Main Menu

Wednesday, May 3rd, 2017

 

निर्वाचन प्रक्रिया बिथोल्न खोज्ने होसियार !

killing-vehicle-back-law

वैशाख २०, काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पुर्याउन गर्नसक्ने गतिविधिप्रति विशेष निगरानी गर्ने भएको छ । यहाँ आज आयोजित कार्यक्रममा परिसरका प्रमुख प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले यो जानकारी दिएका हुन् । उनले काठमाडौँबाट निर्वाचन सुरक्षामा केन्द्रित भई गरिएका कार्यको जानकारी लिँदै समयसापेक्ष विकसित घटनाक्रमप्रति चनाखो भई सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न निर्देशन दिए । कानुन विपरीत क्रियाकलाप गर्नेलाई समयमै नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्न र निर्वाचनमा सहभागी हुने जनताका लागि भयरहित वातावरण सिर्जना गर्न मातहतका वृत्त, प्रभाग तथा कर्मचारीलाई उनलेपूरा पढ्नुहोस्


काँग्रेसमा बागी उम्मेदवारी दिन नपाउने, दिए स्वतः निलम्बन हुने

rebel-candidate-suspension

वैशाख २०, काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गर्ने पार्टीका सदस्यले उम्मेदवारी फिर्ता नलिए स्वतः निलम्बन हुने जनाएको छ । बागी उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति यही वैशाख २१ गते निर्धारित समयभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । तोकिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिए त्यस्ता बागी उम्मेदवार, निजको प्रस्तावक र समर्थक काँग्रेसको विधानअनुसार पार्टीबाट स्वतः निस्कासित हुने उनले बताए ।


कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग

वैशाख २०, काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्ताव फिर्ता लिन न्यायपालिका बचाउ अभियानले माग गरेको छ । न्यायपालिका बचाउ अभियानअन्तर्गत आज बसन्तपुरमा आयोजित सभामा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्वतन्त्र न्यायपालिकामाथि बिना प्रमाण लगाइएको महाअभियोग फिर्ता हुनुपर्ने बताए । मानवअधिकारकर्मी कृष्ण पहाडीले पद्धतिको दुरुपयोग गरेर प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याइनु गलत भएको र त्यो फर्ता लिनु उपयुक्त हुने धारणा राखे । मानवअधिकारकर्मी सुबोध प्याकुरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सरकारका तीन अङ्गहरु समान रुपमा अघि बढ्नुपर्ने हुँदा न्यायालयको सर्वोच्चतामा प्रहार गर्नु सही नभएको बताएका थिए । वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली र श्रीहरि अर्याल, डा. गोविन्द केसी,पूरा पढ्नुहोस्


प्रेस स्वतन्त्रताबारे अन्तरर्क्रिया

press-freedom-interaction

वैशाख २०, काठमाडौँ । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित अमेरिकी दूतावस र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले आज ‘स्वतन्त्र तथा निष्पक्ष निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तर्क्रिया गर्यो । सो अवसरमा अमेरिकी राष्ट्रपतीय निर्वाचनको समाचार सङ्कलन गरेर फर्किएका नेपाली पत्रकार मनोज दाहाल, नवीन खतिवडा, अच्युत अर्याल, गिरिश भट्टराई, पशुपति बुढाथोकी र सुनिता पहरीले अमेरिकी राष्ट्रपति निर्वाचनको अनुभव तथा सिकाई स्थानीय तहको निर्वाचनमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण गरेका थिए । आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा. चिरञ्जीवी खनालले निर्वाचनको स्वच्छता र निष्पक्षताका साथै निर्वाचनको वातावरण निर्माणमा सञ्चार माध्यमको भूमिका अहम् हुने भएकाले सकारात्मक समाचारलाई सञ्चार माध्यमलेपूरा पढ्नुहोस्


परराष्ट्रमन्त्री डा. महत सिङ्गापुर प्रस्थान

foreign-minister-singapore-visit

वैशाख २०, काठमाडौँ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासद्वारा बिहीबार सिङ्गापुरमा आयोजना गर्ने नेपाली पर्यटन, व्यापार तथा लगानी सम्बन्धी सम्मेलनमा सहभागिताका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । सिङ्गापुरमा रहँदा मन्त्री महतले सो सम्मेलनलाई सम्बोधन गर्नुका साथै सिङ्गापुरका विदेश मामिला एवम् मानवसंशाधन सम्बन्धी उपमन्त्री जोसेफिन तेओसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्री डा. महत शुक्रबार सिङ्गापुरबाटै भारतका लागि प्रस्थान गर्नेछन् । भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतहरुको यही मे ५ देखि आयोजना गरिने दुई दिने सम्मेलनको परराष्ट्रमन्त्री डा. महत र भारतीय विदेशमन्त्री सुस्मा स्वराजले संयुक्त रुपमा उद्घाटनपूरा पढ्नुहोस्


काठमाडौँमा पाँचगुणा बढी उम्मेदवार

local-election-kathmandu-candidacy

वैशाख २०, काठमाडौँ । काठमाडौँ जिल्लाका १० वटा नगरपालिकामा पाँचगुणा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन् । १० वटा नगरपालिकामा ५ सय ५० जना निर्वाचित हुनपर्नेमा २ हजार ६ सय २४ जनाले उम्मेदवारी दिएका छन् । ती नगरपालिकामा नगरप्रमुखका लागि १ सय ३५ जनाले तथा उपप्रमुखका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा बढी चन्द्रागिरि नगरपालिकामा नगरप्रमुखका लागि १८ जना र उपप्रमुखका लागि १० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए । उक्त नगरपालिकामा ७७ जना प्रतिनिधि निर्वाचित हुनुपर्नेमा कुल ३ सय ९८ जनाले उम्मदवारी दर्ता गराएका छन् । सबैभन्दा कम दक्षिणकाली नगरपालिकामा नगरप्रमुखमा १० जना तथा उपप्रमुखमापूरा पढ्नुहोस्


काभ्रेपलाञ्चोकमा २ हजार ४१५ जना उम्मेदवार

khairhani-vote-counting-19-hrs-later

वैशाख २०, बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न नगरपालिका र गाउँपालिकामा कुल २ हजार ४ सय १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये तेमाल गाउँपालिका र धुलिखेल नगरपालिकाको पूर्ण विवरण नआएकाले उम्मेदवारी दिनेको सङ्ख्या अझै बढ्ने जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ । जिल्लाको बनेपा नगरपालिकामा विभिन्न राजनीतिक दलबाट प्रमुखका लागि ९, उपप्रमुखका लागि ८, वडाध्यक्षका लागि ८०, महिला सदस्यमा ५७, दलित महिला सदस्यमा ४२ र अन्य सदस्यमा १ सय २४ गरी कुल ३ सय २० जनाको मनोनयन दर्ता भएको छ । पनौती नगरपालिकामा प्रमुखका लागि ११ जना, उपप्रमुखका लागि ६, वडाध्यक्षका लागि ६३, महिला सदस्य ४४, दलित सदस्य ४०पूरा पढ्नुहोस्


दुई चरणको निर्वाचनबीच संविधान संशोधनको माग

वैशाख २०, काठमाडौँ । सङ्घीय समाजवादी फोरम, नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाउनु अघि नै संविधान संशोधन गर्नुपर्ने माग गरेको छ । फोरमले आज पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले सरकारले दुई चरणको निर्वाचनका बीचमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकाले पहिलो चरणको निर्वाचन प्रक्रियामा भाग लिएको जानकारी गराए । “सबै जातजातिलाई समानता र सामाजिक न्याय नभएसम्म दलले उठाएका मुद्दा छोड्दैन । मधेसी मोर्चाको औचित्य भविष्यमा पनि निरन्तर रहिरहनेमा हाम्रो दल दृढ छ । केही दलले मोर्चाको औपचारिक बैठक समेत नबसी औचित्य समाप्त भयो भन्नु दुःखद् छ । मोर्चाको औचित्य छैन भने आफैँपूरा पढ्नुहोस्


तनहुँ सेती आयोजनाको ५० प्रतिशत बढी मुआब्जा वितरण

tanahu-seti-hydro-project-compensation

वैशाख २०, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत् आयोजनाले हालसम्म ५० प्रतिशतभन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजनाको प्रभावित एवम् डुबान क्षेत्रका प्रभावितलाई वितरण गर्नुपर्ने रु. ६० करोड मुआब्जमध्ये हालसम्म रु. ३२ करोड मुआब्जा वितरण गरिएको हो । मङ्गलबार र आज गरी थप रु. ११ करोड मुआब्जा वितरण भएपछि घरधुरी र डुबान क्षेत्र प्रभावितको आधारमा समेत ५० प्रतिशतभन्दा बढी मुआब्जा वितरण भएको आयोजनाका सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए । यसअघि रु. २१ करोड मुआब्जा वितरण भइसकेको छ । कुल १ सय ४० मेगावाट क्षमताको सो आयोजनाको जलाशयबाट डुबानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेकापूरा पढ्नुहोस्


राष्ट्रिय एकतासहित मुलुक अगाडि बढ्यो : प्रधानमन्त्री प्रचण्ड

country-unified-prachanda

वैशाख २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा राष्ट्रिय एकतासहित मुलुक अगाडि बढेको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ३९ औँ बैठकलाई सम्बोधन गर्दै उनले यही वैशाख ३१ गतेको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता बढेकाले मुलुक संविधान कार्यान्वयनको सङ्कल्पसहित अगाडि बढेको बताए । प्रधानमन्त्री प्रचण्डले संविधानको कार्यान्वयनका लागि स्वतन्त्र, स्वच्छ, भयरहित एवम् सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै हिमाल, पहाड र तराई एवम् सबै समुदाय निर्वाचनमा अगाडि बढेको विचार व्यक्त गरे । मुलुकको समग्र आर्थिक प्रगति सकारात्मक दिशामा अगाडि बढेको उल्लेख गर्दै उनले भूकम्पपछिको पुनःनिर्माण कार्य अगाडि बढ्नपूरा पढ्नुहोस्