Main Menu

Sunday, June 25th, 2017

 

कञ्चनपुरमा निर्वाचनको तयारी पूरा

असार ११, भीमदत्तनगर । आगामी बधुबार हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७ नगर र २ वटा गाउँपालिका रहेको कञ्चनपुरमा २९३ मतदान केन्द्रमा शनिबार नै मतदान अधिकृत सहितको कर्मचारी टोली परिचालन भएको छ । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृतसहित ६ जना कर्मचारीको टोली खटाइएको कार्यालयका सूचना अधिकृत लीला जोशीले बताए । मतदान अधिकृतसँगै मतपत्र, मतपेटिकलगायत निर्वाचन सामग्री पनि सबै तहमा पठाइसकेको छ । मतदान अधिकृतले निर्वाचनसम्बन्धी राजनीतिक दलका स्थानीय नेताहरुसित शान्तिपूर्ण वातारणमा निर्वाचन सम्पन्न गर्न छलफल गरेका छन् । २ लाख ३५ हजार ७३५ जना मतदाता रहेको कञ्चनपुरमा सबैभन्दापूरा पढ्नुहोस्


बेपत्ता प्रहरीमध्ये एकको शव भेटियो, एक अझै बेपत्ता

  असार ११, रत्ननगर (चितवन) । चितवनको कालिखोलामा शुक्रबार पहिरोसँगै बगेर बेपत्ता भएकामध्ये एक प्रहरीको शव आज फेला परेको छ । घटनास्थलबाट झन्डै ५० किलोमिटर टाढा नवलपरासीको रजहरभन्दा तल नारायणी नदीमा बगाउँदै गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । लगाएको कपडाका आधारमा सो शव प्रहरी जवान लिलवहादुर चेपाङको रहेको छ । शव परिक्षणका लागि भरतपुर अस्पताल चितवनमा पठाइएको प्रहरी उपरीक्षक थापाले बताए । उक्त घटनामा परेका अर्का एक जना प्रहरी जवान सन्दीप कार्की भने बेपत्ता नै छन् । उनीहरु चढेको प्रहरीको जिपसमेत बेपत्ता छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६पूरा पढ्नुहोस्


कपिलवस्तुमा काँग्रेसमा उम्मेदवारको घर अगाडि बम फेला !

local-election-explosives-everywhere

  असार ११, चन्द्रौटा (कपिलवस्तु) । नेपाली काँग्रेसबाट कपिलवस्तु वाणगङ्गा नगरपालिकाका प्रमुख पदका उम्मेदवार मङ्गलप्रसाद थारुको घर अगाडि आज बम फेला परेको छ । बम फेला परेपछि केहिबेर स्थानीय त्रसित भएका थिए । बमलाई नेपाली सेनाको टोलीले निष्क्रय गरेको छ । तर्साउने उद्देश्यले बम राखेको हुन सक्ने इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए । यसअघि नेपाली काँग्रेसका उम्मेदवारले असार ४ गते मनोनयन दर्ता गर्न जाँदा गजेहडामा भएको बम बिस्फोटनमा परी करिब १२ जना घाइते भएका थिए ।


सुडान काण्ड – पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक थापा जेल चलान

  असार ११, काठमाडौँ । सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा जेल चलान भएका छन् । सुडान घोटालाका आरोपित कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं ११ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं ४, धूम्रबाराही बस्ने पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक थापा आज सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । थापालाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ । थापाले सजाय छुटका लागि सर्वाेच्च अदालत पुगी आत्मसमर्पण गरेका थिए । फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पुर्याएबापत अदालतले त्यस्तापूरा पढ्नुहोस्


प्रसूति गृहको सेवा सहज बनाउन सौर्य प्रणाली

  असार ११, काठमाडौँ । बिजुलीको वैकल्पिक व्यवस्था गरेर अस्पतालले दिने सेवालाई अझ प्रभावकारी बनाउन थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सौर्य प्रणाली जडान गर्ने भएको छ । देशकै सबैभन्दा धेरै शिशुले जन्म लिने अस्पताल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले रु. २५ लाखको लागतमा सोलार जडान गर्ने भएको हो । अस्पतालमा हरेक दिन ६० भन्दा बढी सुत्केरी हुन्छन् । तीमध्ये कतिपयको शल्यक्रिया गर्नुपर्ने अवस्था हुन्छ । अन्य स्त्री रोगको उपचार गर्दा शल्यक्रियासमेत गर्नुपर्ने भएकाले वैकल्पिक बिजुलीका लागि १५ किलोवाटको सौर्य प्रणाली जडान गर्न लागिएको अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङले जानकारी दिए । “कहिलेकाहीँ भोल्टेज कम हुँदापूरा पढ्नुहोस्


कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड

काठमाडौँ, ११ असार । सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ ।  शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्न विगतमा लागू गरिएको स्तरीकृत अङ्क (जिपिए)का आधारमा सामान्य परिवर्तन भएको हो । कक्षा ११ र १२ को सम्बन्धन प्राप्त सबै माविले नयाँ निर्णयनुसार भर्ना गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।  परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमका अनुसार न्यूनतम जिपिए २ ल्याएकाहरुले विज्ञान समूह पढ्न पाउने तर त्यस्ता विद्यार्थीले विज्ञान र गणितमा सी प्लस तथा अङ्ग्रेजी, नेपाली र सामाजिक अध्ययनका लागि समग्रमा डी प्लस ल्याउनुपर्ने विगतको मापदण्ड यथावत् छ भने आमसञ्चारलगायत केही विषयमा विज्ञान र गणितमा सी प्लस ल्याउनुपर्नेपूरा पढ्नुहोस्


पूर्वमन्त्री नगरप्रमुखका उम्मेदवार

असार ११,  बैतडी । बैतडीको पाटन नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट पूर्व सहायकमन्त्री केशवबहादुर चन्द नगरप्रमुखका उम्मेदवार बनेका छन् ।  पाटन नगरपालिकामा प्रमुखको उम्मेदवार बनेका उनी नगरपालिकाका बस्तीबस्ती पुगेर घरदैलो गरिरहेका छन् ।  चन्दलाई प्रमुखमा छनौट गरेर काँग्रेसले पाटन नगरपालिकालाई प्रतिष्ठाको विषयको रुपमा लिएको सर्वत्र अनुमान गरिएको छ भने आफ्नो राजनीतिक जीवनको अनुभवलाई स्थानीयस्तरमा कार्यान्वयन गर्नका लागि उम्मेदवारी दिइएको उनको भनाइ रहेको छ ।  विगतमा पनि आफूले यसै क्षेत्रबाट जनताको प्रतिनिधित्व गरे पनि अहिले स्थानीयस्तरमै जनताको सेवा गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ चन्दले भने–“ देशका १० वटा नमुना सहरमध्येको पाटन सहर पाटन नगरपालिकामा केन्द्रीय राजनीतिको अनुभव समेटेर काम गर्छु ” पूरा पढ्नुहोस्


नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

असार ११,  चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकै आज अपराह्न ३ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।  शनिबार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक आज बिहान ८ बजेदेखि सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपा थापाका अनुसार शुक्रबार बिहान पहिरो खसेर चार प्रहरीसहित भ्यान र ट्रक त्रिशूली नदीमा खसेको ठाउँमा नै आज पुनः पहिरो खसेको हो ।  त्रिशूलीमा बेपत्ता प्रहरी र भ्यान खोजी गरिरहेका सुरक्षाकर्मी पहिरो खसेपछि भागेर बचेको उनले बताए । सडकमा ठेकेदार कम्पनीको कन्टेनरको केही भागमा सामान्य क्षति भएको छ भने चालक भागेर बचेका छन् । शुक्रबार बिहान सो ठाउँमा दुईपूरा पढ्नुहोस्


म्याग्दीका प्राकृतिक तातोपानीका मुहान अलपत्र

असार ११,  बेनी (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाउँपालिकामा रहेका मूलबाट नै तातोपानी आउने मुहानको संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा मात्रै म्याग्दी नदीको किनारमा पाँचवटा तातोपानीका मुहान रहेका स्थानीयवासीले बताएका छन् । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानी, धौलागिरि गाउँपालिकाको मुदी बगर, मालिका गाउँपालिकाको भालेबास्ने ताल, हिस्तान र दानाको कालीगण्डकी किनारामा गरी नौवटा तातोपानीका मुहान संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका हुन् । जिल्लाका विभिन्न ठाउँमा गरी १४ वटा तातोपानीका मुहान पत्ता लागे पनि ती मुहानको संरक्षणमा कसैले पनि चासो नदेखाएको स्थानीयवासीको भनाइरहेको छ । मूलबाट नै ५० डिग्रीपूरा पढ्नुहोस्


पोखरा रङ्गशालामा ३० हजार क्षमताको नयाँ पारापेटको निर्माण गरिने !

असार ११, पोखरा । पोखरा रङ्गशालाको अहिलेको पारापेटलाई भत्काएर मैदान पूरै घेर्ने गरी नयाँ पारापेट बनाइने भएको छ । ८५ करोड लागत लाग्ने बताइएको उक्त रङ्गशालामा ३० हजार दर्शक अटाउने पश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताएको गोल नेपाल डट कमले जनाएको छ । निर्माण सम्पन्न भएपछि यो मुलुककै सबैभन्दा ठूलो रङ्गशाला हुनेछ । अहिलेको सबैभन्दा ठूलो दशरथ रङ्गशलाको दर्शक क्षमता १८ हजार मात्र हो । पौडेलका अनुसार केही दिनमै पारापेट भत्काउन सुरु गरिनेछ । ‘नेपाल सरकारले यो वर्षको बजेटमा यस योजनाको लागि रु. २५ करोड छुट्याएको छ ।’ पौडेलले भने, ‘दुई वर्षको यो योजना समयमै सम्पन्न हुनेमापूरा पढ्नुहोस्