Main Menu

Monday, June 19th, 2017

 

हवाई खर्च व्यहोर्न नसकी मलेसियामा अलपत्र परेका २८ नेपाली स्वदेश फिर्ता

malaysia-foreign-worker-rescue

  असार ५, काठमाडौँ । मलेसियास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई स्वदेश फर्काएको छ । दूतावासले आफ्नै पहलमा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका नेपालीलाई नेपाल पठाएको हो । नेपाली दूतावासको टोलीले एक साताअघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो । दूतावासले क्वालालम्पुरमा अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहने जनाएको छ । दूतावासका अनुसार शङ्खलाल गोले (पर्सा), मनिराम बेङ्गासी (धनुषा), सञ्जयकुमार नेपाली (सर्लाही), सनम लिम्बू (धनकुटा), दीपेश लिम्बू र राजकुमार राई (सुनसरी), सन्तोष अधिकारी (कपिलवस्तु), मुकेशराज यादव (रौतहट), मनोजकुमार नेपाली (सिन्धुली), मनबहादुर तामाङ (काभ्रेपलान्चोक), खड्का लिम्बू (ताप्लेजुङ), निकेश कार्की (काठमाडौँ),पूरा पढ्नुहोस्


छिनाङ भोटेको हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग

असार ५, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सङ्खुवासभा भोटखोला गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा वडाध्यक्षका उम्मेदवारको हत्या भएपछि दोषीमाथि कारबाहीको माग गरेको छ । प्रवक्ता पम्फा भुसालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी भोटखोला गाउँ समिति सदस्य तथा वडा नं २ का पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिनाङ भोटेको उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा बाटोमा कुटपिट गरी हत्या गरिएकामा आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेकी छन् । माओवादीले वडाध्यक्षका उम्मेदवार भोटेको हत्या नेकपा (एमाले)का कार्यकर्ताले गरेको आरोप लगाएको छ । प्रवक्ता भुसालले घटनाको भत्सर्ना गर्दै हत्याराको अविलम्ब खोजी गरी कडा कारबाहीका लागि सरकारसँग माग गरेकी छन् ।पूरा पढ्नुहोस्


एमालेमाथि आरोप, माओवादीले १ नं. प्रदेशभर विरोध प्रदर्शन गर्ने

संखुवासभामा माओवादीको वडाअध्यक्ष उम्मेदवारको हत्या

असार ५,  खाँदवारी । संखुवासभाको भोटखोला गाऊँपालिका वडा नं २ का लागि नेकपा (माओवादी केन्द्र)का वडाध्यक्ष उम्मेद्वार छिमाङ भोटेको हत्या भएको छ । भोटेको एमाले कार्यकर्ताहरुले हत्या गरेको भन्दै माओवादी केन्द्र, संखुवासभाले प्रदेश नं. १ का सवै जिल्लामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । ‘हाम्रा उम्मेद्वारलाई एमालेका कार्यकर्ताहरुले धारिलो हतियार प्रयोग गरी हत्या गरेको बुझिएको छ । हामी यसको सशक्त प्रतिरोध गर्ने छौँ ।’ माओवादी केन्द्रको प्रदेश नं. १ का संयोजक गोपाल किरातीले भने, ‘हत्याकाण्डका अपराधीलाई शसक्त कार्वाही गर्न सरकारसँग माग गर्दछौँ ।’ शंखुवासभामै रहेका किरातीले आफू जिल्लाको विकट क्षेत्रमा रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिँदै सरकारले तत्कालपूरा पढ्नुहोस्


पाल्पामा उत्साहपूर्वक मनोनयन

असार ५,  रामपुर (पाल्पा) । यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलहरूले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लाका दुई नगरपालिका तथा आठ गाउँपालिकामा बाजागाजाका साथ दलहरुले मनोनयन दर्ता गराएका छन् । तानसेन नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसबाट अजयमान कर्माचार्य र लालुकुमारी राना, नेकपा (एमाले)बाट अशोक शाही र लक्ष्मी पाठक, नेकपा (माओवादी केन्द्र)बाट प्रतीक्षा सिञ्जाली र धनेन्द्रराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेवन्तबहादुर विष्ट र निर्मला हमाल, राष्ट्रिय जनमोर्चाबाट टीकाराम पौडेल र उमा सिञ्जाली तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट होमबहादुर थापा र सावित्रा रानाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यस्तै, रामपुर नगरपालिकामा प्रमुख रपूरा पढ्नुहोस्


शान्तिसुरक्षाका लागि सिसी क्यामेरा जडान प्रभावकारी बन्दै

असार ५,  बनियानी (झापा) । जिल्लाका बजार चोकमा जडान गरिएको सिसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएको छ ।  विभिन्न स्थानमा राखिएको सिसी क्यामेराबाट चौबिसै घन्टा निगरानी हुन थालेसँगै शान्तिसुरक्षा र अपराध अनुसन्धानमा सहज भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माका अनुसार सिसी क्यामेरा जडानले जिल्लाको गतिविधिको निगरानीसँगै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको खोजीमा सहज भएको छ ।  सिसी क्यामेराले राजमार्गमा हुन सक्ने आपराधिक गतिविधिको निगरानी, कैदीबन्दीको क्रियाकलापको अध्ययनका साथै प्रहरी स्वयम्को पनि कामकारबाहीको निगरानी भएको प्रवक्ता शर्माले बताए । ‘हिट एन्ड रन’का घटनामा अपराधी समात्न सहज भएको जानकारी दिंदै उनले भने, “केही साताअघिपूरा पढ्नुहोस्


दूध उत्पादनको क्षेत्रमा काम गर्ने एक दर्जन सहकारीलाई करिब ३२ लाख अनुदान

  असार ५, बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु. ३१ लाख ८९ हजार ९५७ पाउने भएका छन् । सरकारले कृषकलाई उत्पादनमा अनुदान दिन प्रतिलिटर रु. १ अनुदान दिने भएपछि जिल्लाबाट १२ वटा सहकारी संस्थाले सो रकम पाउने भएका हुन् । गोठ, भकारो सुधारमा गरेको सरकारको लगानी उपलब्धिमूलक नभएकाले यस्तो नीति ल्याइएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. नारायणबहादुर श्रेष्ठ बताउँछन् । गत साउनअघिदेखि एक वर्षको दूध उत्पादनको अवस्था हेरेर सहकारीमार्फत कृषकलाई अनुदान दिइने उल्लेख गर्दै डा. श्रेष्ठले यसलाई परीक्षणकालका रुपमा हेरिएको बताए । ती सहकारीले कम्तीमा ५० लिटरपूरा पढ्नुहोस्


सुक्खा बन्दरगाहको काम कारबाही ठप्प

  असार ५,  पर्सा । भारतीय रेल सञ्जालसंग जोडिएको मुलुककै एक मात्र वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको काम कारबाही ठप्प भएको छ । विषालु सर्पको डसाइबाट मृत्यु भएका मजदुरका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वार नै अवरुद्ध गरेपछि गए राति १० बजेदेखि काम कारबाही ठप्प भएको हो । बन्दरगाहको लोडिङ अनलोडिङ यार्डमा काम गर्ने मजदुर वीरगन्ज उपमहानगरपालिका–१८ का ३५ वर्षीय राजकिशोर साहको आइतबार राति विषालु सर्पको डसाइबाट मृत्यु भएको थियो । शौच गर्न गएको बेला विषालु सर्पले टोक्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पताल बीरगन्जमा मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख ऋषिकुमार ढुङ्गानाले जानकारी दिएपूरा पढ्नुहोस्


‘जैविकमार्ग र वन्यजन्तुको सुरक्षा’ चुनौतीपूर्ण, प्रभावकारी हुन सकेन सिसी क्यामेरा

नारायण ढुङ्गाना असार ५, रत्ननगर (चितवन) । चुरे र महाभारत पहाड जोड्ने जैविकमार्गबाट चितवनको टिकौली जङ्गलमा बाघ, गैँडा, चित्तल, जरायोलगायत संरक्षित वन्यजन्तु दैनिकजसो नै आउजाउ गर्छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने यो जैविकमार्ग (करिडोर) संरक्षणका हिसाबले अतिसंवेदनशील मानिन्छ । गएको वर्ष टिकौली जङ्गलको झन्डै सात किमी क्षेत्रमा १० वटा सिसी क्यामेरा जडान गरिएका थिए । अहिले ६ वटा क्यामेराले मात्र काम गरिरहेको छ । सवारी चालकलाई यहाँको संवेदनशीलताबारे जानकारी दिई नियमन गर्ने, गाडी रोक्न नदिने, विस्तारै चलाउन लगाउने र गल्ती गरे कारबाही गर्ने तथा फोहर व्यवस्थापनलगायतका उद्देश्यले ठूलो लगानीमा राजमार्गका विभिन्न क्षेत्रमा क्यामेरा जडान गरिएका थिएपूरा पढ्नुहोस्


संवैधानिक परिषद्को बैठक अनिर्णित

असार ५,  काठमाडौँ । प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सो विषयमा अध्ययन गर्न समय माग गरेपछि बैठकमा कुनै निर्णय हुन सकेन । प्रतिपक्षी दलका नेताले अध्ययन गर्न समय मागेपछि बैठकमा कुनै निर्णय नभएको बताउँदै उपसभामुख गङ्गाप्रसाद यादवले अर्काे बैठक यही असार १५ गते बस्ने जानकारी दिए । प्रधानन्यायाधीश सुशीला कार्कीले यही जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि प्रधानन्यायाधीशको पद रिक्त छ । हाल वरिष्ठताका आधारमा न्यायाधीश गोपाल पराजुली कायममुकायम प्रधानन्यायाधीशकापूरा पढ्नुहोस्


उद्योग विभागमा अनलाइन दर्तासँगै अब हस्ताक्षर पनि अनलाइन नै !

  असार ५, काठमाडौँ । व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ । ४ महिना अगाडिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले अब अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण गरेर सम्बन्धी निकायलाई अनलाइनमार्फत नै पठाउने व्यवस्था गर्न लागेको हो । अहिलेसम्म अनलाइन दर्ता भएका उद्योगका प्रमाणपत्र र कागजपत्र प्रमाणीकरण तथा हस्ताक्षर गर्दा प्रिन्ट गरेर सम्बन्धित सेवाग्राहीलाई प्रदान गर्ने गरेपनि विद्युतीय हस्ताक्षर सेवाको सुरुवातसँगै अनलाइनमार्फत नै हस्ताक्षर हुने व्यवस्था मिलेको विभागका प्रवक्ता दुर्गाप्रसाद भुषाल बताउँछन् । “विद्युतीय हस्ताक्षरको सुरुवातसँगै अनलाइनबाट भरेको फर्मलाई अनलाइनमार्फत नै स्वीकृति दिने हुँदा प्रिन्ट गरेर कर्मचारीको कोठा-कोठामापूरा पढ्नुहोस्