Main Menu

Monday, June 26th, 2017

 

लागुऔषध प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि

असार १२, काठमाडौँ । नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको जानकारी दिइएको हो । गृह मन्त्रालयकाअनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या २०६९ सालमा ९१ हजार ५३४ थियो । २०६३ सालको तुलनामा यो झन्डै ४५ हजारले बढी हो । सो अवसरमा सहरी विकासमन्त्री प्रभु साहले लागुऔषध नियन्त्रणका लागि समाजका सबै पक्ष सक्रिय भएर लाग्नुपर्नेमा जोड दिदैं लागुऔषध नियन्त्रण गर्ने कार्य गृह मन्त्रालय र सुरक्षा निकायबाट मात्र सम्भव नभएको र यसका लागि सबै लाग्नुपर्ने बताए । उत्पादन र ओसारपसारलाईपूरा पढ्नुहोस्


काठमाडौँ महानगरमा निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य प्रणाली जडान हुँदै

रमेश लम्साल असार १२, काठमाडौँ । काठमाडौँ उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य बत्ती जडान भइरहेको छ । यही महिनाको अन्त्यसम्म १ हजार २८५ वटा सौर्य प्रणाली जडान हुने महानगरले जनाएको छ । महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र झिलिमिली बनाउने लक्ष्यका साथ सौर्य बत्ती जडान कार्य धमाधम अगाडि बढाइएको र त्यसमा महानगरको लगानी नपर्ने, उल्टै फाइदा हुने प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । महानगरले काठमाडौँको सडक झिलिमिली बनाउनका लागि वि के ट्रेर्डस एन्ड सप्लायर्सलाई सौर्य प्रणाली जडान गर्ने जिम्मा दिएको छ । दैनिक रातको समयमा २० देखि ३० वटा सौर्य प्रणाली जडान भइरहेकोपूरा पढ्नुहोस्


रिक्त शिक्षकको तथ्याङ्कबारे शिक्षा मन्त्रालय र अस्थायी शिक्षक अन्योलमा

प्रकाश सिलवाल  असार १२, काठमाडौँ । हाल मुलुकमा कुल कति शिक्षक रिक्त छन् र कति सङ्ख्यामा खुल्ला वा आन्तरिक विज्ञापन गर्ने भन्ने अन्योल देखिएको छ । शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीच गत शुक्रबार चारबुँदे सहमति भई कार्यरत सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी हुन मौका प्रदान गर्ने र असफल हुनेलाई तोकिएको सुविधा दिने भनिएपछि शिक्षकको रिक्त दरबन्दीको विवरण खोज्न थालिएको हो । रिक्त दरबन्दीमा हुने त्यस्तो परीक्षामा न्यूनतम ४० अङ्क ल्याउने स्थायी हुनेछन् । अस्थायी शिक्षक सङ्घर्ष समितिले सरकारले भन्दै आएको हाल कुल २६ हजार १५१ रिक्त विवरणलाई अस्वीकार गरेपछि पुनः देशभरका विद्यालयबाट नयाँ विवरण माग्न थालिएको छ । “हाम्रोपूरा पढ्नुहोस्


पाटन सङ्ग्रहालय विस्तार हुँदै

असार १२, ललितपुर । पाटन सङ्ग्रहालय विस्तार हुने भएको छ । अहिले केशवनारायण चोक र मूल चोकमा मात्रै रहेकामा सुन्दरी चोकसम्म फैलाउन लागिएको हो । सङ्ग्रहालयका प्रमुख सुरेश लाखेका अनुसार सुन्दरी चोकको माथिल्लो तलामा सङ्ग्रहालय फैलाउन लागिएको हो । अहिले प्रकाश संयोजनको काम भइरहेको छ । “एक-दुई महिनाभित्रै आगन्तुकका लागि सङ्ग्रहालय खुल्ला हुनेछ,” लाखेले भने । सङ्ग्रहालयमा भएका सामग्री फैलाउने भन्दा पनि नयाँ सामग्रीको सङ्कलन गर्ने काम भइरहेको छ । सुन्दरी चोकमा रहेको हात्तीको दाँतबाट बनेको झ्याल पहिलोपटक सर्वसाधरणले हेर्न पाउने उनको भनाइ छ । भित्ते चित्र प्रदर्शनीमा राखिनेछ । ऐतिहासिक रुपले महत्वपूर्ण सिद्धिनरसिंह मल्लको समयमा बनेको झ्याल पनि सर्वसाधारणलेपूरा पढ्नुहोस्


तेब्बरभन्दा बढी कमाइ हुने भएपछि धानखेत मासेर माछापालन

असार १२, पथरी (मोरङ) । धान लगाउँदै आएको खेत भाडामा लिएर मोरङको हसन्दह–२ का ४ जना युवाले माछापालन व्यवसाय गरी राम्रो आम्दानी गरेका छन् । “२०७१ सालमा खर्च कटाएर रु २५ लाख आम्दानी भयो । गत वर्ष रु ६० लाख ।” विसं २०७० मा वैदेशिक रोजगारीबाट फार्केका चारमध्ये एक युवक चेतन दाहाल भन्छन् । विसं २०७३ मा रु. ७५ लाख आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ । १५ बिगाहा जमिनमा धान लगाएकामा प्रत्येक साल रु. १२ लाख मात्र अम्दानी हुन्थ्यो । खाद्य बालीको तुलनामा तेब्बरभन्दा बढी आम्दानी हुन थालेपछि त्यहाँका किसान माछापालनतर्फ आकर्षित भएका हुन् । उनीहरुको न्यू सगरमाथा नेचुरल फार्मले रु.पूरा पढ्नुहोस्


काँकडभिट्टाका दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

असार १२, काँकडभिट्टा (झापा) । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेका अनुसार भद्रपुरनगरपालिका–६ एसपी मोडस्थित मेची इस्टमोड रङ्गशालाको दुईवटा निर्वाचन केन्द्रमा राष्ट्रिय वाणिज्य बैंक, भद्रपुर शाखाकी प्रमुख शान्ता बराल र महिला तथा बालबालिका कार्यालयकी अधिकृत समीक्षा निरौलाको नेतृत्वमा महिला कर्मचारी खटाइएको हो । जिल्लामै नमुना मतदान केन्द्र बनाई शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन गराउनका लागि महिला कर्मचारी खटाइएको निरौलाले बताए । बराल र निरौला दुवैको नेतृत्वमा ६-६ जना महिला कर्मचारी खटाइएको छ । “जिल्ला प्रहरी कार्यालयसँग सो निर्वाचन केन्द्रमा सम्पूर्ण सुरक्षाकर्मी पनि महिलालाई नै खटाइदिनपूरा पढ्नुहोस्


ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस् – गृहमन्त्री शर्मा

असार १२, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाएको भन्दै ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गरेका हुन् । “पहिलो चरणको निर्वाचन सम्पन्न गर्दाका अनुभवका आधारमा समेत सुरक्षा योजनालाई थप विकसित र परिमार्जन गरिएको छ,” गृहमन्त्री शर्माले भने, “सुरक्षामा कुनै समस्या छैन, ढुक्क रुपमा सुरक्षित भएर मत खसाल्ने वातावण मिलाइएको छ ।” नेकपा (विप्लव समूह) र राष्ट्रिय जनता पार्टीसमेत निर्वाचनमा स्वतन्त्र रुपमा भाग लिएको भन्दै गृहमन्त्री शर्माले निर्वाचनपूरा पढ्नुहोस्


मोरङमा मतदाता परिचयपत्र वितरण कार्य तिव्र

असार १२, विराटनगर । मोरङमा मतदाता परिचयपत्र वितरण कार्य तीव्र रुपमा भइरहेको छ । जिल्लाका १७ वटा स्थानीय तहको ६६९ वटा मतदानकेन्द्रमा खटिएका ४ हजार १५ कर्मचारी मतदाता परिचयपत्र वितरण कार्यमा जुटेका छन् । ५ लाख ६३ हजार ८७० मतदाताका लागि मङ्गलबार सम्ममा मतदाता परिचयपत्र वितरण कार्य सम्पन्न हुनेछ । जिल्लामा ८२९ पदका लागि चार हजार ३८७ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । मतदानका लागि आवश्यक सबै सामग्रीसहित सम्पूर्ण कर्मचारी मतदानकेन्द्रमा पुगिसकेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।


बनेपा र पनौतीमा धमिलो पानी, अझै केही वर्ष यस्तै !

असार १२, बनेपा । वर्षायाम सुरु भएसँगै काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकाका उपभोक्ताले धमिलो र लेदोयुक्त खानेपानी पिउन बाध्य भएका छन् ।  खानेपानीको चरम सङ्कट रहेको बनेपा र पनौती नगरपालिकामा वर्षौंदेखि खानेपानी संस्थानले वर्षाको समयमा धमिलो र लेदोयुक्त खानेपानी वितरण गर्दा मानव स्वास्थ्यमा समेत नकारात्मक असर परेको छ ।  खानेपानी संस्थान बनेपा शाखाका प्रमुख बुद्धरत्न महर्जनले खानेपानी छान्ने फिल्टर नभएका कारण धमिलो खानेपानी वितरण भएको उल्लेख गर्दै काभ्रे उपत्यका खानेपानी परियोजना पूरा भएपछि मात्रै गुणस्तरीय खानेपानी वितरण हुन सक्ने बताउँछन् ।  फिल्टर नभएका कारण वर्षायाममा सीधै खानेपानी उपभोक्तासमक्ष वितरण गरेको जानकारी दिँदै महर्जनले अझै केही वर्ष यो समस्याको समाधान नहुनेपूरा पढ्नुहोस्


नारायणगढ-मुग्लिन सडक आजबाट खोल्ने, मतदातालाई सहज

  असार १२, चितवन । सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ मुग्लिन सडकखण्ड आजबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ । विस्तारको क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यसअघि दिउँसो ११ बजेबाट ३ बजेसम्म सडक रोकिने गरेको थियो । वर्षात्सँगै पहिरो खस्ने क्रम बढेको र निर्वाचनमा मतदान गर्न जानेका लागिसमेत अप्ठ्यारो परेपछि आजबाट सडकमा आवागमन नरोकिने भएको हो । आज इदको बिदा परेकाले उपत्यकामा रहेका तीनवटा प्रदेशका मतदाता मतदानका लागि आआफ्नोपूरा पढ्नुहोस्