Main Menu

Saturday, June 24th, 2017

 

बेपत्ता प्रहरी अझै फेला परेनन्, खोज्न पाँच टोली परिचालन

  असार १०, रत्ननगर (चितवन) । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित कालीखोलामा शुक्रबार बिहान पहिरोसँगै बगेर बेपत्ता भएका दुई प्रहरी र प्रहरीको भ्यान खोज्न जिल्लाका सबै सुरक्षा निकायका ५ वटा टोली परिचालन भएका छन् । २ वटा कुकुरसहित ५ वटा टोलीमा १५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । बाहिर पहिरोमा पुरिएको अवस्थाको खोजीका लागि कुकुरसहितको टोली परिचालन गरिएको र अन्य विभिन्न क्षेत्रमा खोजीका लागि अलग-अलग समूह परिचालन भएको थापाले जानकारी दिए । डुङ्गाको पनि प्रयोग गरिएको तर नदीमा पानी बढ्दो क्रममा रहेको उनको भनाइ छ । थापाका अनुसारपूरा पढ्नुहोस्


गोठ छोएको आरोपमा दलितलाई २ हजार जरिवाना

असार १०, बाजुरा । जिल्लाको छेडेदह गाउँपालिका–१ बिराडी गाउँमा भैंसी गोठ छोएको निहुँमा एक दलितलाई २ हजार रकम जरिवाना तिराइएको छ । शुक्रबार दिउँसो नेकपा (एमाले)को प्रचारमा हिँडिरहेका बेला राजेन्द्रबहादुर सिंहको भैंसी गोठ अर्थात छाना छोएकामा प्रेम बहादुर विकले गाली खानुपर्यो । अब देउता मान्नुपर्ने भन्दै विकलाई रु. २ हजार जरिवानासमेत तिराइएको स्थानीय वीरबहादुर रावलले बताए । विक नेकपा (एमाले)का वडा अध्यक्षका उम्मेदवार वीरबहादुर रावलसँग प्रचारमा हिँडेका थिए । छानाको बाटो भएर करिव २० मिटर टाढा हिँड्दा सिंहले ‘मेरो छाना किन छोइस् ? अब देउता रिसाउछन् पुज्नु पर्यो’ भनेर गाली गरेको पीडित विकले बताए । “विकसँग पैसा थिएन, त्यही भएरपूरा पढ्नुहोस्


९८ वर्षीय ‘शताब्दी पुरुष’सहित ५१ जना ८० नाघेकाको उम्मेदवारी

thirty-one-parties-jhapa-2nd-phase

नारायण न्यौपाने असार १०, काठमाडौँ । दोस्रो चरणको यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा ८० वर्ष उमेर नाघेका ५१ जना ज्येष्ठ नागरिकले उम्मेदवारी दिएका छन् । उनीहरुमध्ये तीनजनाले नगरपालिकाको प्रमुखमा, दुईजनाले गाउँपालिका अध्यक्षमा, १६ जनाले वडाध्यक्षमा र बाँकी २९ जनाले वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार बनेका ज्येष्ठ नागरिकमध्ये ३ जना ९० वर्ष उमेर काटिसकेका व्यक्ति छन् । शताब्दी पुरुषबाट वडाध्यक्षमा उम्मेदवारी प्रदेश नं ७ को बझाङ जिल्लामा शताब्दी पुरुषका रुपमा परिचित विष्णुबहादुर रावतले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । विसं १९७६ जेठ १७ गतेपूरा पढ्नुहोस्


निर्वाचनका कारण पाँच दिनअगावै धान दिवस

  असार १०, खोटाङ । निर्धारित मितिभन्दा पाँच दिनअगावै खोटाङमा धुमधामका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । हरेक वर्षको असार १५ गतेका दिन मनाउने गरिएको धान दिवस तथा रोपाइँ महोत्सव यसपल्ट स्थानीय तहको निर्वाचनका कारण पाँच दिनअगावै आज धुमधामका साथ मनाइएको हो । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सबै केन्द्रित हुनुपर्ने भएकाले असार १५ गते पर्ने १४औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई पाँच दिन अगाडि नै आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय, खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताए । ‘दुई बाली धानखेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित रुपाकोट मझुवागढी नगरपालिका–२,पूरा पढ्नुहोस्


‘पानी ल्याइदिए हुन्छ, भोटका लागि हात जोड्न पर्दैन’

  असार १०, रामपुर (पाल्पा) । रामपुर नगरपालिका– ४ मौलाथरका मतदातालाई चुनावभन्दा पनि पानी खोजेर जीविकोपाजर्न गर्ने चटारो छ । यहाँ दिनहुँ विभिन्न दलका नेता, कार्यकता र उम्मेदवारले भोट माग्न आउने गर्छन् । विकास निर्माण लगायत विभिन्न समस्या समाधान गर्ने आश्वासन दिँदै उनीहरुले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने गर्छन् तर यहाँका मतदाताले पानी दिनेलाई मात्र मतदान गर्ने बताएका छन् । “हामीलाई झुट्टा आश्वासन चाहिएको छैन, गाउँलाई विशाल सहर बनाउन पनि जरुरी छैन,” मतदाताले विगतका वर्षको निर्वाचनलाई सम्झिदै भन्छन्, “हामी गाउँका गरिब दुःखी जनतालाई प्रलोभन नदेखाऊ । सक्छौ भने हामीलाई प्यास मेटाउने पानी देऊ, अनि मात्र पाउँछौ भोट ।” “हामीपूरा पढ्नुहोस्


सुदूरपश्चिममा विद्युत्भार कटौती अन्त्य गर्न घिसिङलाई अध्यक्ष दाहालको आग्रह

  असार १०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमाञ्चल क्षेत्रको विद्युत्भार कटौती तत्काल अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गरेका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अभियानमा सहभागी भएर काठमाडौँ फर्किएपछि अध्यक्ष दाहालले आज कार्यकारी निर्देशक घिसिङलाई बोलाएर सुदूरपश्चिमाञ्चल क्षेत्रमा किन विद्युत् कटौती गरिएको हो ? भनेर जिज्ञासा राखेका थिए । प्रदेश नं ७ को सुदूरपश्चिमको विद्युत्भार कटौतीको अन्त्य गर्ने विषयमा प्रभावकारी कार्ययोजनाका साथ काम गर्न अध्यक्ष दाहालले कार्यकारी निर्देशक घिसिङलाई तत्काल प्रक्रिया सुरु गर्न आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए । चुनावीपूरा पढ्नुहोस्


एमालेको विजयलाई कसैले रोक्न सक्दैन – ओली

  असार १०, उर्लाबारी (मोरङ) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले पहिलो चरणको भन्दा दोस्रोचरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुने दाबी गरे । एमालेले राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय झण्डा प्रयोग गरेको भन्दै ओलीले भने – “राष्ट्रिय झण्डा च्यातिँदा चुप लागेर बस्ने, अनि एमालेले उठाउँदा आपत्ति जनाउने ।” यो निर्वाचनमा एमालेले जित्नेमा कुनै शङ्का नरहेको भन्दै ओलीले भने – “उर्लाबारीको समग्र विकासका लागि गुरुयोजना बनाएर एमाले अघिपूरा पढ्नुहोस्


प्यूठानमा माओवादी केन्द्र र राजमोबीच चुनावी तालमेल

कमल गिरी असार १०, प्यूठान । स्थानीय तह निर्वाचन अन्तर्गत प्यूठान जिल्लाको प्यूठान नगरपालिकाको निर्वाचनमा प्रमुख दुई पद मेयर र उपमेयरमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा, नेपालले चुनावी तालमेल गरेका छन् । ‘वाम एकता आजको विकल्प, समृद्ध प्यूठान नगर हाम्रो संकल्प’ को नारा दिई ती दुई पार्टी प्रमुख दुई पदका लागि संयुक्त रुपमा चुनावी मैदानमा उत्रेका हुन् । चुनावी तालमेल अनुसार माओवादी केन्द्रका मेयर उम्मेदवार अर्जुनकुमार कक्षपतिलाई राजमो, नेपालले र माओवादी केन्द्रले राजमो, नेपालका उपमेयर उम्मेदवार धु्रवकुमार थापालाई समर्थन गर्ने गरी चुनावी प्रचारप्रसार गरेका छन् । नेकपा (माओवादी केन्द्र) प्यूठान नगर कमिटी र राष्ट्रिय जनमोर्चा, नेपाल प्यूठान नगर समितिलेपूरा पढ्नुहोस्


बिहान पर्खनेहरु नै जब रात भइदिन्छन्

पूर्ण वैद्य बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् मेरो क्षितिजको के लाग्छ ! यद्यपि, आँखा भन्नु नै प्रकाशको साक्षी हो बारीमा पहरा दिने बारहरुले नै जब काँक्रो चोरी सिध्याउँछन् त मेरो श्रमको के लाग्छ ! मैले रोप्नुको अर्थ के रहन्छ ! थद्यपि, रोप्नु भन्नु नै भविष्य उमार्नु हो भित्तामा लेखिएको मयूरले नै जब सँगै झुण्ड्याएको हीराको हार एकाएक निकालिदिन्छ यस अवस्थामा मेरो विश्वासको के लाग्छ ! मेरो अभिव्यक्तिको के अर्थ रहन्छ ! यद्यपि, अभिव्यक्ति भन्नु नै अन्तरसत्यको प्रकाशन हो । यसरी बोल्ने समय पर्खंदा पर्खंदै सान्त्वनाको निहुँमा मात्र अड्केको जिन्दगीमा मौनताका शून्यहरु तह तह जमेर जब बोल्ने मुखहरु नै ढुङ्गापूरा पढ्नुहोस्


आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा पूर्वअभ्यास (फोटो फिचर)

असार १०, काठमाडौँ । विमानस्थलले हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा पूर्वअभ्यास गर्नको लागि हिजो शुक्रवार त्रिभुवन अन्त्राष्ट्रिय विमानस्थल साँझ ४ः३० देखि ५ बजेसम्म बन्द रह्यो । हवाई दुर्घटनाबारे आपत्कालीन योजना र यन्त्र उपकरणबारे सम्बन्धित निकायलाई अभिमुखीकरण गराउन पूर्वाभ्यास गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था (आइकाओ) को नियमानुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक दुई वर्षमा ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने भएकाले विमानस्थल बन्द गरिएको थियो । उक्त पूर्वाभ्यासका केही दृष्यहरू ः तस्बिर : प्रदीपराज वन्त/रासस