Main Menu

June, 2017

 

वर्षा नहुँदा सप्तरीमा धान रोपाइँ अहिलेसम्म २ प्रतिशत मात्र

असार १५, राजविराज । आज धान दिवसका दिनसम्म आइपुग्दा सप्तरीमा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ । यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ । अहिलेसम्म १ हजार ४०० हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ । समयमा वर्षा नभएपछि गत वर्षको तुलनामा यस वर्ष खडेरीको मार खेप्नुपर्ने देखिएको किसान बताउँछन् । जेठ र असारको पहिलो सातामा अलिअलि वर्षा भए पनि त्यसपछि वर्षा नभएकाले केही किसानले सुख्खा खेतमा पम्पसेटमार्फत पानी हाली रोपाइँ गर्दै आएको हनुमाननगर कङ्कालनी नगरपालिका–२ का कृषक लाल माझीले बताए । उचित सिँचाइको सधैँ अभाव खेप्दै आएका जिल्लावासी समयमापूरा पढ्नुहोस्


निर्वाचन सम्पन्न भएकामा प्रधानमन्त्रीबाट धन्यवाद ज्ञापन

  असार १५, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको स्थानीय तहकोे पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ वटै जिल्लाका स्थानीय तहमा अत्यन्त उत्साहपूर्ण मतदान भएको छ । दशकौँसम्मको अविराम लोकतान्त्रिक सङ्घर्ष–यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर यो स्थानीय निर्वाचनले दिएको छ, ” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै काँग्रेसपूरा पढ्नुहोस्


दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान

  असार १५, काठमाडौँ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको बुधबार सम्पन्न निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणानुसार प्रदेश नं १ मा ७२.४९, प्रदेश नं ५ मा ७५.३४ र प्रदेश नं ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ । यसैगरी ती प्रदेशका ३३४ स्थानीय तहमध्ये बिहान ९ः३० बजेसम्म १६८ स्थानीय तहमा मतगणना सुरु भएको आयोगद्वारा यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा प्रदेश नं १ का १३७ स्थानीय तहमध्ये १०८, प्रदेश नं ५ का १०९ स्थानीयपूरा पढ्नुहोस्


“सिंहदरबारको अधिकार गाउँमा पुग्यो, अब हुम्ला आत्मनिर्भर बन्छ”

असार १५, काठमाडौँ । हुम्लाबाट निर्वाचित प्रतिनिधिले सडक, शिक्षा र स्वास्थ्यका साथै स्थानीय स्रोतसाधनलाई प्राथमिकतामा राखेर हुम्लालाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद डबलीले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले स्थानीय साधनस्रोतको अधिकतम उपयोग र शिक्षा–स्वास्थ्यलाई प्राथमिकतामा राखेर सामाजिक सशक्तीकरण गर्नुपर्नेमा जोड दिए । सिमीकोट गाउँपालिकाका अध्यक्ष पदम लामाले भोकमरी र हिउँको विषयलाई भन्दा अन्य विषयलाई अगाडि ल्याउनुपर्ने बताउँदै हुम्ला राष्ट्रिय सडक सञ्जालका साथै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरेर हुम्लालाई आत्मनिर्भर बनाउन सकिने धारणा राख्नुभयो । सर्केगाडा गाउँपालिका अध्यक्ष जोशी धामीले सिंहदरबारको अधिकार गाउँमा पुगेको बताउँदै आवास, खानेपानी, सडक, बिजुलीलाई प्राथमिकतामा राखेर जनतालाई सेवा दिने प्रतिबद्धतापूरा पढ्नुहोस्


‘औचित्य नभएको’ संशोधनको एमालेले ‘सहयोग नगर्ने’

  असार १५, पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले ‘औचित्य नभएका’ संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशोधनमा एमालेले साथ नदिने दृढता व्यक्त गरे । संविधान गतिशील संशोधनको दस्तावेज भएको उल्लेख गर्दै उनले औचित्यपूर्ण संशोधनका विषयमा राष्ट्रिय जनता पार्टी नेपाललगायत सबै राजनैतिक दलसँग छलफल गर्न आफ्नो पार्टी तयार रहेको धारणा राखे । सत्ता पक्षले स्थानीय तहको निर्वाचन टार्ने र सार्ने षडयन्त्र गरेपनि पहिलो रपूरा पढ्नुहोस्


दोस्रो चरणको निर्वाचन पनि सम्पन्न (फोटो फिचर)

  असार १५, काठमाडौँ । ७०.५ प्रतिशत मतदानसहित स्थानिय तहको दोस्रो चरको निर्वाचन बुधवार सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार तीन प्रदेशका ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भयो । निर्वाचन सम्पन्न भएपछि आयोगमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ७०.५ प्रतिशत मतदान भएको बताए, जसमा सबै भन्दा बढि बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मतदान भएको छ । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो । वर्षात र झरीका वीच बुधवार भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनपूरा पढ्नुहोस्


आज धान दिवस, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

  असार १५, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । कृषि विकासमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले आज शुभकामना सन्देश जारी गर्दै यस महोत्सवलाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरेका छन् । धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ धानलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ रुपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा चौधौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मनाइँदैछ । आगामी केही वर्षमा धान, चामलमा आत्मनिर्भर हुने राष्ट्रियपूरा पढ्नुहोस्


अवैध रुपमा सञ्चालित १० निजी विद्यालय कारबाहीमा

  असार १४, लहान । अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय सिरहाले बन्द गराएको छ । अनुमतिबिना अवैधरुपमा सञ्चालनमा रहेका निजी विद्यालयमाथि कारबाही अभियान सुरु गरेको जिशिकाले ती विद्यालय बन्द गराएका हुन् । पटकपटक विद्यालय बन्द गर्न जिशिकाले दिएको निर्देशन अटेर गरेकाले जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्ण नेतृत्वको टोलीले जिल्लाको धनगढी स्रोत केन्द्रअन्तर्गतका ४, लहान स्रोत केन्द्रअन्तर्गतका ४ तथा पोखरभिण्डा स्रोत केन्द्रअन्तर्गतका २ वटा विद्यालय बन्द गराएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय विद्यालय, धनगढी नगरपालिका–११ स्थित क्रियटिभ अङ्ग्रेजी आवासीय विद्यालय, लहान–२२ सिसबोनस्थित ज्वालामुखीपूरा पढ्नुहोस्


सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा मतदान गर्न कोही आएनन्

असार १४, सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका–६ तिङ्लामा आज शून्य मतदान भएको छ । स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरुले विरोध स्वरुप मतदान गरेका छैनन् । नेचासल्यान–६ तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडी बढाए पनि सो समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । नेचासल्यान गाउँपालिका–६ तिङ्लामा २ हजार ४७६ मतदाता रहेका छन् । सो वडामा कसैले पनि उम्मेदवारी दिएको छैन । सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचासल्यान गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको सङ्घर्ष समितिका अध्यक्ष बालकुमार कार्कीलेपूरा पढ्नुहोस्


भवन निर्माण संहिता संशोधन गर्नुपर्छ – इन्जिनियर

  असार १४, ललितपुर । इन्जिनियरले भवन निर्माण संहिता संशोधन हुनुपर्नेमा जोड दिएका छन् । नेपाल इन्जिनियर एसोसिएसन र सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय परियोजना कार्यान्वयन एकाइले आज ललितपुरमा आयोजना गरेको ‘भवन निर्माण संहिता संशोधनको आवश्यकता’ विषयक गोष्ठीमा सरोकारवालाले २० वर्ष पुरानो भवन निर्माण संहिता अहिलेका लागि अनुउपयुक्त भएकाले नयाँ संहिता निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले स्थानीय निकायमा जनप्रतिनिधि आएकाले पुनःनिर्माणकोे कामलाई योजनाबद्ध रुपमा अघि बढाइने उनले बताए । नेपाल इन्जिनियर एसोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले विकसित देशमा दुई/तीन वर्षमा नै कानुन अद्यावधिक गरे पनि नेपालमा संहितामा बनेको दुई दशकसम्म पनि संशोधन हुन नसकेको बताएपूरा पढ्नुहोस्