Main Menu

Sunday, May 14th, 2017

 

पहिलो चरणको निर्वाचन सम्पन्न, ७१ प्रतिशत मत खसेको अनुमान

वैशाख ३१, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ३, ४ र ६ नम्बर प्रदेशका २ सय ८१ स्थानीय तहमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए । आम मतदाताको ठूलो सहभागिता एवम् शान्तिपूर्ण र व्यवस्थितरुपमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष,पूरा पढ्नुहोस्


मतदानको दिन क्षणिक वर्षा : मङ्गलबारदेखि मौसममा सुधार हुने

killing-vehicle-back-law

वैशाख ३१, काठमाडौँ । मतदान भइरहँदा आज अपराह्न काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा क्षणिक वर्षा भयो । वर्षाका कारण मतदान केन्द्रमा लामबद्ध मतदातालाई केहीबेर अवरोध गरेको थियो । गोकर्णलगायत क्षेत्रमा भारी वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी भेगमा पनि क्षणिक वर्षात् भएको थियो । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणसँगै भारतको विहारमा विकास भएको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मौसम बद्लीसँगै वर्षात् गराएको मौसमविद् विभूति पोखरेलले उल्लेख गरे । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी जिरीमा ३६, भैरहवामा २३, सिमरामा १८, दाङमा ११ र धनकुटामा ३ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँको वर्षात् रेकर्ड गरिएको छैन । मौसमविद्पूरा पढ्नुहोस्


नेपाली चिकित्सामा फड्को : मस्तिष्क मृत्यु भएकाको अङ्ग प्रत्यारोपण पहिलोपटक

  कल्पना पौडेल वैशाख ३१, काठमाडौँ । नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुई मिर्गौला दुई व्यक्तिमा प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । केन्द्रले दिएको जानकारी अनुसार मिर्गौला प्रत्यारोपणका लागि पालो कुरिरहेका बिरामीमध्येबाट भुजेलका मिर्गौला सुनसरीका ५१ वर्षीय गोविन्द तिमिल्सिना र लाजिम्पाट काठमाडौँका १५ वर्षीय मिलन श्रेष्ठमा गत बिहीबार नै सफल प्रत्यारोपण गरिएको हो । केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले यो नेपालका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । “विदेशी मुलुकमा ८०पूरा पढ्नुहोस्


दोलखामा गोली चल्यो, एकको मृत्यु

killing-vehicle-back-law

वैशाख ३१, चरिकोट (दोलखा) । दोलखाको मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज अपराह्न झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा उक्त घटना भएको हो । झडपमा केही व्यक्ति घाइते भएका छन् । 


दृष्यमा स्थानीय तहको निर्वाचन २०७४ (फोटो फिचर)

local-election-pictures

वैशाख ३१, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी आज समाप्त भएको छ । पार्टीका शीर्ष नेताका साथै काठमाडौँ लगायत विभिन्न जिल्लाका मेयर तथा प्रमुखका उम्मेदवारले विभिन्न मतदान केन्द्रबाट मतदान गरे । बिहानैदेखि मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न आ–आफ्नो निर्वाचन केन्द्रमा पुगेका थिए । निर्वाचन अझै जारी छ । पहिलो तहको निर्वाचन आज साँझ ५ बजेसम्म हुनेछ । हेरौँ, तस्बिरमा स्थानीय तहको निर्वाचन २०७४, पहिलो चरण :


स्थानीय तह निर्वाचन अपडेट : साम्दोमा ९८.५९ प्रतिशत मतदान

khairhani-vote-counting-19-hrs-later

बैशाख ३१, गोरखा । तिब्बतसँग सिमाना जोडिएको उत्तरी हिमाली गाउँ साम्दो मतदान केन्द्रमा ९८.९९ प्रतिशत मत खसेको छ । चुमनुब्री गाउँपालिका वडा नं १ को उक्त मतदान केन्द्रमा ७१ मतदातामध्ये ७० जनाले मतदान गरेका हुन् । एक मतदाताको भने यसअघि नै मृत्यु भइसकेको थियो । स्थानीय शिक्षक निमादोर्जे लामाका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान बिहान ९ बजे सम्पन्न भएको थियो । यस्तै चुमनुब्री गाउँपालिकाको न्याक आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान सकिएको छ । त्यहाँ ७३ जना मतदाता थिए । एक सय चारवर्षीयद्वारा मतदान गोरखा नगरपालिका– ११ का १०४ वर्षीय नन्दबहादुर पौडेलले आज भइरहेको स्थानीय तहको निर्वाचनमा चन्द्रज्योतिपूरा पढ्नुहोस्


शीर्ष नेताहरूबाट मतदान

local-election-pictures

वैशाख ३१, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा देशभर उत्साहपूर्ण तथा शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया जारी छ । नेपालको इतिहासमै पहिलोपटक भइरहेको स्थानीय तहको निर्वाचनमा शीर्ष नेताहरूले पनि उत्साहपूर्वक आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् । उनले भरतपुर महानगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदान गर्न प्रधानमन्त्री दाहाल शनिबार नै चितवन गएका थिए । त्यस्तै, राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । आज बिहान ७ बजेर ४० मिनेटपूरा पढ्नुहोस्


निर्वाचन अपडेट : ४२ प्रतिशतसम्म मतदान, मतदान जारी

local-election-pictures

वैशाख ३१, काठमाडौँ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हालसम्म विभिन्न जिल्लामा २५ देखि ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ । प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाको २ सय ८१ स्थानीय तहको निर्वाचनका लागि बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा मनाङ जिल्लामा सरदर ४२ प्रतिशत, कास्कीमा ३५ प्रतिशत, बागलुङमा ३५ तथा स्याङ्जा र मुगुमा ३० प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार कुनै पनि मतदान केन्द्रको मतदान अहिलेसम्म स्थगन भएको छैन । आज २ सय ८३ स्थानीय तहका लागि मतदान कार्यक्रम रहे पनि २ स्थानमा यसअघिपूरा पढ्नुहोस्


देशैभरि निर्वाचनमा ज्येष्ठ नागरिकहरूको उत्साहपूर्ण सहभागिता

election-peaceful-encouraging

वैशाख ३१, काठमाडौँ । झन्डै दुई दशकदेखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी आज समाप्त भएको छ । लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा वाक्क बनेका मतदाता आज निर्वाचनमा सहभागी हुन पाउँदा छुट्टै उत्साहित थिए । आज बिहान ६ नबज्दै उत्साहका साथ भोट हाल्न मतदान केन्द्रमा आइपुगे मतदाता । जीवनमै पहिलोपटक मतदान गर्ने मौका पाएका युवाहरू त उत्साहित हुने नै भए, तर देशैभरि ज्येष्ठ नागरिकहरू पनि मतदान गर्न पाउँदा उत्तिकै उत्साहित थिए । पोखरा लेखनाथ महानगरपालिका– २६ मा १०३ वर्षीया अनुरुपा बन्जरा तीमध्ये एक हुन् । उनले भवानी कालिका माविको ‘क’.मतदान केन्दबाट पहिलो मतदाताका रुपमा मतदान गरिन् । त्यस्तै कास्की, मादी गाउँपालिका–४ माजडिहीका १०२ वर्षीयपूरा पढ्नुहोस्