Main Menu

Friday, June 9th, 2017

 

बागलुङ बन्द फिर्ता

जेष्ठ २६, बागलुङ । बिहीबारदेखि बन्द रहेको बागलुङ बजार आज दिउँसोबाट खुलेको छ । बेपत्ता युवकको खोजीको माग गर्दै पीडित पक्षले बिहीबारदेखि बागलुङ बजार बन्द गराएको थियो । अवैध लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका बागलुङ नगरपालिका–३ का १७ वर्षीय सुनिल पुन नभेटिएपछि परिवार र आफन्तजनले आक्रोशित भएर बजार बन्द गराएका थिए । मङ्गलबार साँझ पर्वत–बागलुङको सीमास्थल मालढुङ्गाबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा कालीगण्डकी नदीतिर भागेका पुन अझै बेपत्ता छन् । सत्यतथ्य छानबिन, बेपत्ताको खोजी र दोषीमाथि कारबाहीको लागि प्रशासनलाई जिम्मेवार हुन माग गर्दै बन्द फिर्ता लिइएको सङ्घर्ष समितिले जनाएको छ । समयमै माग पूरा नभए पुनःपूरा पढ्नुहोस्


‘चितवन मिल्क’ साउनदेखि पुनः सञ्चालन हुने

जेष्ठ २६, चितवन । घाटा भएपछि करिब दुई वर्षअघि बन्द भएको ‘चितवन मिल्क उद्योग’ आउँदो साउन १ गतेबाट पुनःसञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका – १ ठिमुरामा स्थापना गरिएको सो उद्योग दैनिक २ लाख लिटर दूध प्रशोधन गर्ने क्षमताको रहेको छ । चितवन मिल्क प्रा.लि.का अध्यक्ष राजुबाबु श्रेष्ठकाअनुसार बिग्रिएका उपकरण जडान र मर्मत सम्भार गर्ने काम सम्पन्न भएको छ । “उद्योगले परीक्षण उत्पादन सफलता पूर्वक सम्पन्न गरेको छ । साउन १ गतेबाट नियमित उत्पादन थाल्छौँ,” श्रेष्ठले भने । सुरुवातमा दैनिक ६० हजार लिटर दूध प्रशोधन गरिने उनले बताए । चितवन मिल्क प्रा.लि. वि.सं. २०६९ मा सञ्चालनमा आएको थियो । सरकारी स्वामित्वको दुग्ध विकासपूरा पढ्नुहोस्


पहिचान संरक्षण गर्नेलाई भोट–राना थारु

जेष्ठ २६, भीमदत्तनगर । दशकौँदेखि कञ्चनपुर र कैलाली जिल्लामा मात्रै बसोवास गर्दै आइरहेका राना थारु समुदायका मतदाताले आफ्नो कला, संस्कृति र पहिचान संरक्षण गर्ने उम्मेदवारलाई मात्र मत दिने बताएका छन् । समाजमा राना थारु समुदायको छुट्टै पहिचान रहेको बताउँदै उनीहरुले थारु संस्कृति संरक्षणका लागि कञ्चनपुरमा थारु सङ्ग्राहालय समेत स्थापना गर्नुपर्ने माग अघि सारेका छन् । ‘‘हरेक पार्टीका उम्मेदवारले गाउँमा विकासको कामलाई बढी प्राथमिकता दिने भन्दै मत मागिरहेका छन् ।’’ कञ्चनपुरको बेलौरी नगरपालिका– २ गोकुलपुरका वासुदेव रानाले भने–“पहिचान संरक्षण र थारु समुदायको शिक्षामा पहुँच बढाउनेलाई भोट दिन्छौँ ।” स्नातक तह पूरा गरेर गाउँकै लक्ष्मी मा.वि.मा लेखापालका रुपमा कार्यरत् रानाले थारु समुदायपूरा पढ्नुहोस्


काँग्रेस-माओवादी चुनाव प्रचारमा, एमाले मतपत्र च्यात्नेविरुद्ध ‘जनचेतना’मा

जेष्ठ २६, चितवन । भरतपुर महानगरपालिका– १९ मा पुनःनिर्वाचन नगर्न/नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक/फरक शैलीमा निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । आदेश जारी भएपनि नेपाली काँग्रेस र माओवादी केन्द्र पुनः मतदान हुने भन्दै घरदैलो अभियान र चुनावी सभामा जुटेका छन् । नेकपा एमालेले भने मतपत्र च्यात्ने विरुद्धमा जनचेतना अभियान भन्दै घरदैलो गरिरहेको छ । सो वडाका चार स्थानमा काँग्रेस र माओवादीले संयुक्त सम्पर्क कार्यालय स्थापना गरी प्रचारप्रसारमा जुटेका छन् । सोपूरा पढ्नुहोस्


१५ प्रतिशत भत्ताको ट्राफिक प्रहरीबाटै गुनासो, विशेष भत्ताको व्यवस्था गरिने

  पूर्णप्रसाद मिश्र जेष्ठ २६, काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरेबापत चालक तथा सर्वसाधारणबाट उठाइने राजस्वको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई भत्तास्वरूप दिँदा सर्वसाधारणमा नकारात्मक प्रभाव परेको ट्राफिक प्रहरीबाटै गुनासो आएकाले जोखिम र विशेष भत्ताको व्यवस्था गर्न व्यवस्थापिका–संसद्को विकास समितिले ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको छ ।  समितिले आज आयोजना गरेको सडक सुरक्षासम्बन्धी बैठकमा ट्राफिक नियम उल्लङ्घनका घटना प्रस्तुत गर्दै महानिरीक्षक मिङ्मार लामाले पैदल मार्ग (फुटपाथ)को अतिक्रमण, अनधिकृत पार्किङ र सडकमा हतार गर्ने बानीका कारण दुर्घटना बढ्ने गरेकाले कारबाही गर्न बाध्य हुनुपरेको बताए । बैठकमा ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म सवारी नियम उल्लङ्घन गर्ने ५ लाख ६९ हजारपूरा पढ्नुहोस्


“संविधान संशोधन हुन्छ, तपाईंहरू निर्वाचनमा आउनुस्” – प्रम देउवा

जेष्ठ २६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि प्रमुख प्रतिपक्षी दलको समेत सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने वचनबद्धता प्रकट गरे । भरतपुर महानगरपालिकामा मात्रै पहिलो पटक मतपत्र च्यातिएको नभई अन्यत्र पनि त्यस्तो घटना भएको स्मरण गराउँँदै प्रधानमन्त्री देउवाले यस विषयमा निर्वाचन आयोगले लिएको निर्णय र यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको समेतलाई सबै दलले सोही आधारमा बुझ्ने र लिनुपर्ने बताए । आफू सधैं समावेशी समानुपातिक प्रतिनिधित्वको पक्षमा रहँदै आएको र सोहीपूरा पढ्नुहोस्


संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न गर्न देउवा सरकार सफल हुने सांसदहरुको विश्वास

जेष्ठ २६, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउनुपर्ने, संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउनुपर्ने तथा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै वर्ग तथा क्षेत्रको भावनालाई समेटेर अगाडि बढ्नुपर्ने सुझाव उनीहरुले दिएका थिए । सांसद गङ्गा चौधरीले थारु, आदिवासी, जनजातिको माग सम्बोधन गर्न र मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउन आग्रह गरे । उनले भुट्टा मुद्दा लगाइएका थारु अगुवाको तत्काल मुद्दा खारेज गरी सबै वर्ग तथा क्षेत्रलाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुने वातावरण बनाउन माग गरेपूरा पढ्नुहोस्


विराटनगरमा मुख्य दलका उम्मेदवार अझै टुङ्गो लागेन, मतदाता अलमलमा

जेष्ठ २६, विराटनगर । प्रदेश नं. १ को राजनीतिक केन्द्रविन्दुको रुपमा मानिएको विराटनगर महानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलले उम्मेदवारको नाम सार्वजनिक नगरेकाले सर्वसाधारण मतदाता अलमलमा परेका छन् । स्थानीय तह निर्वाचनको दोस्रो चरणको मिति २ पटक सारिएको र अहिलेसम्म मुख्य राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक नगर्दा सर्वसाधारण मतदातालाई कतै पुनः निर्वाचनको तिथि सारिने हो कि ? भन्ने चर्चाका कारण थप अलमलमा परेका हुन् । नेकपा (माओवादी केन्द्र) ले विराटनगर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायत १९ वटै वडाका अध्यक्ष र सदस्यका नाम सार्वजनिक गरिसकेका छन् भने नेपाली काँग्रेस, नेकपा (एमाले) सङ्घीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक नेपाल, राप्रपालगायतका दलले अधिकारिक रुपमा उम्मेदवारको टुङ्गोपूरा पढ्नुहोस्


सहभागिताका लागि मात्र भए राप्रपा सरकारमा नजाने

जेष्ठ २६, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गरेको छ । नेपाली काँग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर काँग्रेसले प्रतिबद्धता उल्लङ्घन गरेको राप्रपाको गुनासो छ । राप्रपाले यसबारे आवश्यक निर्णय गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्तीकुमारी शाही र नेता दिलनाथ गिरी सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलका सदस्य गिरीले सरकारमा सहभागिताका लागि एक पटक काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) सँग संयुक्त बैठक बसे पनि मन्त्रालय बाँडफाँडका विषयमा टुङ्गो लाग्न नसकेको बताए । पार्टीका प्रवक्ता भुवन पाठकले संसद्मा चौथो स्थानमा रहेको पार्टीलाई सरकारमा सम्मानजनक स्थान नदिइएपूरा पढ्नुहोस्


भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपालीलाई ‘नो अब्जेक्सन लेटर’ अनिवार्य

जेष्ठ २६, काठमाडौँ । भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने भएको छ । पछिल्लो समय भारत र श्रीलंका हुँदै मानवतस्करले नेपालीलाई विभिन्न मुलुकमा लगी अलपत्र पार्ने तथा महिलालाई खाडीमा लगी बेचबिखन गर्ने क्रम बढेपछि त्यसलाई रोक्न यो प्रावधान लागू गर्न लागिएको हो । अध्यागमन विभागमा हिजो बसेको सरोकारवाला मन्त्रालयका प्रतिनिधिको बैठकले ती दुवै मुलुक हुँदै वैदेशिक रोजगारी र पर्यटक प्रवेशाज्ञामा तेस्रो मुलुक जानेले ‘नो अब्जेक्सन लेटर’ देखाएमात्रै विदेश जान दिन भारत र श्रीलङ्कासँग कूटनीतिक पहल गर्न सरोकारवाला मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएकोपूरा पढ्नुहोस्