Main Menu

Thursday, June 29th, 2017

 

हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न

थपिएको समयमा पनि नारायणगढ–मुग्लिन सडक सम्पन्न नहुने पक्का

कुमार चौलागाई/नारायण अधिकारी असार १५, कालीखोला (चितवन) । काठमाडौँको ‘लाइफलाइन’का रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा चरम लापर्वाही भएको पाइएको छ । निर्माण कम्पनीले यो वा त्यो बहाना बनाई सडक निर्माणमा ढिलाइ गर्नाले त्यसको प्रत्यक्ष मार यात्रु तथा मालबाहक सवारीले बेहोर्नुपरेको छ । अहिले उक्त ३६ किलोमिटर खण्डको यात्रा गर्न घन्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । तर निर्माण कम्पनीले भने सम्झौतालगत्तै भूकम्प र नाकाबन्दीका कारण ९ महिना काम गर्न नपाएको र यसै अवधिमा दुई वटा वर्षात् झेल्नुपरेकाले सोचे जति काम हुन नसकेको बताएका छन् । त्यसैगरी, ट्राफिकिङ समस्याका साथै वैकल्पिक सडक नहुँदा काममा बाधा हुनुलगायत समस्या पनि ठेकेदारले सुनाए । निर्माणपूरा पढ्नुहोस्


२२६ स्थानीय तहको मतगणना जारी

khairhani-vote-counting-19-hrs-later

  असार १५, काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३३४ मध्ये २२६ स्थानीय तहको मतगणना अहिले जारी छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार हालसम्म प्रदेश नं १ का ८०, प्रदेश नं. ५ का ८७ र प्रदेश नं ७ का ५९ स्थानीय तहको मतगणना सुरु भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अब १०८ स्थानीय तहको मतगणना सुरु हुन बाँकी छ । उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र अझै २२ मतदानस्थलको मतपेटिका सङ्कलन हुने क्रममा रहेको थाहा भएको छपूरा पढ्नुहोस्


स्वास्थ्य चौकीमै सिटमोल र जिवनजलसम्म पनि पाइँदैन

असार १५, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१३ भगवती औलगुर्ताका रती कामी ज्वरो आएर हैरान भएर उपचारका लागि स्थानीय भगवती स्वास्थ्य चौकी जाँदा सिटामोलसमेत नपाएपछि निरास भएर फर्किइन् । “यहाँ सधैँ औषधिको अभाव भइरहन्छ । सामान्य खालका बिरामीको समेत उपचार हुँदैन,” उनी भन्छिन्, “सरकारले निःशुल्क दिने भनेको औषधि कहिल्यै पाइँदैन । हामीजस्ता विकटका जनताका लागि सरकारी सेवा आकासको फल आँखा तरी मरजस्तै भएको छ ।” अर्का स्थानीय प्रेम वस्नेत पनि सामान्य खालका औषधि समेत स्वास्थ्य चौकीमा नपाउने गरेको बताउँछन् । स्वास्थ्य चौकीमा जीवनजल समेत नभएको उनी बताउँछन् । “पखाला लागेर आमालाई स्वास्थ्य संस्था लगेको थिए तर त्यहाँ जीवनजल नै रहेनछ,” उनले भनेपूरा पढ्नुहोस्


वर्षा नहुँदा सप्तरीमा धान रोपाइँ अहिलेसम्म २ प्रतिशत मात्र

असार १५, राजविराज । आज धान दिवसका दिनसम्म आइपुग्दा सप्तरीमा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ । यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ । अहिलेसम्म १ हजार ४०० हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ । समयमा वर्षा नभएपछि गत वर्षको तुलनामा यस वर्ष खडेरीको मार खेप्नुपर्ने देखिएको किसान बताउँछन् । जेठ र असारको पहिलो सातामा अलिअलि वर्षा भए पनि त्यसपछि वर्षा नभएकाले केही किसानले सुख्खा खेतमा पम्पसेटमार्फत पानी हाली रोपाइँ गर्दै आएको हनुमाननगर कङ्कालनी नगरपालिका–२ का कृषक लाल माझीले बताए । उचित सिँचाइको सधैँ अभाव खेप्दै आएका जिल्लावासी समयमापूरा पढ्नुहोस्


निर्वाचन सम्पन्न भएकामा प्रधानमन्त्रीबाट धन्यवाद ज्ञापन

  असार १५, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको स्थानीय तहकोे पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ वटै जिल्लाका स्थानीय तहमा अत्यन्त उत्साहपूर्ण मतदान भएको छ । दशकौँसम्मको अविराम लोकतान्त्रिक सङ्घर्ष–यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर यो स्थानीय निर्वाचनले दिएको छ, ” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै काँग्रेसपूरा पढ्नुहोस्


दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान

  असार १५, काठमाडौँ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको बुधबार सम्पन्न निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणानुसार प्रदेश नं १ मा ७२.४९, प्रदेश नं ५ मा ७५.३४ र प्रदेश नं ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ । यसैगरी ती प्रदेशका ३३४ स्थानीय तहमध्ये बिहान ९ः३० बजेसम्म १६८ स्थानीय तहमा मतगणना सुरु भएको आयोगद्वारा यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा प्रदेश नं १ का १३७ स्थानीय तहमध्ये १०८, प्रदेश नं ५ का १०९ स्थानीयपूरा पढ्नुहोस्


“सिंहदरबारको अधिकार गाउँमा पुग्यो, अब हुम्ला आत्मनिर्भर बन्छ”

असार १५, काठमाडौँ । हुम्लाबाट निर्वाचित प्रतिनिधिले सडक, शिक्षा र स्वास्थ्यका साथै स्थानीय स्रोतसाधनलाई प्राथमिकतामा राखेर हुम्लालाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद डबलीले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले स्थानीय साधनस्रोतको अधिकतम उपयोग र शिक्षा–स्वास्थ्यलाई प्राथमिकतामा राखेर सामाजिक सशक्तीकरण गर्नुपर्नेमा जोड दिए । सिमीकोट गाउँपालिकाका अध्यक्ष पदम लामाले भोकमरी र हिउँको विषयलाई भन्दा अन्य विषयलाई अगाडि ल्याउनुपर्ने बताउँदै हुम्ला राष्ट्रिय सडक सञ्जालका साथै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरेर हुम्लालाई आत्मनिर्भर बनाउन सकिने धारणा राख्नुभयो । सर्केगाडा गाउँपालिका अध्यक्ष जोशी धामीले सिंहदरबारको अधिकार गाउँमा पुगेको बताउँदै आवास, खानेपानी, सडक, बिजुलीलाई प्राथमिकतामा राखेर जनतालाई सेवा दिने प्रतिबद्धतापूरा पढ्नुहोस्


‘औचित्य नभएको’ संशोधनको एमालेले ‘सहयोग नगर्ने’

  असार १५, पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले ‘औचित्य नभएका’ संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशोधनमा एमालेले साथ नदिने दृढता व्यक्त गरे । संविधान गतिशील संशोधनको दस्तावेज भएको उल्लेख गर्दै उनले औचित्यपूर्ण संशोधनका विषयमा राष्ट्रिय जनता पार्टी नेपाललगायत सबै राजनैतिक दलसँग छलफल गर्न आफ्नो पार्टी तयार रहेको धारणा राखे । सत्ता पक्षले स्थानीय तहको निर्वाचन टार्ने र सार्ने षडयन्त्र गरेपनि पहिलो रपूरा पढ्नुहोस्


दोस्रो चरणको निर्वाचन पनि सम्पन्न (फोटो फिचर)

  असार १५, काठमाडौँ । ७०.५ प्रतिशत मतदानसहित स्थानिय तहको दोस्रो चरको निर्वाचन बुधवार सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार तीन प्रदेशका ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भयो । निर्वाचन सम्पन्न भएपछि आयोगमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ७०.५ प्रतिशत मतदान भएको बताए, जसमा सबै भन्दा बढि बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मतदान भएको छ । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो । वर्षात र झरीका वीच बुधवार भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनपूरा पढ्नुहोस्


आज धान दिवस, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

  असार १५, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । कृषि विकासमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले आज शुभकामना सन्देश जारी गर्दै यस महोत्सवलाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरेका छन् । धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ धानलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ रुपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा चौधौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मनाइँदैछ । आगामी केही वर्षमा धान, चामलमा आत्मनिर्भर हुने राष्ट्रियपूरा पढ्नुहोस्