Main Menu

Thursday, June 1st, 2017

 

“पुनः मतदान कुनै पनि हालतमा मान्य हुँदैन” – ओली

जेष्ठ १८, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा पुनः मतदान आफ्नो पार्टीलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । एमालेबाट काठमाडौँ जिल्लाका महानगर र नगरपालिकामा निर्वाचित पदाधिकारी र सदस्यका लागि जिल्ला कमिटीले आयोजना गरेको बधाई ज्ञापन तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पुनः मतदान भएमा आफूहरुले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । सो महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले भरतपुर–१९ को ९० मतपत्र च्यातेपछि त्यहाँको मतगणना स्थगन भएको छ र अबको प्रक्रियाबारे निर्वाचन आयोगले निर्णय गर्न बाँकी छ । मतगणना पुनःसञ्चालन हुनुपर्नेमा माग गर्दै एमालेले दुई दिनदेखि व्यवस्थापिका संसद्मा अवरोध गर्दै आएको छ ।


“मतपत्र च्यातिएका विषयलाई लिएर संसद् अवरुद्ध गर्नु गलत”

जेष्ठ १८, काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएका विषयलाई लिएर नेकपा (एमाले)ले संसद् अवरुद्ध गर्नु गलत भएको बताएका छन् । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उनले भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएका विषयलाई लिएर एमालेले संसद् अवरुद्ध गर्न नहुने विचार व्यक्त गरेका हुन् । “भरतपुर महानगरपालिकाको विषयलाई एमालेले रेणु दाहाललाई परास्त गर्नसके माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै परास्त गरिएको भन्ने भ्रम फैलाउन यस्तो गरिरहेको छ,” मन्त्री नायकले भने, “प्रचण्डको राजनीति धमिलो हुन्छ भन्ने एमालेका साथीहरुले सोचेर नै भरतपुरमा उत्तेजित वातावरण बनाउनुभएको हो ।” उनले प्रधानमन्त्री दाहालका लागि आफू हार्नु वा पार्टीका नेतापूरा पढ्नुहोस्


‘देशले समृद्धि खोजेको छ’ – प्रधानमन्त्री प्रचण्ड

जेष्ठ १८, काठमाडौँ । लगानी बोर्डको २६ औँ बैठकमा प्रधानमन्त्री दाहालले देशले आर्थिक समृद्धि खोजेको बताएका छन् । “सहज र राम्रो वातावरणमा निर्णय गरियो । यो बैठकका निर्णयले आर्थिक समृद्धि र विकास आयोजनामा थप प्रगति हासिल हुने आशा लिएको छु ।” प्रधानमन्त्री प्रचण्डले भने,  “प्रदेश र सङ्घीय निर्वाचन सम्पन्न भएपछि देशमा राजनीतिक सङ्क्रमणको अन्त्य हुन्छ । जनताले खोजेको आर्थिक समृद्धि हो, विकास हो । अब देशको सम्पूर्ण ध्यान त्यहीँ केन्द्रित हुनुपर्दछ ।” प्रधानमन्त्री प्रचण्ड आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि विकास र समृद्धिमा सधैँ साथमा रहेको बताए । “प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेको छु । बोर्ड बैठकमा अन्तिम पटक अध्यक्षता गर्दैछु । तरपूरा पढ्नुहोस्


केरुङ–रसुवा–काठमाडौँ रेलमार्गको विषय टुङ्गो लगाइने

जेष्ठ १८, काठमाडौँ । लगानी बोर्डले केरुङ–रसुवा–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा चीन सरकारसँग द्विपक्षीय छलफल गरी अन्तिम टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बैठकले सो रेलमार्ग निर्माणमा चीन सरकारले चासो व्यक्त गरेकाले आवश्यक प्रक्रिया अगाडि बढाउने र सरकारका तर्फबाट भएका प्रयासलाई अन्तिम रुप दिने निर्णय गरेको हो । चीन सरकारले अगाडि सारेको ‘एक पेटी एक मार्ग’(ओबोर) अवधारणामा सो रेलमार्गसमेत परेकाले नेपालले हालसम्म गरेको अध्ययन तथा आवश्यक कामकारबाहीलाई निष्कर्ष दिने निर्णय भएको बताउँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रक्रियाका सम्बन्धमा आवश्यक तदारुकता दिइने जानकारी दिए ।पूरा पढ्नुहोस्


प्रधानमन्त्री निर्वाचनको सूचना शुक्रबार सार्वजनिक गरिने

जेष्ठ १८, काठमाडौँ । व्यवस्थापिका–संसद् बैठकको अवरोध कायमै रहेकाले संसद् सचिवालयले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । संविधानको प्रावधानानुसार सहमतीय आधारमा प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी थिइन् । प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट अघि बढाउनेसम्बन्धी राष्ट्रपतिको पत्र संसद् सचिवालयमा आज प्राप्त भए पनि संसद् बैठक अवरुद्ध भएकाले विगतको अभ्यासानुसार उक्त पत्र संसद्मा जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने कार्य पूरा हुन सकेन । यद्यपि संसद् बैठकमा जानकारी नगराई प्रधानमन्त्री निर्वाचनको सूचना सार्वजनिक गर्न सचिवालयलाई कुनै कानुनी बाधा नभएको सचिवालयका प्रवक्ता डा.पूरा पढ्नुहोस्


सवारी ब्याक गरेर घाइते यात्रु मार्नेविरुद्ध कानुन बनाउने प्रतिबद्धता

killing-vehicle-back-law

जेष्ठ १८, काठमाडौँ । सार्वजनिक यातायातले सडकमा हिँड्ने यात्रुलाई ठक्कर दिँदा ब्याक गरेर मार्ने प्रवृत्तिलाई कानुन बनाई अन्त्य गरिनुपर्नेमा जोड दिइएको छ । सयपत्री नगर महिला विकास समितिले सहकारी विकास बोर्डका उपसचिव ऋषिराम पण्डितको १३ औँ पुण्य तिथिका अवसरमा आज टोखा नगरपालिकाको बानियाँटारमा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चालकले सवारी ब्याक गरेर मार्ने प्रवृत्तिविरुद्ध कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाए । सांसद रामचन्द्र पोखरेलले राष्ट्रका लागि योगदान गर्नसक्ने क्षमतावान प्रशासकको पासविक तरिकाले हत्या गरिएको धारणा राखे । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, टोखा नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रकाश अधिकारी, सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा,पूरा पढ्नुहोस्


‘मतपत्र च्यात्ने’ माओवादी कार्यकर्ता धरौटीमा रिहा

जेष्ठ १८, चितवन । गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैलाई जिल्ला अदालत चितवनका न्यायाधीस वासुदेव पौडेलको एकल इजलासले थुनछेक आदेशका क्रममा जनही १ लाखको धरौटी मागसहित छाडेको हो । जिल्ला अदालत चितवनका निमित्त श्रेष्तेदार धनीप्रसाद चापागाईंका अनुसार उनीहरुविरुद्ध निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा २ अनुसारको कारवाहीको माग गरिएको थियोपूरा पढ्नुहोस्


कोदारी राजमार्ग शीघ्र सञ्चालन हुने

जेष्ठ १८, काठमाडौँ । वाणिज्यमन्त्री रोमी गौचन थकालीले २०७२ सालको भूकम्पपछि बन्द रहेको कोदारी राजमार्ग शीघ्र सञ्चालन हुनेमा आफू आशावादी रहेको बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले छिमेकी चीनसँगको तातोपानी नाका पुनः सञ्चालन गर्न चीन अत्यन्त सकारात्मक रहेको जानकारी दिँदै त्यस सम्बन्धमा शीघ्र निष्कर्षमा पुगिने बताए । त्यहाँ निर्माणाधीन सुक्खा बन्दरगाहको अवरुद्ध काम द्रुत गतिमा भइरहेको र भूकम्पजस्ता प्राकृतिक विपत्तिबाट फेरि उक्त बन्दरगाहमा क्षति नपुगोस् भन्ने हेतुले प्रतीरक्षात्मक पर्खाल निर्माण भइरहेको जानकारी उनले दिए । “रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माणका लागि जग्गाको मुआब्जा वितरण पूरा भई बन्दरगाहको विस्तृत प्रारुप बनाउन थालिएको छ,” नेपाल–चीन व्यापार वृद्धि तथा त्यससँगपूरा पढ्नुहोस्


लुक्लामा विमान दुर्घटना हुँदा बिदामा थिएँ – लुक्ला प्राधिकरण प्रमुख

जेष्ठ १८, सोलुखुम्बु । नागरिक उड्डयन प्राधिकरण लुक्ला विमानस्थलका प्रमुख योगिन्द्रनाथ कुँवरले गोमा एयरको विमान दुर्घटना हुँदाका बखत आफू बिदामा रहेको बताएका छन् । स्वास्थ्य समस्याका कारण आफूले १५ दिनको बिदा लिएको र बिदा २ दिन बाँकी छँदा दुर्घटना भएको उनको भनाइ छ । दुर्घटना भएको भोलिपल्ट आफू लुक्ला पुगी त्यहाँको विमानस्थल प्रशासन सम्हालेको उनी बताउँछन् । उनका अनुसार विमान अवतरणका समयमा मौसम राम्रो रहेको अभिलेखबाट देखिन्छ । गोमा एयर दुर्घटनाका क्रममा छानबिनका लागि केन्द्रीय कार्यालय झिकाइएका कुँवर आज काठमाडौँ पुगेका छन् । अहिले लुक्ला विमानस्थलको प्रमुखमा बच्चुनारायण श्रेष्ठलाई काजमा पठाइएको बुझिएको छ । बिदा रेकर्ड नदेखिएको सन्दर्भमा कुँवरले आफूले १५ दिनकापूरा पढ्नुहोस्


भरतपुरमा च्यातिएको मतपत्रको सङ्ख्या यकिन गरिँदै

जेष्ठ १८, चितवन । गत आइतबार राति मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार मतपत्रको अवस्थाका बारेमा अध्ययन गर्न उम्मेदवार, तिनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाई मात्र छुट्टै अनुमतिपत्रको व्यवस्था गरी प्रवेश गर्न दिइएको छ । च्यातिएका मतपत्रको तथ्याङ्क लिएर निर्वाचन आयोगमा पठाइने उनले जानकारी दिए । मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नेकपा (एमाले)ले छुट्टाछुट्टै ताला लगाएका थिए । दिउँसो २ः३० बजेदेखि ताला खोलेर च्यातिएका मतपत्रको अवस्था बुझ्ने र विवरण तयार गर्ने काम सुरु गरिएको छ । यसअघि निर्वाचन आयोगले सहन्यायाधिवक्ता गीताप्रसादपूरा पढ्नुहोस्