Main Menu

Wednesday, June 14th, 2017

 

धनगढीमाईका २ वटा वडाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मतले चयन

हिरालाल चौधरी जेष्ठ ३१, धनगढी । चुनावको उम्मेदवार दर्ता नजिकिँदै जाँदा अन्य दललाई उम्मेद्वार छनौट गर्ने हम्मे-हम्मे परिरहेको बेला नेकपा माओवादी केन्द्रले धनगढीमाई नगरपालिकाको वडा नं. ४ र वडा नं. ५ को उम्मेद्वार सर्वसम्मत एवम् हर्षोल्लासका साथ चयन गरेको छ । आज छुटाछुट्टै वडामा बसेको बैठकले ४ नं. वडा अध्यक्षको लागि रामु चौधरीलाई उम्मेद्वार चयन गरेको छ भने ५ नं. वडाअध्यक्षको लागि लक्ष्मी यादवलाई सर्वसम्मतले चयन गरेको छ । अन्य दलमा सर्वसम्मत ढंगले उम्मेद्वार चयन हुन नसकिरहेको बेला माओवादी केन्द्रले यसो गर्दा अन्य दललाई चासो बढेको छ । माओवादी केन्द्रलाई हाम्रालाई नभई राम्रा व्यक्ति छान्ने केन्द्रीय नीति अन्तर्गत सो विधिपूरा पढ्नुहोस्


पत्रकार महासंघको जिल्ला अधिवेशन सम्पन्न

हिरालाल चौधरी जेठ ३१,  सिरहा । लामो रस्साकस्सीपछि बल्ल नेपाल पत्रकार महासंघ सिरहा शाखाको आठौं अधिवेशन १५ सदस्यीय कार्यसमिति चयन गरी हिजो हालै सम्पन्न भएको छ । सम्पन्न कार्यसमितिको अध्यक्षमा दिनेश्वरप्रसाद गुप्ता, उपाध्यक्षमा रामबाबु यादव, महिला उपाध्यक्षमा रिंकु दास, सचिवमा रोयण्टर मण्डल, सहसचिवमा आशेकुमार विश्वकर्मा र जागेश्वर यादव तथा कोषाध्यक्ष पदमा मनोज बनैता निर्वाचित भएका छन् । त्यसैगरी कार्यसमितिमा खुल्ला सदस्यतर्फ विनय गौतम, उषा यादव, रामभरोसी यादव, अर्जुन गुप्ता, समावेशीतर्फ सुरेन्द्रकुमार कामती, हरिभक्त लामा, मधेशी कोटामा शिवदयाल यादव, महिला सदस्यमा सुचिता यादव, दलितमा दुर्गा परियार निर्वाचित भएका छन् । अधिवेशनले केन्द्रीय सभासद्मा देवकुमार यादव, हिरालाल चौधरी, मणिलाल विश्वकर्मा, सन्तोष सुवेदी,पूरा पढ्नुहोस्


लन्डनको २७ तले भवनमा भीषण आगलागी, ३० जना घाइते

  जेष्ठ ३१, लन्डन । पश्चिम लन्डनमा अवस्थित अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी अहिलेसम्म ३० जना घाइते भएका छन् । सो भवनमा बुधबार बिहानीपख आगो लागेको हो । एक २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी अरु कतिजना घाइते भएका छन् भन्ने बारेमा अझै खुलाइएको छैन । प्रहरी उद्वारको कार्यमा खटिरेको र यसको यकिन हुन नसकिरहेको बताएको छ । सो भवनभित्र करिब २०० जनाको बसोबास रही आएको पाइएको छ । प्रहरीले त्यहाँ करिब २०० जना बस्ने गरेको र कैयौँ व्यक्ति थुनिएर रहेको भन्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको जनाएको छ । आगो के कसरी लागेको होपूरा पढ्नुहोस्


सिङ्गो नेपालसित जोड्न पुल नभएको मेचीपारिको गाउँ चुनावबारे बेखबर

जेष्ठ ३०, काँकडभिट्टा (झापा) । मेचीनगरकै दुर्गम गाउँ मानिएको मेचीपारिको टापुमा रहेको १४ नं वडाका जनता स्थानीय तहको चुनावबारे अझै बेखबर छन् । जिल्लाका सबै गाउँबस्तीमा चुनावी लहर चलिरहँदा सो गाउँको झाडु, ग्लावा र होपना बस्तीमा मोटर बाटो नपुग्ने भएका कारण अहिलेसम्म कुनैपनि राजनीतिक दलका नेताले भोट माग्न नआएका कारण सुनसान भएको त्यहाँका बासिन्दा बताउँछन् । ज्यामिरगढीका यी तीन बस्तीलाई पूर्वतिर भारतीय बाँध र पश्चिमतिर मेची नदीले घेरेको छ । बगर र बाँधले घेरिएको मेची पारिको यो चर्चित टापुमा करिब ५० परिवारको बसोवास छ । उपेक्षित बस्ती हुनुको पीडा भोगिरहेका यहाँका बासिन्दाले यसपाली भोट माग्न आउने नेताहरुसँग एउटै प्रश्न सोध्नेपूरा पढ्नुहोस्


किशोरी छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

  जेष्ठ ३१, पाँचथर । १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पाँचथर च्याङथापुका एक व्यक्ति पक्राउ परेको छ । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । पीडित किशोरीले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् । बाबुले छोरीलाई विगतदेखि नै पटक–पटक बलात्कार गर्दै आएको पीडितले बताएको प्रहरीले जनाएको छ । पीडित किशोरीकी आमाले पाँच वर्षअघि दोस्रो विवाह गरेपछि घरमा बाबु छोरी मात्रै बस्दै आएका थिए । बाबुले पटक-पटक बलात्कार गर्दै आएको भएपनि पीडित किशोरीले बाबुको डर तथा लाजले आफन्त, छिमेकी तथा प्रहरीलाई खबरपूरा पढ्नुहोस्


बन्दमा ल्यापटप फुटाइयो !

  जेष्ठ ३१, गौशाला । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा ल्याप्टप फुटाउँदै कार्यक्रम बिथोलेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार नेपाल मधेस फाउन्डेसनले मङ्गलबार जलेश्वरस्थित रेडक्रस सभाहलमा ‘सामाजिक जवाफदेहिताका लागि औजारसम्बन्धी एकदिने अभिमुखीकरण’ कार्यक्रम गरिरहेको बेला राजपाका ८-१० कार्यकर्ता कार्यक्रमस्थलमा गएर तोडफोड गर्दै कार्यक्रम बिथोलेका थिए । राजपा कार्यकर्ताले सो कार्यक्रममा प्रयोग गरिएका डेल कम्पनीका आई फाइव ल्यापटप थान एक, कुर्सी थान एक तोडफोड गरेका थिए भने कार्यक्रमको ब्यानर झिकेर आगो लगाएर नष्ट गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरीबाटपूरा पढ्नुहोस्


ग्यास चुलो किन्ने विवादमा श्रीमतीको हत्या

  जेष्ठ ३१, सुर्खेत । ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हान्दा श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३१ वर्षीया श्रीमती पदमा बुढाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार ग्यासको चुल्हो किन्ने विषयमा विवाद हुँदा मङ्गलबार साँझ ५ बजेतिर उनीहरुबीच विवाद भएको थियो । “दुवै रक्सीले मातेका थिए । विवाद बढ्दै जाँदा बलहादुरले लाठीले पदमाको टाउकोमा हाने”, थापाले भने, “बेहोस् भएर ढलेकी पदमालाई उपचारका लागि क्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भयो ।” प्रहरीले श्रीमतीको हत्या गर्ने बलबहादुरलाई पक्राउ गरेको छपूरा पढ्नुहोस्


पोल ५ वर्ष अगाडि गाडिएको, बत्ती बल्ल बल्यो !

  जेष्ठ ३१, रामपुर (पाल्पा) । बिजुलीको पोल गाडेको ५ वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ । रामपुर नगरपालिकाको दुर्गम र अति विकट क्षेत्र वडा नं ३ र ४ का विभिन्न स्थानमा बिजुली बत्ती विस्तार गरिएको छ । नगरपालिकाको केन्द्रबाट झन्डै ३ घन्टाको पैदलमा पुगिने विकट क्षेत्र गैलुक, लामटाङ र लाँकुरीमा बिजुली बत्ती बलेपछि गाउँ नै यतिबेला उज्यालोमय बनेको छ । वर्षौँदेखि टुकी बालेर जीवन गुजारा चलाएका यहाँका स्थानीय बासिन्दालाई टुकी र लालटिन बाल्ने झन्झट् सदाका लागि अन्त्य भएको छ । मोबाइल, लाइट चार्ज गर्नका लागि दैनिक दुई-तीन घन्टाको पैदल हिँडेर अन्यत्र गाउँमा गएर जीवन चलाउँदै आएकापूरा पढ्नुहोस्


सन्दर्भ विश्व रक्तदाता दिवस

नेपालमा रक्तदान सुरु भएको ५१ वर्ष बित्यो, ‘रगत दिँदा केही हुँदैन’ भन्ने चेतनाको कमी अझै कायमै

बिष्णु नेपाल जेष्ठ ३१, काठमाडौँ । ‘रगतदान गरौँ, अहिले गरौँ, समय-समयमा गरौँ’ भन्ने नाराका साथ रगत र रगत तत्वको महत्व, रक्तदान गर्न आम समुदायलाई थप उत्प्रेरणा जगाउन विविध कार्यक्रम आयोजना गर्दै नेपालमा १३औँ विश्व रक्तदाता दिवस आज मनाइँदैछ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ को सम्झनामा विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा रक्तदान सुरु भएको ५१ वर्ष बितिसकेको छ । विसं २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटीले विसं २०२३ साउन १२ गतेदेखि रक्तदान कार्यक्रमको सुरुवात गरेको थियो । तर ‘रगत दिँदा केही हुँदैन’पूरा पढ्नुहोस्


दोस्रो चरणको निर्वाचनका लागि आयोगको तयारी पूरा, निर्वाचन ‘कुनै हालतमा पनि’ नसर्ने

जेष्ठ ३१, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । हिजो रिपोर्टस क्लबमा बोल्दै यादवले भोलीदेखि उम्मेदवारी मनोनय दर्ताको प्रक्रिया सुरु हुने बताए । दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहका लागि १२ हजार मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था आयोगले मिलाएको छ । प्रमुख आयुक्त यादवले आयोगका तर्फबाट कुनै अप्ठेरो अवस्था नभएको र राजनीतिक दृष्टिकोणबाट भने अझै केही अप्ठेरो अवस्था बाँकी रहेको बताए । ‘‘राजनीतिक रुपले केही क्षेत्रमा भने सहज वातावरण भइनसकेको अवस्था छ ।” प्रमुख आयुक्तपूरा पढ्नुहोस्