Main Menu

Sunday, June 4th, 2017

 

आयोगको निर्णयविरुद्ध विरोध प्रदर्शन, निर्णय सच्याउन माग

जेष्ठ २१, काठमाडौँ । युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ वडाको पुनःमतदान गर्न गरेको निर्णय त्रुटीपूर्ण रहेकाले सच्चाउन माग गर्दै रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । उक्त वडामा पुनःमतदान गरिए निर्वाचन आयोगले गरेको चुनावप्रतिको विश्वसनियता कम हुने हुँदा त्यसलाई सञ्चाउन माग गरिएको छ । युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेलले जनताले मतदानको माध्यमबाट जनप्रतिनिधि छनोटका लागि गरेको अभिव्यक्तिलाई निष्पक्ष रुपमा लागू गर्ने काम निर्वाचन आयोगको भएकाले सो स्थानमा पुनः मतगणना गराउन आग्रह गरे । युनियनका अध्यक्ष नवीना लामाले निर्वाचन आयोगले गरेको निर्णयले दीर्घकालमा गलत परम्पराको नजिर बसाल्नेमा चिन्ता व्यक्त गर्नुभयोपूरा पढ्नुहोस्


भरतपुरमा संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

जेष्ठ २१, चितवन । भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान हुने भएपछि हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । समितिले आज जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी हुलदङ्गा, जुलुसलगायत गतिविधिलाई कानुनबमोजिम व्यवस्थित गरी शान्ति सुरक्षा कायम गर्न गराउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, भरतपुर महानगरपालिका, अस्पताल, मतगणना स्थल रहेको कभर्डहल र प्रशासनिक कार्यालय रहेकोे स्थान समेतमा धर्ना, जुलुस, आमसभा, विरोधसभा, कोणसभालगायत कार्य गर्न नदिन आजैको मितिदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ । पूर्वतर्फ मालपोत चोकदेखि जिल्ला अदालत आउने सडक, पश्चिमतर्फ चौबीसकोठीदेखि जिल्ला प्रहरी कार्यालयपूरा पढ्नुहोस्


‘निर्वाचन खर्च हालसम्म करिब ५ अर्ब’

local-elections-ballot-paper-voter-list

जेष्ठ २१, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा हालसम्म करिब रु. ५ अर्ब खर्च भएको छ । सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाख ३१ गते गर्ने गरी निर्वाचन आयोगलाई रु. १० अर्ब २८ करोड ४९ लाख ७२ हजार १६८ उपलब्ध गराएको थियो । सरकारले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन आवश्यक रहेको जनाउँदै दोस्रो चरणको निर्वाचन जेठ ३१ हुँदै असार १४ गर्ने निर्णयसँगै निर्वाचन खर्च केही बढ्न सक्ने अनुमान गरिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आइतबारसम्म रु. ४ अर्ब ७३ करोड ४१ लाख ८५ हजार ६७९ खर्च भएको छ । वैशाख मसान्तसम्ममा रु. ३ अर्ब १६ करोड, ३३ लाख ५५पूरा पढ्नुहोस्


आधारभूतस्तरको शौचालय पहुँच ९१ प्रतिशत

जेष्ठ २१, काठमाडौँ । नेपालमा ९१ प्रतिशत घरधुरीमा आधारभूतस्तरको शौचालय पुगेको छ । खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले ‘अठारौँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालका ९१ प्रतिशत जनताको घरधुरीमा आधारभूत स्तरको शौचालय पुगेको जानकारी दिइएको हो । सम्मेलनमा विभागका महानिर्देशक तेजराज भट्टले सन् २०१७ भित्र नेपाललाई खुला दिशामुक्त क्षेत्र बनाउने उद्देश्य राखेपनि हालसम्म ९१ प्रतिशत जनताको घरमा शौचालय पुगेको जानकारी दिए ।  नेपालको संविधान २०७२ ले खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा परिभाषित गरेअनुसार नेपालले खानेपानी र सरसफाइको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको भट्टले बताए । “विभागले आफ्नो स्थापनाकालदेखिपूरा पढ्नुहोस्


थोरै मतले जितेका भरतपुरका दुई अध्यक्षले काम गर्न पाएनन्

जेष्ठ २१, चितवन । भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न/नगराउन आज उच्च अदालत पाटन, हेटौँडाले विपक्षीका नाममा आदेश दिएको छ । वडा नं ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका उपेन्द्रराज सापकोटा ७ मतान्तरले पराजित भएका थिए भने वडा नं ७ मा नेपाली काँग्रेसकै श्यामप्रसाद लामिछाने १४ मतान्तरले पराजित भएका थिए । वडा नं ४ मा नेकपा (एमाले) का उम्मेदवार हरिप्रसाद आचार्य र वडा नं ७ बाट सोही पार्टीका राजेन्द्रमणि काफ्ले निर्वाचित भएका थिए । कम मतले पराजित भएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतकोपूरा पढ्नुहोस्


पर्यटनबाट करिब रु. ४२ अर्ब आम्दानी, सबैभन्दा बढी पर्यटक भारतीय

जेष्ठ २१, काठमाडौँ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब रु.४२ अर्ब आम्दानी भएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७२/७३ मा पर्यटन क्षेत्रबाट रु. ४१ अर्ब ७६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो आर्जन विदेशी मुद्राको अनुपातमा ५५.८ प्रतिशत, कुल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा १९.६ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको अनुपातमा १.९ प्रतिशत हो । चालु आवको प्रथम ८ महिनामा पर्यटन क्षेत्रबाट रु. ३६ अर्ब १९ करोड ९० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो आर्जन विदेशी मुद्राकोपूरा पढ्नुहोस्


नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

जेष्ठ २१, काठमाडौँ । भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटलब सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपालले यही जेठ २३ गते भारतको राष्ट्रिय फुटबल टोलीसँग मुम्बइको अँधेरी स्पोर्ट्स् कम्प्लेक्समा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । एएफसी एसियन कप फुटबल छनोटअन्तर्गत यही जेठ ३० गते काठमाडौँमा हुने यमनविरुद्व खेलको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ । सहभागी टोलीको गोल रक्षकमा किरणकुमार लिम्बू, विकेश कुथु रपूरा पढ्नुहोस्


प्रधानमन्त्री चयन मङ्गलबार, देउवालाई राप्रपा र फोरमको समर्थन

nepali-congress-deuba

जेष्ठ २१, काठमाडौँ । व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री चयन प्रक्रिया आज स्थगन भई यही जेठ २३ गतेका लागि तोकिएको छ । राजनीतिक दलहरुबीच सहमति खोजी मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सञ्चालन हुने जनाइएको छ । मंगलबार हुने प्रधानमन्त्री चयनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ । पार्टी संसदीय दलको आज बसेको बैठकले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग सरकारमा सहभागिताका लागि वार्ता गर्न पार्टीका महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको पूर्वमन्त्री गिरीले जानकारी दिए ।  त्यस्तै, सङ्घीय समाजवादी फोरम नेपालले पनि देउवालाई नैपूरा पढ्नुहोस्


पुनःमतदान गराउने निर्णय बदर गर्न अदालतमा निवेदन

chief-justice-impeachment-supreme-court

जेष्ठ २१, काठमाडौँ । सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको पुनमतदान गराउने निर्णय बदर गर्न माग गर्दै आज रिट निवेदन दिइएको छ । आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाई सो महानगरपालिका १९ नं वडा खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले पुनःमतदान गर्ने निर्णय बदर गर्न माग गर्दै निवेदन दायर गरेका हुन् । निवेदनमा भनिएको छ, “नष्ट भएका भनिएका ९० मतलाई वदर मतको सूचीमा राखी मतगणना कार्य गर्नु गराउनु र पुनःमतदान गर्ने निर्णय बदर गर्नू, गराउनू ।” आयोगको निर्णय गैरकानुनी, विधिको शासन विपरीत, निर्वाचन स्वतन्त्रता, निष्पक्षता, तथस्तताकै विपरीत स्वेच्छाचारी रपूरा पढ्नुहोस्


शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न एक हप्ता म्याद

जेष्ठ २१, काठमाडौँ । विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेका अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता म्याद दिएको छ । भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार पक्राउ परेका शर्मालाई आयोगले आज बिहान विशेष अदालतमा उपस्थित गराएपछि शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद दिइएको हो । विशेष अदालतमा उपस्थिति गराइएका बेलामा पत्रकारसँग कुरा गर्दै शर्माले आफूलाई नियमविपरीत गैरकानुनी रुपमा गिरफ्तारी गरिएको आरोप लगाए । आयोगले कर निर्धारणका विषयमा छलफल गर्न शुक्रबार महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएकामा पक्राउ गरी हिरासतमा राखेको थियो ।