Main Menu

Wednesday, May 10th, 2017

 

मतदान गर्न धमाधम काठमाडौँ छाड्दै मतदाता

वैशाख २७, काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिर जानेको सङ्ख्यामा वृद्धि भएको छ । करिब दुई दशक पछाडि यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो मत प्रयोग गर्ने काठमाडौँ छाड्नेको सङ्ख्यामा वृद्धि भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले दिएको जानकारी अनुसार अरु समयको तुलनामा दैनिक ५ देखि ७ हजार बढी मानिस बाहिरिएका छन् । “अरु समयमा दैनिक ७० हजार यात्रु उपत्यकाबाट बाहिर जान्थे भने दुई तीन दिनदेखि ७५ देखि ८० हजार सङ्ख्यामा बाहिरीएका छन् ।” मल्लले भने । दुई चरणमा तोकिएको निर्वाचनमध्ये पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशको ३४पूरा पढ्नुहोस्


‘बुद्धदर्शन नेपालको लागि गौरवको विषय’ – उपराष्ट्रपति पुन

buddhism-nepali-pride

बुटवल, २७ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धदर्शन तथा यसको विकासले नेपालमा शान्तिको चेतनाको निर्माण भएको बताएका छन् । उनले बुद्धदर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपाल र नेपालीका लागि गौरवको विषय रहेको समेत उल्लेख गरेका छन् । उपराष्ट्रपति पुनले २५६१ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूलसमारोह कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धको पञ्चशीलको सिद्धान्त व्यवहारमा ल्याउन सकेमा मानव जीवन सार्थक हुने बताए । उनले बुद्ध एक महान दार्शनिक हुनुको साथै बुद्धको शिक्षा जीवनयोगी र अहिले झन् सान्दर्भिक रहेको बताउँदै भने–“बुद्ध दर्शनको महत्व अझै बढेको छ ।” उपराष्ट्रपति पुनले लुम्बिनीको विकासको लागि लुम्बिनी विकास कोषलेपूरा पढ्नुहोस्


टोखाका उम्मेदवारहरुको प्रमुख प्रतिबद्धता : पर्यटकीय नगर

शरद शर्मा वैशाख २७, काठमाडौँ । काठमाडौँ महानगरपालिकासँग जोडिएको टोखा नगरपालिका पनि यसपटकको स्थानीय निर्वाचनपछि काँचुली फेर्ने पर्खाइमा रहेको छ । झोर महाङ्काल, टोखाचण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु पाँच गाविस जोडिएर २०७१ सालमा टोखा नगरपालिका घोषणा गरिएको यो नगरपालिका आगामी आइतबार हुने निर्वाचनबाट काँचुली फेर्ने पर्खाइमा रहेको छ । पूर्व बूढानीलकण्ठ, पश्चिम तारकेश्वर, उत्तरमा नुवाकोट र दक्षिणमा काठमाडौँ महानगरसँग जोडिएको यस टोखालाई अब निर्वाचित हुने जनप्रतिनिधिको काँधमा समृद्ध सुविधासम्पन्न सहर (स्मार्टसिटी) बनाउने पहिलो योजना रहने छ । यहाँका नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवारले टोखालाई स्मार्टसिटीको रुपमा विकास गदै ऐतिहासिक पर्यटकीय धरोहरको रुपमा विकास गर्नेपूरा पढ्नुहोस्


पूर्वी नाकाबाट पर्यटक आगमनमा वृद्धि

वैशाख २७, बनियानी (झापा) । सन् २०१६ को तुलनामा यसवर्ष पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गतवर्ष जनवरीदेखि अप्रिलसम्ममा करिब २ हजार पर्यटक यो नाकाबाट नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा ३ हजार ६ सय पर्यटक भित्रिएको काँकरभिट्टास्थित पर्यटन कार्यालयले जनाएको छ । गतवर्षको तुलनमा यस वर्ष पर्यटकको आगमनमा वृद्धि भएको छ भन्दै कार्यालय प्रमुख गणेशप्रसाद तिम्सिनाले विनाशकारी भूकम्प गएपछि क्रमशः पर्यटकको आगमन घट्दै गएकामा त्यसमा क्रमिक सुधार हुँदै आएको जानकारी दिए । सन् २०१६ मा काँकरभिट्टा नाका हुँदै ६ हजार २ सय ५ जना पर्यटक भित्रिएका थिए । जसमा सबैैभन्दा बढी २ हजार ४ सय बङ्गाली, ७पूरा पढ्नुहोस्


आर्थिक मर्म बुझेका स्थानीय तहका प्रमुखको खोजी

वैशाख २७, चितवन । उद्योग व्यवसायको विकास बिना कुनै पनि स्थानीय तह समृद्ध हुन नसक्ने भन्दै यहाँका उद्योगी व्यवसायीले आर्थिक मर्म बुझेका, दूरदर्शी उम्मेदवार निर्वाचित हुनुपर्नेमा जोड दिएका छन् । उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष राजन गौतमले औद्योगिक क्षेत्र छुट्याएर उद्योग गर्ने वातावरण सिर्जना गर्न नेतृत्व तहले पहल गर्न सक्नुपर्ने बताए । जुन क्षेत्रमा उद्योग व्यवसाय फस्टाउन सक्छ, त्यो क्षेत्रको विकास हुने हुँदा औद्योगिक वातावरण सिर्जना गर्न सक्ने खालका स्थानीय तहका प्रमुखको खाँचो रहेको उनले बताए । अहिलेसम्म उद्योग व्यवसाय गर्नेलाई सरकारले विपक्षीको रुपमा हेर्ने गरकामा आफ्नो नगर र गाउँलाई उद्योगमैत्री बनाएर यो सरकारी काम नै हो भन्ने भावना विकास गर्न उद्योगीपूरा पढ्नुहोस्


शङ्खरापुरलाई सांस्कृतिक र ऐतिहासिक सहर बनाउने

अच्युत रेग्मी २७ वैशाख, शङ्खरापुर (काठमाडौँ) । ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी शङ्खरापुर नगरपालिकाको विकास र विस्तारका लागि दलहरुले साझा प्रतिवद्धता जनाएका छन् । स्थानीय तहको निर्वाचन आउन केही दिन बाँकी रहँदा उम्मेदवारले आफ्नो पक्षमा मत पार्न त्यहाँको विकासको योजनालाई अगाडि सारेका हुन् । काठमाडौँ उपत्यकाकै सबैभन्दा पुरानो सहर मानिने साँखु र त्यस वरपरका क्षेत्रको विकास र विस्तार गरी शङ्खरापुर नगरपालिकालाई सांस्कृतिक र ऐतिहासिक सहर बनाउने प्रतिवद्धता जनाएका हुन् । नेपाली काँग्रेसबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार शङ्कर तिवारीले शङ्खरापुरमा देखिएको खानेपानी, अव्यवस्थित सडक, भूकम्पपछिको पुनःनिर्माण आफ्नो मुख्य एजेन्डा भएको बताउँछन् । “ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्व बोकेको शङ्खरापुरलाईपूरा पढ्नुहोस्


‘निर्वाचनको मिति तलमाथि गर्न मिल्दैन’

वैशाख २७, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जेठ ३१ को दोस्रो चरणको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले दोस्रो चरणको निर्वाचनको मिति बजेटअघि नै गर्ने कुरा चलिरहेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएका हुन् । यादवले सरकार परिवर्तनमा आयोगले हस्तक्षेप नगर्ने र बजेट ल्याउन नरोक्ने स्पष्ट पारे । ‘‘बजेट ल्याउन मिल्छ, तर आचारसंहिता अनुकूल हुनुपर्छ’’ यादवले भने । मुलुकलाई सङ्क्रमणकालबाट मुक्त गर्न निर्वाचन अपरिहार्य रहेको बताउँदै उनले चुनाव गराउनुपर्ने मूल कामबाट कोही पनि विमुख हुन नहुने धारणा राखे ।


एमालेद्वारा दोलखा घटनाको निन्दा

killing-vehicle-back-law

वैशाख २७, काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका सिलसिलामा दोलखाको गौरीशङ्कर गाउँपालिका– २ मा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकामा निन्दा गरेको छ । गौरीशङ्कर– १ मा पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरसहितले जुगुस्थित नीलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणका कारण निधन भएको आरोप लगाउँदै एमालेले आज एक विज्ञप्ति जारी गर्दै सो घटनाको निन्दा गरेको हो । पार्टीका पूर्व गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण गर्दा गम्भीर घाइते भएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईलेपूरा पढ्नुहोस्


घरमै दूध लिन आउन थालेपछि किसान खुशी

अजित कुमार झा वैशाख २७, इनरुवा । सुनसरी इनरुवा–९ बबियाका बलदेव मेहतालाई गाईभैँसीको दूध कहाँ र कसलाई बेच्ने भन्ने समस्याले सताएको थियो । दैनिकरुपमा गाईभैँसीबाट उत्पादन हुने ५ देखि १० लिटर दूध बेच्न मेहतालाई समस्या हुन्थ्यो । तर अहिले उनी त्यो समस्याबाट मुक्त भएका छन् । उनलाई मात्र नभई सुनसरी बबिया गाविसका दर्जनौँ किसानलाई गाउँमा दूध सङ्कलन केन्द्र नहुँदा चिन्ताले सताएको थियो । कृषकले दूधको उचित मूल्य नपाएको र बजारसमेत नपाएर दूध कहाँ बिक्री गर्ने भन्ने समस्या रहेको थियो । तर अहिले त्यो समस्याबाट कृषकले उन्मुक्ति पाएका छन् । कारण एउटै हो सुनसरी सदरमुकाम इनरुवामा रहेको नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रपूरा पढ्नुहोस्


दोलखामा माओवादी केन्द्र–एमाले झडपमा एकको मृत्यु

killing-vehicle-back-law

वैशाख २७, दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् । यसैगरी, झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । घाइते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाडौँ लगिएको छ । घाइते बुढाथोकी स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् । दोहोरो झडपमा परी नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवारपूरा पढ्नुहोस्