Main Menu

Saturday, May 6th, 2017

 

प्रचण्डको निर्वाचन क्षेत्रमा माओवादीको स्थानीय प्रतिवद्धता कस्तो छ ?

वैशाख २३, कीर्तिपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं.१० बाट भारी मतमा बिजयी बनेका थिए । तर, उनी २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट दोश्रो स्थानमा रही नेपाली कांग्रेसका राजन केसिबाट पराजित भए । काठमाडौंमा संसदीय निर्वाचनको क्षेत्र नं.१० को मुख्य क्षेत्र भनेको कीर्तिपुर नगरपालिका हो । र, यो नगरपालिका पहिलेदेखि नै माओवादीको गढको रुपमा परिचित छ । माओवादी अध्यक्ष प्रचण्ड दुईदुई पटक यही क्षेत्रबाट संविधानसभाका लागि उम्मेदवार बनेको कारणले यो प्रचण्डको क्षेत्रको रुपमा नै सबैले हेर्दै आएका छन् । अहिले यस क्षेत्रमा माओवादीकोपूरा पढ्नुहोस्


काँग्रेस, माओवादी केन्द्र झडपमा १४ घाइते

congress-maoist-clash-14-injured

वैशाख २३, रुकुम । शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको मुसिकोट नगरपालिकाको एक ठाउँमा र चौरजहारी नगरपालिकाको दुई ठाउँमा दुई दलका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ । मुसिकोट नगरपालिका–२ र चौरजहारी नगरपालिका– १२ र १४ मा छुट्टाछुट्टै झडप भएको प्रहरीको भनाइ छ । दुवै स्थानमा भएको झडपमा परी माओवादी केन्द्रका ९ जना र नेपाली काँग्रेसका ३ जना कार्यकर्ताका साथै २ जना सरकारी कर्मचारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, रुकुमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिए । मुसिकोट नगरपालिकाको झडपमा परीपूरा पढ्नुहोस्


उपेन्द्र यादवलाई कारबाहीस्वरूप गठबन्धनबाट निष्काशन

upendra-yadav-expelled

वैशाख २३, काठमाडौँ । मधेसवादी दलहरू सम्मिलित सङ्घीय गठबन्धनले गठबन्धनका संयोजक तथा संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । राष्ट्रिय जनता पार्टी (नेपाल) को कार्यालयमा आज बेलुका बसेको गठबन्धनको बैठकले मधेसी समुदायको हितविपरीत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएको भन्दै संयोजक यादवलाई कारबाहीस्वरूप गठबन्धनबाट निष्काशन गरिएको राजपा नेपालका अध्यक्ष तथा गठबन्धनका नवनियुक्त संयोजक महन्थ ठाकुरद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


सङ्घीय लिम्बुवान निर्वाचनमा जाने, निर्वाचनलाई अान्दोलनको रुपमा उपयोग गर्ने

local-election-shanghiya-limbuwan

वैशाख २३, दमक । पूर्वमा आन्दोलनरत सङ्घीय लिम्बुवान पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ । पार्टीले लिम्बुवान प्राप्तिका लागि निर्वाचनलाई आन्दोलनका रुपमा उपयोग गर्ने जनाएको छ । आज झापाको दमकमा पार्टीले पत्रकार सम्मेलन गरी निर्वाचनमा एकल वा मुद्दा मिल्ने अन्य दलसँग तालमेल गरी चुनाव लड्ने बताएको हो । पार्टी केन्द्रीय कार्यसमितिको दमकमा आज सम्पन्न बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका सहअध्यक्ष खगेन्द्र माखिमले निर्वाचनलाई लिम्बुवान राज्य प्राप्तिका लागि रणनीतिका साथ उपयोग गरिने बताए । उनले निर्वाचनबाट नै लिम्बुवानको आन्दोलनलाई सशक्त बनाउन तथा पहिचानवादीहरुसँग मिलेर आफ्नो मुद्दा स्थापित गर्ने दाबी गरे । यसैबीच बैठकले पार्टी अध्यक्ष सञ्जुहाङ पालुङ्वा रपूरा पढ्नुहोस्


हास्य कलाकार हरिवंश आचार्यको दोस्रो कृति ‘हरिबहादुर’

haribahadur-book-released

वैशाख २३, काठमाडौँ । हाँस्य कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास ‘हरिबहादुर’ बजारमा आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गरेका हुन् । यसअघि उनको चर्चित आत्मकथा ‘चिना हराएको मान्छे’ आइसकेको छ । खचाखच दर्शकले भरिएको प्रज्ञा भवनको डबलीमा पुस्तक सार्वजनिक गर्दै श्रेष्ठले आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ जस्तै यस उपन्यासले पनि लोकप्रियता प्राप्त गर्ने शुभकामना व्यक्त गरे । “हरिबहादुर हाम्रै समाजमा भएको एउटा पात्र हो ।” श्रेष्ठले भने, “हरेक ठाउँमा हरिबहादुर छ, जसले बुद्धि भएर पनि सही ठाउँमा प्रयोग गर्दैन, जसले आफूलाई फाइदा हुने काममा मात्र आफू सरिक हुन्छ भने आफूपूरा पढ्नुहोस्


बङ्गुरपालनबाट मासिक २ लाख आम्दानी

pig-farming-2-lakh-income

वैशाख २३, बनियानी (झापा) । स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन । रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ । तर, विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै उद्यमी बन्ने युवा अहिले बढ्दै गएका छन् । विदेशबाट फर्किएपछि कसैले उद्योग, कसैले व्यापार त कसैले कृषिलाई आफ्नो जीविकोपार्जनको माध्यम बनाएका छन् । त्यसैबाट उनीहरु नाम र दाम कमाउन सफल भएका छन् । विदेशको आम्दानीलाई स्वदेशमा लगानी गरेर कमल गाउँपालिका–३ तोपगाछीका रितु भण्डारी बङ्गुरपालनको माध्यमबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् । विसं २०५३ मा १७ वर्षको उमेरमा रितु श्रम गर्नपूरा पढ्नुहोस्


‘कृषि, पर्यटन, पूर्वाधार र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका आधार’ – अर्थमन्त्री महरा

adb-directors-board-meeting-mahara

शरच्चन्द्र भण्डारी वैशाख २३, योकोहामा (जापान) । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेका जानकारी दिँदै कृषि, पर्यटन, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन र उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताएका छन् । एसियाली विकास बैक (एडिबी)सञ्चालक समितिको ५०औँ बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुग्ने प्रक्षेपण सुनाए । भूकम्पपछिको पुनःनिर्माणले गति लिएको र त्यससम्बन्धी सबै काम समयमा नै पूरा हुने जानकारी दिँदै मन्त्री महराले नेपालको सामाजिक एवम् आर्थिक विकासमा एडिबीबाट निरन्तर प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । एसिया–प्रशान्त क्षेत्रको द्रुत आर्थिक विकासका लागि एडिबीले थप सहायता गर्नुपर्नेमा जोडपूरा पढ्नुहोस्


‘माओवादी केन्द्र’ काठमाडौँ महानगरको प्रतिवद्धतापत्र सार्वजनिक

maoist-commitment-letter-ktm

वैशाख २३, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)बाट काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सर्वोत्तमदास डङ्गोलले आज आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौँमा रहेको अव्यवस्थित सवारी साधनलाई नियमन गरेर ठूला-ठूला बस चलाउने आफ्नो एजेन्डा रहेको बताए । दलीय संयन्त्रको सदस्यको रुपमा आफ्नै पहलमा काठमाडौँ महानगरपालिकाले साझा बस चलाउनका लागि रु. १० करोड छुट्ट्याएको जानकारी दिँदै उनले हाल उपत्यकामा ३८ वटा ठूला बस चलेको र त्यसलाई निरन्तर रुपमा अगाडि बढाउने तथा काठमाडौँ उपत्यकामा रहेका साना सवारी साधन व्यवस्थित गरिने कार्यलाई प्राथमिकता दिइने बताए । कुल ३९ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै प्रमुखका उम्मेदवार डङ्गोलले उज्यालो नेपाल अभियानलाई अगाडि बढाउँदैपूरा पढ्नुहोस्


संविधानसभा चुनाव बहिस्कार गर्ने पनि चुनावी मोर्चामा

local-election-vaidya

वैशाख २३, काठमाडौँ । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएको छ । सो पार्टीले आफ्नै नाममा निर्वाचनमा भाग नलिए पनि नेता सिपी गजुरेलको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेर त्यसैको नाममा चुनावमा भाग लिइरहेको छ । संसद्मा प्रतिनिधित्व नगरेकै कारण सो दलले चुनाव चिन्हसमेत पाएका छैनन् । पार्टीको चुनाव चिन्ह नपाएपछि सो दलका उम्मेदवारले स्वतन्त्र हैसियतमा फरक-फरक चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । सो पार्टीका अध्यक्ष मोहन वैद्यले आज जारी गरेको विज्ञप्तिमा पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिएता पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललाईपूरा पढ्नुहोस्


चितवन काँग्रेस र ‘माओवादी केन्द्र’को संयुक्त उम्मेदवार घोषणा

वैशाख २३, चितवन । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) चितवनले आज यहाँ संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ । भरतपुर महानगरपालिकामा दुबै दलले संयुक्तरुपमा उठाइएका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धतासमेत गरेका छन् । पत्रकार सम्मेलनमा जारी गरिएको संयुक्त वक्तव्यमा भरतपुर महानगरको प्रमुख पदकी उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेणु दाहाललाई नेपाली काँग्रेसले समर्थन गर्ने र उपप्रमुख पदमा नेपाली काँग्रेसकी पार्वती शाहलाई नेकपा (माओवादी केन्द्र)ले सहयोग गर्ने जनाइएको छ । प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई निर्वाचित गर्न दुबै पार्टीका महानगरस्तरीय पार्टी र भातृ सङ्गठनलाई व्यापक रुपमा परिचालन गर्ने वक्तव्यमा जनाइएकोपूरा पढ्नुहोस्