Main Menu

Thursday, May 4th, 2017

 

महाभियोगविरुद्ध अदालतमा सुनुवाइ सुरु

chief-justice-impeachment-supreme-court

वैशाख २१, काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावसम्बन्धमा आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज अधिवक्ता डा. दिनेश त्रिपाठी र टीकाराम भट्टराईले बहस गरे । शुक्रबार बिहान ११ बजे पुनः सुनुवाइ सुरु हुनेछ । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनिलरञ्जन सिंहले बुधबार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोगको प्रस्ताव संविधानविपरीत भएको जिकिर रिट निवेदन दायर गरेका थिए । निवेदनमा संविधानको धारा १०१ (२) अनुसार महाभियोग लगाउन कुनै पनि कुराले नमिल्ने जनाउँदै महाभियोगसम्बन्धी कुनै पनि काम कारबाही अघि नबढाउन अन्तरिम आदेशको माग गरिएको थियो । सभामुख, व्यवस्थापिका–संसद् सचिवालय तथा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)पूरा पढ्नुहोस्


कल सेन्टरबाट निर्वाचनसम्बन्धी जिज्ञासाको तत्काल सम्बोधन

dispute-bigger-swastik-sign

वैशाख २१, काठमाडौँ । स्थानीय तहको निर्वाचनसँग सम्बन्धित विषयमा आएका ६ सयभन्दा बढी प्रश्न र गुनासोलाई निर्वाचन आयोगले कल सेन्टरमार्फत तत्कालै सम्बोधन गरेको जनाएको छ । सो कल सेन्टरका संयोजक विशकसेन ढकालका अनुसार मतदाता नामावली, मतदाता शिक्षा, आचारसंहिता र निर्वाचन प्रक्रियासँग बढी चासो राखेर मतदाताबाट जिज्ञासा आएको थियो । मतदाता नामावलीमा नाम नभेटिएको, वडा फरक परेको, मतदाता परिचयपत्र कसरी प्राप्त गर्ने, नामावलीको सूची कहाँबाट लिने, पर्यवेक्षक कसरी हुने, पेस्की फर्छ्यौट भइनसकेको व्यक्ति उम्मेदवार हुन पाउने कि नपाउनेजस्ता विषयको जानकारी कल सेन्टरबाट तत्काल दिने व्यवस्था मिलाइएको छ । निर्वाचन आयोगले टोल फ्री नम्बर १६६००१४४२२२ मा डायल गरी निर्वाचनसम्बन्धी गतिविधिबारे बिहान ८ देखि बेलुकी ८पूरा पढ्नुहोस्


मतदानको दिन सवारीसाधन चलाउन अनुमति चाहिने

वैशाख २१, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन निर्वाचन आयोगको अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न सकिने निर्णय गरेको छ । आयोगले सवारीसाधन चलाउनलाई अनुमतिपत्र उपलब्ध गराउनेसम्बन्धी कार्यविधिसमेत स्वीकृत गरेको छ । स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, अनुगमनकर्ता, कूटनीतिक नियोग तथा आयोगबाट आमन्त्रित विशिष्ट पाहुना लगायतले प्रयोग गर्ने सवारीसाधनका लागि पास उपलब्ध गराउनेसम्बन्धी कार्यविधि आयोगले स्वीकृत गरेको हो । मतदानको दिन आवागमन व्यवस्थापन गर्न आयोगबाट स्वीकृत कार्ययोजनामा हल्का सवारीसाधन वा मोटरसाइकल प्रयोग गर्न अनुमति प्रदान गर्ने निर्णय गरिएको छ । आयोगले स्थानीय तह निर्वाचनको मतदानको दिन उम्मेदवार र सुरक्षाकर्मीले सम्बन्धितपूरा पढ्नुहोस्


राष्ट्रपति र सभामुखबीच भेटवार्ता

वैशाख २१, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ । राष्ट्रपति भण्डारीलाई भेट गर्न सभामुख घर्ती आज दिउँसो शीतलनिवास पुगेकी थिइन् । आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख तीन दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रका शीर्ष नेतासँग छलफल गरी उनी राष्ट्रपति भण्डारीलाई भेट गर्न शीतलनिवास पुगेकी थिइन् । व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको निर्वाचनका विषयमा राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच कुराकानी भएको सभामुख घर्तीका सञ्चार सल्लाहकार बबिन शर्माले जानकारीपूरा पढ्नुहोस्


फिफा वरियतामा नेपाल तीन स्थान तल, भारत १०० औँ स्थानमा

fifa-ranking-nepal-drops-three-spots

वैशाख २१, काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा) बरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झर्दै १७३औँ स्थानमा रहेको हो । नेपालको ११० अङ्क रहेको छ । त्यस्तै भारत एक स्थान सुधार गर्दै १००औँ स्थानमा बढुवा भयो । तीन सय ३१ अङ्क जोडेको भारत दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा उच्च स्थानमा छ । त्यसैगरी माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थान, भुटान १६४औँ स्थानमा यथावत् छ भने बङ्गलादेश १९३औँ स्थानमा छ । त्यस्तै श्रीलङ्का १९७ औँ तथा पाकिस्तान २०१औँ स्थानमा छ । विश्व बरियतामा ब्राजिल शीर्षपूरा पढ्नुहोस्


समसामयिक राजनीतिमा माओवादी केन्द्र र एमालेबीच छलफल

maoist-center-uml-meeting

वैशाख २१, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आगामी जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचन र त्यसअघि जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थालाई कसरी समायोजन गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । छलफलमा मुख्य रुपमा जेठ ३१ को निर्वाचन बजेट अगाडि सार्ने वा बजेटको संवैधानिक व्यवस्थालाई निर्वाचन पछि सार्ने भन्ने दुई विकल्पमा केन्द्रित भएर कुराकानी भएको भेटमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलेपूरा पढ्नुहोस्


जिम्मेवारी बोध गरी राजीनामा फिर्ता : उपप्रधानमन्त्री निधि

home-minister-resignation-withdrawal

वैशाख २१, जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको बताएका छन् । जनकपुर विमानस्थलमा आज पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता र प्रहरी महानिरीक्षकको सन्दर्भमा आफ्नो असहमति भएपछि राजीनामा दिएपछि नेपाली काँग्रेसका सभापति र प्रधानमन्त्रीको आग्रह र राष्ट्रिय समस्याको संवेदनशीलतालाई दृष्टिगत गर्दै आफूले राजीनामा फिर्ता लिएको स्पष्ट पारे । आफूले मन्त्री पदबाट राजीनामा दिएपछि मधेसी मोर्चाका नेताले राजीनामाका बारेमा पुनर्विचारको सुझाव दिएको उनले बताए । एक प्रश्नको जवाफमा उपप्रधानमन्त्रीले महाअभियोग प्रस्ताव फिर्ताका बारेमा छलफल हुन सक्नेपूरा पढ्नुहोस्


विपद्मा तयार रहन रेडक्रसको आग्रह

nepal-red-cross-rescue-operation-starts

वैशाख २१, भद्रपुर । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले आउँदो वर्षात्को समयमा हुने जोखिमलाई न्यूनीकरण गर्न सरोकारवाला कार्यालयलाई तयार रहन आग्रह गरेको छ । जलवायु परिवर्तनसँगै वर्षात्को समयमा झापाका कनकाई, विरिङ, रतुवा, निन्दा, कमल नदीमा आउने बाढीले जनधनको क्षति गर्न सक्ने भएकाले ती कार्यालयलाई आग्रह गरिएको हो । शाखाबाट आज आयोजित एकीकृत विपद् उत्थानशील कार्यक्रममा सो शाखाका सभापति लोकराज ढकालले गएको वर्षमा बाढीबाट झापामा १२ जनाले ज्यान गुमाएको र तीन जना अहिलेसम्म बेपत्ता हुनुका साथै बाढीका कारण १७ गाविस र ६ वटा नगरपालिकाका करिब १ हजार ४ सय ७० घर परिवार विस्थापित भएको जानकारी दिए । उनले अहिलेसम्म बाढीका कारण ५६ परिवारपूरा पढ्नुहोस्


शुल्क निर्धारणसँगै विद्यालयमा पठनपाठन सुचारु

school-fees-determined-classes-resume

वैशाख २१, धनगढी । मासिक पढाइ शुल्कको विषयलाई लिएर उत्पन्न विवादका कारण झन्डै दुई हप्तादेखि बन्द रहेका कैलाली जिल्लाका निजी विद्यालयमा आजबाट पठनपाठन सुचारु भएको छ । जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा रहेको शुल्क निर्धारण समितिले मासिक पढाइको नयाँ शुल्क निर्धारण गरेसँगै भएको सहमति बमोजिम आजबाट विद्यालयमा पठनपाठन सञ्चालन भएको निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) कैलालीका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । पढाइ शुल्क निर्धारण समितिको मङ्गलबारको बैठकले महानगरपालिका क्षेत्रका विद्यालयको हकमा प्रा.वि. तहको रु. १ हजार ४ सय ५०, नि.मा.वि. तहको रु. १ हजार ९ सय ५० र मा.वि. तहको रु. २ हजार ४ सयसम्म, गाउँपालिका र नगरपालिका क्षेत्रका विद्यालयको हकमा प्रा.वि. तहकोपूरा पढ्नुहोस्


निर्वाचनमा जनलहर : घरदैलोमा सरकार

dispute-bigger-swastik-sign

विकास लोहनी वैशाख २१, काठमाडौँ । वैशाख ३१ गते पहिलो चरणमा गरिन लागिएको स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता गर्ने प्रक्रियासँगै जनतामा देखिएको उत्साह र चहलपहलले नेपाली जनता निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न कति व्यग्रताका साथ प्रतीक्षारत छन् भन्ने पुष्टि गरेको छ । मुलुकका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका लागि जनताले बाजागाजाका साथ झाँकी र जुलुस लिएर नाचगान गर्दै आफ्ना उम्मेदवारलाई मनोनयनस्थलसम्म लगेको दृश्यले निर्वाचनको माहोललाई एकाएक उत्कर्षमा पुर्याएको छ । देशमा भएका आमूल राजनीतिक परिवर्तन पछि दुई दशकको अन्तरालमा हुन लागेको सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअन्तर्गतको यस निर्वाचनले महिला, दलित, आदिवासी, मधेसी र राज्यबाट उत्पीडित समुदायलाईसमेत राज्यको मूलपूरा पढ्नुहोस्