Main Menu

June, 2017

 

प्रदेशसभाको निर्वाचन असोज र प्रतिनिधिसभाको मङ्सिरमा

local-elections-ballot-paper-voter-list

भीष्मराज ओझा असार १६, काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचन आगामी असोज अन्तिम साता र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरको पहिलो सातामा गर्ने तयारी थालेको छ भने राष्ट्रियसभाको निर्वाचन भने कात्तिकको दोस्रो साता गर्ने तयारी सुरु गरेको छ । आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटी निर्वाचनको उक्त कार्ययोजना प्रस्तुत गरेको भेटपछि प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी गराए । डा. यादवको नेतृत्वमा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, आयोगका निमित्त सचिव महेश्वर न्यौपानेसहितको टोलीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक कानुन यही असार मसान्तसम्ममा पारित गर्नुपर्ने आग्रह गरेको थियो । नेपालको संविधानअनुसार आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र सङ्घ गरीपूरा पढ्नुहोस्


पोखरा साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बन्ने

असार १६,  पोखरा । पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ । महानगर कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले यस नगरपालिकालाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिए । ट्राफिक कार्यालयले निर्धारण गरेको स्थानलाई समेटेर हर्न निषेधित योजना तयार पारिएको जानकारी दिँदै उनले यसको सफताका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको बताए । “महानगरलाई कुरुप बनाउने सडकमा रहेका विद्युत्, टेलिफोन र विभिन्न केबुलका पोल र तारलाई क्रमिकरुपमा व्यवस्थित गरिने छ,” उनले भने, “पहिलोचरणमा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक र लेकसाइडबाट काम थाल्ने सोच बनाएका छौं ।” उनका अनुसारपूरा पढ्नुहोस्


ब्रम्हाण्डमा कालो पदार्थ र कालो ऊर्जा छ भनेर कसरी थाहा पाउँछन् वैज्ञानिकहरू ?

तुल्सीदास महर्जन अचम्म लाग्छ वैज्ञानिकहरुको कल्पना ! गजब छ उनीहरुको तर्क र खोज ! उनीहरु प्रत्यक्ष रुपमा देख्दै नदेखिने र उपलब्ध अत्याधुनिक उपकरणले पक्रनै नसकिने भएपनि अनपेक्षित परिणामहरुको विश्लेषण र तर्कको आधारमा नयाँ र अचम्मलाग्दा कुराहरुको अस्तित्वको कल्पना गर्न पुग्छन् । र, त्यसको खोजमा लागी पर्छन् । ब्रम्हाण्डमा कालो पदार्थ (Dark Matter) तथा कालो ऊर्जा (Dark Energy) को अस्तित्वको कुरा पनि त्यस्तै हो । सन् १९२४ मा अमेरिकी खगोलशास्त्री इडविन हब्बलले आफूले विकसित गरेको नयाँ तथा त्यतिखेरको सबभन्दा ठूलो टेलिस्कोपको सहायताले खगोलमा थुप्रै तारापुञ्जहरु भएको तथ्य पत्ता लगाए । त्यसअघिसम्म खगोलमा एउटै मात्र तारापुञ्ज हाम्रो आकाशगंगा (Milky Way) रहेको विश्वासपूरा पढ्नुहोस्


पहिरोले मुग्लिङ-नारायणगढ सडक पुन: अवरुद्ध

असार १६,  चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएकोे छ । नौ बजेर ४० मिनेट जाँदा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु रोकिएका छन् । पहिरो पन्छाउने कार्य दुवैतर्फबाट भइरहेको र करिब तीन घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । रासस


बर्लिन ट्रलीबस दुर्घटना, २७ जना घाइते

  असार १६, बर्लिन (जर्मनी) । जर्मनीको राजधानी बर्लिनमा दुई ट्रली बस दुर्घटनाग्रस्त हुँदा कम्तिमा २७ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमले बर्लिन ट्रान्सपोर्ट कम्पनी बिभिजेका प्रवक्तालाई उद्धृत गर्दै भनिएको छ, “एम १० मार्गमा गुडिरहेका दुई विपरित दिशाबाट आएका ट्रली बस प्रेन्जलाउरवर्गबाट पास हुने क्रममा घाइते बनेका सवैजनालाई उपचारका लागि स्थानीय विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।” घटनापछि घाइतेजनलाई उद्धार गरी अस्पताल पुर्याउन घटनास्थलमा करिब ५० जना सुरक्षाकर्मीलाई तैनाथ गरिएको बताइएको छ । दुर्घटना के कति कारणबाट भएको थियो यसबारे थप अनुसन्धान जारी रहेको जर्मन प्रशासनले जनाएको छ ।


गाई सुरक्षाको नाममा जनता मार्ने काम अस्वीकार्य – मोदी

  असार १६, अहमेदाबाद (भारत) । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले बिहीबार गाई संरक्षणको नाममा जनता मार्ने कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाई संरक्षणकर्मीद्वारा ‘गाउ भक्ति’ (गाई भक्ति) का नाममा भएका शृङ्खलाबद्ध आक्रमणमा भएका विरोध कार्यक्रमप्रति लक्षित गरी आएको हो । सवरमती आश्रम स्थापनाको शतवार्षिकी तथा महात्मा गान्धीका गुरु श्रीमद् राजचन्द्रजीको १५० औँ जन्मोत्सवका अवसरमा गरिएको एक समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “राष्ट्रपिता (गान्धी) को आदर्श विपरित भारतमा एक समुदायद्वारा अर्को माथि हिंसात्मक विरोध भएको छ । यस्ता गतिविधिले राष्ट्रपिता महात्मा गान्धी अपमान हुन्छ । आउनुस् सबैजना एक भई अघि बढौँ र महात्मापूरा पढ्नुहोस्


धान दिवसका अवसरमा नुवाकोटमा स्रष्टाहरु सम्मानित

  असार १६, नुवाकोट । चौधौँ राष्ट्रिय धान दिवसका अवसरमा देशभर रहेका विभिन्न साहित्यिक स्रष्टाहरु नुवाकोटमा सम्मानित भएका छन् । नुवाकोट साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान, कृति विमोचन तथा साहित्यिक गोष्ठी आयोजना गरी बिहीबार महामण्डल साहित्य सम्मान–२०७४ बाट तीनजनालाई सम्मान गरेको हो । सम्मान पाउनेमा मकवानपुरका मुना अर्याल, बाँकेका शान्ति अधिकारी र नवलपरासीका लोकनाथ खराल रहेका छन् । नुवाकोट साहित्य सम्मान–२०७४ नुवाकोट बेलकोटगढी नगरपालिका–७ रातमाटेका देउती दीर्घायुलाई प्रदान गरिएको छ । नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याएर स्नातकोत्तर तह उत्तीर्ण भएका बालकृष्ण त्रिपाठीलाइ रु. २५ हजार र नुवाकोटबाट सम्पन्न एसइई परीक्षामा जिल्लाको उत्कृष्ट अङ्क ल्याएकी सुभेनियर बोर्डिङ स्कुलका दीपिका सिटौलालाई रु. ५पूरा पढ्नुहोस्


हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न

थपिएको समयमा पनि नारायणगढ–मुग्लिन सडक सम्पन्न नहुने पक्का

कुमार चौलागाई/नारायण अधिकारी असार १५, कालीखोला (चितवन) । काठमाडौँको ‘लाइफलाइन’का रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा चरम लापर्वाही भएको पाइएको छ । निर्माण कम्पनीले यो वा त्यो बहाना बनाई सडक निर्माणमा ढिलाइ गर्नाले त्यसको प्रत्यक्ष मार यात्रु तथा मालबाहक सवारीले बेहोर्नुपरेको छ । अहिले उक्त ३६ किलोमिटर खण्डको यात्रा गर्न घन्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । तर निर्माण कम्पनीले भने सम्झौतालगत्तै भूकम्प र नाकाबन्दीका कारण ९ महिना काम गर्न नपाएको र यसै अवधिमा दुई वटा वर्षात् झेल्नुपरेकाले सोचे जति काम हुन नसकेको बताएका छन् । त्यसैगरी, ट्राफिकिङ समस्याका साथै वैकल्पिक सडक नहुँदा काममा बाधा हुनुलगायत समस्या पनि ठेकेदारले सुनाए । निर्माणपूरा पढ्नुहोस्


२२६ स्थानीय तहको मतगणना जारी

khairhani-vote-counting-19-hrs-later

  असार १५, काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३३४ मध्ये २२६ स्थानीय तहको मतगणना अहिले जारी छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार हालसम्म प्रदेश नं १ का ८०, प्रदेश नं. ५ का ८७ र प्रदेश नं ७ का ५९ स्थानीय तहको मतगणना सुरु भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अब १०८ स्थानीय तहको मतगणना सुरु हुन बाँकी छ । उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र अझै २२ मतदानस्थलको मतपेटिका सङ्कलन हुने क्रममा रहेको थाहा भएको छपूरा पढ्नुहोस्


स्वास्थ्य चौकीमै सिटमोल र जिवनजलसम्म पनि पाइँदैन

असार १५, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१३ भगवती औलगुर्ताका रती कामी ज्वरो आएर हैरान भएर उपचारका लागि स्थानीय भगवती स्वास्थ्य चौकी जाँदा सिटामोलसमेत नपाएपछि निरास भएर फर्किइन् । “यहाँ सधैँ औषधिको अभाव भइरहन्छ । सामान्य खालका बिरामीको समेत उपचार हुँदैन,” उनी भन्छिन्, “सरकारले निःशुल्क दिने भनेको औषधि कहिल्यै पाइँदैन । हामीजस्ता विकटका जनताका लागि सरकारी सेवा आकासको फल आँखा तरी मरजस्तै भएको छ ।” अर्का स्थानीय प्रेम वस्नेत पनि सामान्य खालका औषधि समेत स्वास्थ्य चौकीमा नपाउने गरेको बताउँछन् । स्वास्थ्य चौकीमा जीवनजल समेत नभएको उनी बताउँछन् । “पखाला लागेर आमालाई स्वास्थ्य संस्था लगेको थिए तर त्यहाँ जीवनजल नै रहेनछ,” उनले भनेपूरा पढ्नुहोस्