Main Menu

Thursday, May 11th, 2017

 

पहिलो चरणको निर्वाचनमा अवरोध गर्दैनौ : महतो

election-wont-obstruct-1st-stage-mahato

वैशाख २८, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले पहिलो चरणको स्थानीय निर्वाचनमा आफ्नो दलले अवरोध नगर्ने बताएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले लोकतन्त्रलाई संस्थागत र बलियो बनाउने प्रमुख आधार निर्वाचन भएकाले आफूहरु निर्वाचनको पक्षमा रहेको बताउँदै मुलुकमा आवधिक निर्वाचनको सुनिश्चितताका लागि सबै दलले निर्वाचनमा सहभागिता जनाउनुपर्ने विचार व्यक्त गरे । उनले आगामी जेठ ४ गतेसम्म संविधान संशोधन नभए राजपाले तराई–मधेसमा कुनै पनि निर्वाचन हुन नदिने बताउँदै राजपका नेता तथा कार्यकर्तालाई लगाइएका झुटा मुद्दा फिर्ता लिनाका साथै जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने माग गरे । महतोले सरकारले संविधान संशोधन गर्ने भनेर आफूहरुकोपूरा पढ्नुहोस्


चुनावको मुखैमा राष्ट्रपति थाइल्यान्ड र श्रीलङ्का जाँदै

president-thailand-srilanka-visit

वैशाख २८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्ड गरी पाँचदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गर्ने भएकी छन् । श्रीलङ्काकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलङ्का जान लागेकी हुन् । राष्ट्रपति भण्डारी शुक्रबार बिहान १०ः१५ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् । यही वैशाख २९ गते श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु हुने सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काकाको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ । सन् २००० देखि राष्ट्र सङ्घले बुद्धजयन्तीलाई राष्ट्रसङ्घीय दिवसकापूरा पढ्नुहोस्


सर्वहारा कम्युनिस्ट पार्टीको समर्थन एमालेलाई

khairhani-vote-counting-19-hrs-later

वैशाख २८, काठमाडौँ । नेपाल सर्वहारा कम्युनिस्ट पार्टी माओवादीले स्थानीय निर्वाचनमा नेकपा (एमाले) लाई सघाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष भावना विद्रोहीले राष्ट्रियता, स्वाधीनता र देशभक्ति अडानका आधारमा एमालेको नीति सही भएको जनाउँदै एमाले स्थायी कमिटीका सदस्य शङ्कर पोखरेललाई सोसम्बन्धी ऐक्यबद्धताको पत्र आज हस्तान्तरण गरे । विगतमा साम्राज्यवाद र विस्तारवादविरुद्ध सबै राष्ट्रवादी वाम पार्टी मिलेर लड्दै आएकाले अब पनि स्थानीय निकायको निर्वाचनमा मिलेर जानुपर्नेमा त्यस्तो नभएकामा दुःख व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र)ले विदेशी शक्तिसामु आत्मसमर्पण गरी जनयुद्धको भावनामाथि कुठाराघात गरेको ठहर गरेको छ । अध्यक्ष विद्रोही सशत्र युद्धकालमा कोचिला क्षेत्रको क्षेत्रीय ब्युरो सदस्य थिए। उनले तात्कालिन माओवादीमा असन्तुष्ट भई सर्वहारापूरा पढ्नुहोस्


काँग्रेस र माओवादी केन्द्रको संयुक्त सभा, प्रचण्ड र देउवा दुबैको सम्बोधन

वैशाख २८, चितवन । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनले मधेस, पहाड र हिमाललाई एकताबद्ध गरेर देशलाई निर्वाचनतिर लैजान सफल भएको बताएका छन् । नेपाली काँंग्रेस र माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले गत वर्ष सरकारको नेतृत्व लिँदा एकातिर पहाड, एकातिर हिमाल र अर्कातर्फ तराई भएकामा यो गठबन्धनले सबैलाई एकताबद्ध बनाएर निर्वाचनतर्फ लैजान सकेको बताए । सरकारको नेतृत्व लिँदै गर्दा पूर्व र पश्चिमतर्फ डरलाग्दो स्थिति भएको बताउँदै उनले भने, “यो गठबन्धनले मधेसलाई पहाडसँग र पहाडलाई मधेससँग मिलाएर सबैलाई लिएर निर्वाचनतर्फ लैजाने वातावरण बनायो ।” मधेसलाई एकातिर रपूरा पढ्नुहोस्


झुल दिनेलाई भोट दिन्छौँ : मुक्तकमैया

शेरबहादुर सिंंह भीमदत्तनगर, २८ वैशाख । दुई दशकपछिको स्थानीय तहको निर्वाचनको सन्मुख बस्तीको मुहार फेर्नेदेखि सडक, यातायात, खानेपानी, स्कुल व्यवस्थापनको माग गरेका समाचार आइरहेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०का मुक्तकमैया शिविरका बासिन्दा भने सुपानेट झुल वितरण गर्नेलाई भोट दिने भएका छन् । बस्तीका भलमन्सा चन्दा रानाले झुल वितरण गर्नेलाई आफूहरुले भोट दिने बताइन् । “रातभर लामखुट्टेले टोकेर यहाँका बासिन्दा सुत्नै पाउँदैनन् ।” उनले भनिन् – “बस्तीमा तीन वर्ष पहिले दिएको झुल अहिले काम नलाग्ने भइसक्यो । सुत्दा लुगा ओढे गर्मीले सहिनसक्नु हुन्छ । उस्ती सुते लामखुट्टले हैरान पार्छन् । के ठूला मागहरु राख्नु ?” बजारको झुलभन्दा सुपानेट झुल बढी उपयोगी रहेकोपूरा पढ्नुहोस्


यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड

crowded-transportation-office

वैशाख २८, धनगढी । सेती अञ्चल यातायात व्यवस्था कार्यालयमा पछिल्लो समय सेवाग्राहीको चाप निकै बढेको छ । कार्यालयले पछिल्ला केही महिनायता सवारी चालकका लागि निवेदन आह्वान गरी अनुमतिपत्र वितरण गर्न थालेसँगै सेवाग्राही बढी देखिएको कार्यालयका प्रमुख कृष्णप्रसाद भुसालले बताए । सवारी अनुमति लिने र नवीकरण गर्नेलगायतका कामका लागि दिनहुँ सेवाग्राहीको ठूलो भीड देखिँदा कार्यालय परिसरमा दिनहुँ कुनै मेला लागेको जस्तो देखिने गरेको छ । कैलालीको साविक बौनिया गाविसका शिवचरण चौधरीले पहिलोपटक सवारी चालक अनुमतिपत्र पाउँदा प्रसन्न भए । “निवेदन आह्वान नगरेकैले ४ वर्षसम्म गाउँमा बिनालाइसेन्स ट्र्याक्टर चलाएर बसियो,” चौधरीले भने – “आज बल्ल अनुमतिपत्र पाउँदा खुसी लागेको छ ।” यसअघि लामो समयसम्म सवारीपूरा पढ्नुहोस्


मतपत्र र मतदाता नामावलीबारे मतदातामा अझै अन्योल, कल सेन्टरमा दिनहुँ सयौँ कल

local-elections-ballot-paper-voter-list

भीष्मराज ओझा वैशाख २८, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनबारे आवश्यक जानकारी दिन स्थापना गरेको ‘कल सेन्टर’मा मतपत्र र मतदाता नामावलीका सम्बन्धमा बढी जिज्ञासा आउने गरेका छन् । आयोगले यही वैशाख १५ गतेदेखि सुरु गरेको कल सेन्टरमा औसतमा मतदाता शिक्षा, मतदाता नामावली, मतपत्र तथा मतदान गर्ने तरिका, आचारसंहिता, आयोगको वेबसाइट, निर्वाचनमा सुरक्षालगायत विषयमा जानकारी लिन दैनिक सयौँ टेलिफोन आउने गरेका छन् । आयोगले उम्मेदवार, मतदातालाई तथा जिज्ञासा राख्ने जोसुकैलाई निर्वाचनका बारेमा जानकारी दिन मुलुकभरबाट फोन गर्दा पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१४४२२२ को टेलिफोन व्यवस्था गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । कल सेन्टर दोस्रो चरणको निर्वाचन हुनेपूरा पढ्नुहोस्


साइराम डेन्टलकेयर चितवन विश्वकै उत्कृष्ट सातभित्र

sairam-dental-care-worlds-seventh-best

वैशाख २८, चितवन । चितवन र छिमेकी जिल्लाका २५ हजारभन्दा बढीको निःशुल्क रुपमा दन्तपरीक्षण गराएको यहाँका साइराम डेन्टलकेयर विश्वकै उत्कृष्ट ७ भित्र पर्न सफल भएको छ । साइराम डेन्टलकेयर ‘हम्बल’ क्लिनिकबाट पुरस्कृत भएको हो । एसियाकै पहिलो संस्थाको रुपमा आफ्नो संस्थाले पुरस्कार पाएको संस्थाका सञ्चालक डा. अजय न्यौपानेले बताए । न्यौपाने र डा. सरु थापा क्लिनिकसँगै निःशुल्क शिविर लिएर गाउँगाउँ जाने गर्छन् । यो दम्पत्तीले सञ्चालन गरेको क्लिनिकले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय सेवा, सामाजिक क्षेत्रमा सक्रियता र वातावरणमैत्री काम गरेकाले पुरस्कृत हुनसफल भएको हो । हम्बल स्माइल फाउन्डेसनद्वारा उपलब्ध गराउने यस पुरस्कारबाट आफ्नो संस्था पुरस्कृत हुँदा निकै गौरव महसुस भएको डा.पूरा पढ्नुहोस्


अब घरबाटै नक्सापासमा, हस्ताक्षर पनि अनलाइनबाटै

house-map-signature-online

वैशाख २८, काठमाडौँ । महानगरमा घर बनाउन चाहने नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ । गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भएपनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकोमा अब त्यस किसिमको अवस्था नआउने कामपाका इन्जिनियर राम थापाले जानकारी दिए । यस व्यवस्थासँगै नगरवासीलाई थप सुविधा पुग्ने विश्वास कामपाले लिएको छ । यसभन्दा अघि नक्सा पासको सबै काम अनलाइनबाट भएपनि हस्ताक्षर हातले गरिने हुँदा अन्तिम समयसम्ममा नक्सा पास गराउने व्यक्ति कामपामा धाउनुपर्ने थियो । अब नगरवासीपूरा पढ्नुहोस्


राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

killing-vehicle-back-law

वैशाख २८, बनेपा । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । “कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौँ”, प्रनाउ राईले भने ।