगित

parliament-meeting-postponed

जेष्ठ १२, काठमाडौँ । सभामुख ओनसरी घर्तीको पटकपटकको आग्रहलाई अस्वीकार गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले सदन अवरोध गरेपछि व्यवस्थापिका–संसद्को बैठक आज चल्न सकेन् । बैठक शनिबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११.०० बजेका लागि तय भएको पहिलो बैठक पुनःअपराह्न १६.०० बजेका लागि तय भएको थियो । दोस्रो पटक बैठक सुरु हुनेबित्तिकै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आफूहरुले उठाएको माग सम्बोधन नहुँदासम्म बैठक चल्न नसक्ने बताए । ढकालले स्थानीय तहको निर्वाचनको पहिलो चरण सम्पन्न भएका सन्दर्भमा स्थानीय तहको सङ्ख्या थप भएको, प्रधानन्यायाधीश माथिको महाअभियोगको प्रस्ताव फिर्ता नभएको, स्थानीय तहको पहिलो चरणको निर्वाचनको समयमा भएको भनिएको अनियमितताको छानबिनकापूरा पढ्नुहोस्


राजपा नेतृत्वको गठबन्धन निर्वाचनमा नजाने !

जेष्ठ १२, काठमाडौँ । सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेतृत्वको सङ्घीय गठबन्धनले सङ्घर्षका कार्यक्रमको घोषणा गरेको छ । बिजुलीबजारस्थित राजपाको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले आगामी जेठ ३१ गते घोषित दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई प्रभावित पार्ने गरी सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो । मधेश आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा मुद्दा खारेजी नभएको भन्दै गठबन्धनले लामो सङ्घर्ष र सयौँ पटकका वार्ताबाट पनि समस्याको समाधान नभएको ठहर गरेको छ । सङ्घीय गठबन्धनले उठाएका २६ बुँदे, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका ११ बुँदे तथा सरकारले मधेसी मोर्चा-गठबन्धनसँग गरेको तीनपूरा पढ्नुहोस्


अब पैदल यात्रुलाई पनि जरिवाना !

जेष्ठ १२, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई रु २०० जरिवाना गर्ने भएको छ । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । “जथाभावी बाटोमा हिँडेकै कारण बर्सेनि ७०-८० जनाले ज्यान गुमाउने गरेका छन् । यसलाई रोक्नु नै हाम्रो प्रमुख लक्ष्य हो ।” प्रहरी नायब महानिरीक्षक लामाले भने । महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ लाई टेकेर कारबाही गर्न लागेको जनाएको छ ।पूरा पढ्नुहोस्


स्थानीय तहमा खटिने कर्मचारीको समायोजनमा ध्यान दिन आग्रह

जेष्ठ १२, काठमाडौँ । स्थानीय तहमा आवश्यक कर्मचारीको खटनपटन गर्न र ती तहमा खटिने कर्मचारीको समायोजनसम्बन्धी मापदण्ड बनाउन सरकारसित माग गरिएको छ । सरकारी कर्मचारी समायोजनसम्बन्धी विधेयक द्रुतमार्गबाट ल्याउन, समायोजनसम्बन्धी मापदण्ड बनाउँदा कर्मचारीका सेवा सुविधालाई पहिलो ध्यान दिनसमेत सरकारलाई सुझाव दिइएको छ । सामान्य प्रशासन मन्त्रालय र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिद्वारा “संविधान कार्यान्वयन र सङ्घीयतामा प्रशासन पुनःसंरचना” विषयक आज यहाँ आयोजित कार्यक्रमका सहभागीले सो सुझाव दिँदै अबको कर्मचारी समायोजन जनताप्रति उत्तरदायी कर्मचारी प्रशासनमा हुनुपर्नेमा जोड दिए । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले निर्वाचित जनप्रतिनिधि र स्थानीय तहमा खटिने कर्मचारीका लय मिलाउन आवश्यक रहेकामा जोड दिँदै स्थानीय तहमा कर्मचारीको खटनपटनपूरा पढ्नुहोस्


नेमकिपा नयाँ सरकारमा नजाने

जेष्ठ १२, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव हुँदै गरेको अहिलेको समयमा नयाँ सरकार गठन आचारसंहिता विपरीत भएको बताएका छन् । आज भक्तपुरस्थित इवामुरा मेमोरियल अस्पतालले आयोजना गरेको नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा बोल्दै उनले सरकारले आचारसंहिता विपरीत नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए । अध्यक्ष बिजुक्छेले नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागी नहुने स्पष्ट पार्दै आफ्नो पार्टी प्रतिपक्षमा बसेर जनताको हकअधिकारका लागि आवाज उठाइरहने बताए । अध्यक्ष बिजुक्छेले नेमकिपा सङ्घीय संरचनाअनुरुप हुने सबै निर्वाचनका पक्षमा रहेको बताए । कार्यक्रममा भक्तपुर नगरपालिकाकाका नवनिर्वाचित नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई साँस्कृतिक नगर मात्रै नभई शिक्षा र स्वास्थ्यको केन्द्रका रुपमापूरा पढ्नुहोस्


जानकी मेडिकल कलेजको भविष्य अन्योलमा

जेष्ठ १२, जनकपुरधाम । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी र चिकित्सकको जारी आन्दोलनले कलेजको भविष्यमाथि प्रश्न उठेको छ । विगत १७ महिनाको तलब नपाएको भन्दै तीन महिनादेखि कलेज बन्द गरी आन्दोलनमा रहेका कर्मचारीले रकमको अभावले कष्टकर दिन बिताउन बाध्य भएको गुनासो गरेका छन् । रिपोर्टर्स क्लब जनकपुरधाम शाखाले यहाँ आयोजना गरेको अन्तर्क्रियामा उनीहरुले रकम अभावको समस्याले जीवनयापन कठिन बनेको बताए । कलेजका सञ्चालकले कलेज र अस्पतालबाट भएको आम्दानी व्यक्तिगत व्यवसायमा लगानी गरेका कारण कलेजको सञ्चालनको सम्भावना झिनो हुँदै गएको आरोप कर्मचारीहरुले लगाएका छन् । कर्मचारी र चिकित्सकले पाउनुपर्ने तलब, सुविधा र सञ्चयकोषको रकम १ अर्बभन्दा अधिक भइसक्दा पनि सञ्चालकलेपूरा पढ्नुहोस्


पर्सामा चुनावी चहलपहल बढ्दै

जेष्ठ १२, वीरगन्ज । दोस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति पर्सा जिल्लाका जनता उत्साहित छन् । वीरगन्ज महानगरपालिका घोषणा भएपछि राजनीतिक दल आ–आफ्ना उम्मेदवारलाई स्थानीय तहको चुनावमा उम्मेदबार बनाउने कसरत गरिरहेका छन् भने कुन दलबाट को–को उम्मेदवार हुने पार्टीभित्र चर्चा परिचर्चा समेत हुन थालेको छ । संविधान संशोधन गरी आ –आफ्नो माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने अडान राखेका मधेसवादी दलका नेता तथा कार्यकर्ता पनि चुनावबारे जोड घटाउमा लागेका छन् । जनमानसमा चासोको विषय बनेको वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट अजय द्विवेदी, ओमप्रकाश शर्मा, दिना गुप्ता, विजय सर्राफको नाम चर्चामा छ भने नेकपा एमालेको तर्फबाट सुन्दरप्रसाद कुर्मी, निर्मला देवकोटा, चिरन्जीवीपूरा पढ्नुहोस्


भरतपुर महानगर : जीत कसको होला ?

नारायण अधिकारी जेष्ठ १२, चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ गइरहँदा थप प्रतिस्पर्धात्मक बन्दै गएको छ । आज मध्यान्हसम्म झन्डै ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । महानगरमा १ लाख १२ हजार ७४१ मत खसेकोमा गणना गर्न बाँकी करिब २२ हजार मत छ । हालसम्म नेकपा (एमाले)का देवी ज्ञवाली करिब १ हजार ६०० ले अगाडि छन् । उपप्रमुखमा भने काँग्रेसकी पार्वती शाह ५ हजार हाराहारीले अगाडि छिन् । महानगरको २९ वडामध्ये एउटा वडाको गणना भइरहेको छ भने ७ वटा वडाको गणना गर्न बाँकी छन् । गणना भएका २१ वटा वडामध्ये एमालेले ११,पूरा पढ्नुहोस्