Main Menu

Sunday, June 18th, 2017

 

अवैधरुपले ल्याइएको सालको काठसहित ट्याक्टर चालकलाई पक्राउ

  असार ४, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट प्रहरीले अवैध रुपले ल्याइएको तीन ट्याक्टर सालको काठसहित तीन चालकलाई पक्राउ गरेको छ । आज बिहान जङ्गलबाट काँचो सालको काठ अवैध निकासी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले काठ नियन्त्रणमा लिएको हो । कमलामाई नगरपालिका–४ ज्यामिरे कुडुलेको बाटो हुँदै काठ निकासीमा संलग्न ती ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कनपा–४ निवासी ज१त ३१७६ नम्बरको ट्याक्टर चालक २३ वर्षीय राकेश ढकाल, कनपा–४ कै ना४त ७८८२ नम्बरको ट्याक्टर चालक २१ वर्षीय दीपेन्द्र श्रेष्ठ र कनपा–४ कै ना५त ५१५६ नम्बरको ट्याक्टर चालक २६ वर्षीय मोहन दाहाल पक्राउन परेका हुन् । प्रहरीपूरा पढ्नुहोस्


दोहोरो अङ्कले घट्यो सेयर बजार

  असार ४, काठमाडौँ । केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज शेयर बजार १३.६१ बिन्दुले घटेर एक हजार ५७५ मा पुगेको छ । कुल १४३ कम्पनीको ८ लाख ४३ हजार ९१२ कित्ता सेयर रु. ५९ करोड ३३ लाख ८८ हजार ९२ मा खरिद बिक्री भएको स्टकले जनाएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९५ बिन्दुले घटेको छ । यस्तै, आज सबै समूहको सेयरसमेत घटेको छ । बैंकिङ समूह १७.४, होटल १८.३६, विकास बैंक १०.९३, जलविद्युत् ३१.२८, फाइनान्स ०.८५, बीमा १४.७४, उत्पादन ८.७३पूरा पढ्नुहोस्


नारायणगढ मुग्लिन सडक सञ्चालनमा

  असार ४, चितवनर । पहिरो खसेर गए राति १ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाइएपछि आज बिहान ११ः५० बजेदेखि सडक पुनःसञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो । पहिरो पन्छाउनका लागि एक एक्साभेटर, दुई लोडर र तीन टिपर परिचालन गरिएको थियो । पहिरो पन्छाइएसँगै रातिदेखि सवारी जाममा बसेका गाडी आआफ्नो गन्तव्यतर्फ लागेका छन् । अहिले सडकखण्डपूरा पढ्नुहोस्


बम विस्फोटमा ८ जना घाइते, २ जनाको अवस्था गम्भीर

  असार ४, कपिलवस्तु । बाणगङ्गा नगरपालिकामा आज बम विस्फोट हुँदा ८ जना घाइते भएका छन् । बाणगङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको हो । बम विस्फोटबाट बाणगङ्गा–५ मटेरियाका ३८ वर्षीय लालबहादुर थारू र सोही ठाउँका ४५ वर्षीय शेषराम गुप्ता गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरक्षीक राजु कार्कीले जानकारी दिए । दुवै जनालाई उपचारका लागि बुटवल अस्पताल पठाइएको छ । अन्य घाइतेमा बाणगङ्गा–५ का बेझे थारू, विजय थारू, कमलेशप्रसाद लोनिया, बाणगङ्गा–९ का रुपलाल गुरुङ, उनकी श्रीमती सुशीला गुरुङ र सात महिनाकी छोरी मिनाक्षी रहेका छन् । बम कसले विस्फोट गराएको भन्ने बारेमा यकिन हुन सकेकोपूरा पढ्नुहोस्


सार्वजनिक यातायातको भाडा नघट्ने

  असार ४, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा नघट्ने भएको छ । पेट्रोलियम पदार्थको भाउ रु. ५ भन्दा कम नभएकाले वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक यातायातको भाडा नघट्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । “सार्वजनिक सवारीको भाडादर निर्धारणमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानिएकाले तत्काल भाडा घट्न सक्दैन । अन्य सूचकको मूल्य अहिले घटेको छैन । पेट्रोलियम पदार्थको भाउ पनि रु. १.५० मात्र घटेको हो”, उनले भने । नेपाल आयल निगमलले गत शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको थियो ।पूरा पढ्नुहोस्


सञ्चार क्षेत्रको संवैधानिक व्यवस्थाअनुसार पुनः संरचना गरिने

  असार ४, पोखरा । सूचना तथा सञ्चार मन्त्रालय नयाँ संविधानले व्यवस्था गरेअनुसार सञ्चार क्षेत्रको पुनः संरचना गर्ने काममा लागेको छ । मन्त्रालयको आयोजनामा आजदेखि सुरु भएको विद्युतीय सञ्चारमाध्यमको नियमन विषयको दुईदिवसीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले संविधानको मर्मअनुसार सेवाको विकेन्द्रीकरण कार्य सुरु गरिसकिएको जानकारी दिए । गुरुङले सञ्चारसम्बद्ध विभिन्न क्षेत्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउँदै सेवाग्राहीलाई कसरी अधिकतम सेवा तथा सुविधा दिन सकिन्छ भन्ने सोचमा मन्त्रालय रहेको स्पष्ट पारे । ५ सय वाटसम्मको रेडियोको सञ्चालन अनुमति नवीकरण जिल्ला हुलाक कार्यालयमार्फत गर्न सुरु गरिएको, दूरसञ्चार सेवालाई राम्रो बनाउनका लागि क्षतिपूर्तिसहितको निर्देशिकाको तयारी गरिएको, अनलाइनपूरा पढ्नुहोस्


मतगणना या मतदान जे भएपनि बन्धक नबनाइयोस् – भरतपुर १९ वडावासी

नारायण ढुँगाना असार ४, रत्ननगर (चितवन) । “बर्खा लाग्ने बेला भो । अब धमाधम किसानलाई चटारो हुन्छ । चुनाव के हुने हो थाहा छैन । मतदान या मतगणना जे होस्, तर छिट्टै होस् । अब हामी १९ का मतदातालाई बन्धक नबनाइयोस् ।” भरतपुर–१९ शारदानगरका मतदाता बुद्धिमान तामाङ भन्छन् । आज बिहान भरतपुर–१० को शारदानगर टाउनमा पुग्दा तामाङ तरकारीका लागि फर्सीको मुन्टा केलाउँदै थिए । सँगै ३-४ जना मतदाता पनि थिए । जो पार्टीको प्रमुख आए पनि आफूहरुलाई केही फरक नपर्ने उनीहरुको भनाइ छ । शारदानगर टाउनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एमाले)का झन्डा फुङ्ग उडेका छन्, धेरै झन्डापूरा पढ्नुहोस्


ओलम्पिक दिवसको अवसरमा साताव्यापी कार्यक्रम सुरु

  असार ४, काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले ओलम्पिक दिवस सन् २०१७ का अवसरमा साताव्यापी कार्यक्रम सुरु गरेको छ । शनिबारदेखि सुरु भएको सो कार्यक्रम यही असार ९ गतेसम्म जारी रहनेछ । सो कार्यक्रमअन्तर्गत नेपालका विभिन्न जाति तथा समुदायका सांस्कृतिक कार्यक्रम तथा विभिन्न खेलकुद, सडक चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झन्डा फहराएर कार्यक्रमको शुभारम्भ गर्दै ओलम्पिक आन्दोलन हरेक मानव जातिको स्वस्थ्य जीवन तथा बौद्धिक विकासका लागि महत्वपूर्ण रहँदै आएको बताए । ओलम्पिक दिवसअन्तर्गत टेनिस, बास्केटबल, कबर्दी, तेक्वान्डो, गल्फ, बक्सिङ, साम्बो, पौडी, चेस, सुटिङ, धनुकाँडलगायत खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । त्यस्तै जुडोका खेलाडीलेपूरा पढ्नुहोस्


“संविधान संशोधन गर्न सकिन्छ, तर …” – ओली

  असार ४, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र मुलुकको स्वाभिमानमा आँच पुर्याउने कुनै पनि कुरामा सौदाबाजी गर्न नसकिने बताएका छन् । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले वैमनस्यताको अन्त्य गरेर समझदारी र सहकार्यमा सिङ्गै देशलाई लैजाने देशभक्त पार्टी भएको बताउँदै राष्ट्रिय एकता, मुलुकको हित र स्वाभिमानलाई लाभसँग सौदाबाजी गर्न नसकिने जिकिर गरे । उनले तराई मधेसमा एमाले विरोधीहरु नभएको उल्लेख गर्दै थपे, “तराई मधेसमा एमालेका विरुद्ध अब आरोप लाग्न सक्दैन । हामीविरुद्ध भ्रम छर्ने काम भएको छ । त्यो भ्रमलाई चिर्न जरुरी छ ।” अध्यक्ष ओलीले सरकारको ध्यान संविधानपूरा पढ्नुहोस्


माथिल्लो साञ्जेन जलविद्युत्को निर्माण ५५ प्रतिशत पूरा, आगामी वर्ष विद्युत उत्पादन हुने

  असार ४, रसुवा । उत्तरी रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य ५० प्रतिशत बढी काम पूरा भएको छ । साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतका अनुसार १४.८ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजाको विद्युत् गृहमा १ हजार ३८७ मिटर सुरुङ खन्ने काम सकिएको, मुहान स्थल तिलोचेमा बाँध बाँध्ने काम ९५ प्रतिशत सकिएको र सिम्बु गाउँमा रहने विद्युत् गृहको निर्माण कार्य अगाडि बढिसकेकाले आयोजनाको समग्र कार्य ५५ प्रतिशत पूरा भएको हो । आगामी एक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माणको काम छिटोछरितो भइरहेको काममा संलग्न आयोजनाका प्राविधिकले बताएका छन् । यस्तै एउटै पानीले रनर घुम्नेपूरा पढ्नुहोस्