Main Menu

Sunday, May 7th, 2017

 

गरिबी घटाउन पूर्वाधार विकासमा लगानी बढाउने प्रतिबद्धताका साथ एडिबीको बैठक सम्पन्न

adb-meeting-ends

  शरच्चन्द्र भण्डारी वैशाख २४, योकोहामा (जापान) । एसियाली विकास बैंक (एडिबी)को ५० औँ वार्षिक बैठक एसिया–प्रशान्त क्षेत्रको गरिबी घटाउन सदस्य मुलुकबीच सहकार्य गर्दै पूर्वाधार विकासमा लगानी बढाउने प्रतिबद्धताका साथ सम्पन्न भयो । बैंकको अर्को वार्षिक बैठक फिलिपिन्सको राजधानी मनिलामा आगामी मे महिनाको ३ देखि ६ तारिखमा हुनेभएको छ । उक्त बैठक आयोजक राष्ट्रले आजै यहाँ पत्रकारसम्मेलन गरेर ५१औँ बैठकको शीर्षक ‘समावेशी विकासका लागि अर्थतन्त्र र जनताको सम्मिलन’ निर्धारण गरेको बताएको छ । एसिया–प्रशान्त क्षेत्रका ४८, ल्याटिन अमेरिकी र अफ्रिकी देशबाहेक विश्वका अन्य मुलुकका १९ अन्य सदस्य गरी ६७ सदस्यीय बहुपक्षीय वित्तीय संस्था एडिबीले कमजोर पूर्वाधार भएका निर्धन देशलाई सघाउनेपूरा पढ्नुहोस्


बाजुराबाट लाखौँ किलोको खोटो निर्यात

lakhs-khoto-exported

वैशाख २४, बाजुरा । बाजुराका विभिन्न सामुदायिक वनबाट बर्सेनि सल्लाका रुखबाट खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको छ । सामुदायिक वनमा प्रशस्त रुपमा सल्लाका बोट पाइने भएकाले खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको जिल्ला वन कार्यालय, बाजुराका निमित्त वन अधिकृत मनकुमार छन्त्यालले बताए । बडिमालिका नगरपालिकामा रहेका १६ सामुदायिक वन र गौमुल गाउँपालिकामा रहेको एक सामुदायिक वनबाट प्रत्येक वर्ष दुई कम्पनीले खोटो सङ्कलन गरेर लैजाने गरेको बताइएको छ । खोटो सङ्कलनका लागि मनकामना रोजिन केमिकल उद्योग प्रा.लि. र हिउँचुली कम्पनीलाई सङ्कलन अनुमति दिइएको छन्त्यालले बताए । सामुदायिक वनमा रहेका प्रतिरुखबाट ४ किलो खोटो सङ्कलन गर्न पाउने प्रावधान रहेको छ । मनकामना रोजिन केमिकल उद्योगपूरा पढ्नुहोस्


पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छ – मन्त्री कार्की

national-journalism-day-rally

वैशाख २४, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताएका छन् । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आज आयोजित प्रभातफेरि र रक्तदान कार्यक्रममा सहभागी हुँदै मन्त्री कार्कीले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता जगत् सबैले सम्मान गर्नलायक हुनुपर्ने र त्यसका लागि पत्रकारले व्यावसायिक धर्म निर्वाह गर्नु नै पहिलो कर्तव्य रहनेमा जोड दिए । ‘गोरखापत्र’ प्रकाशनसँगै नेपाली पत्रकारिता जगतले क्रमिक रुपमा फड्को मारेको बताउँदै मन्त्री कार्कीले इमान्दार रुपमा गरिने पत्रकारिताले देश विकासका लागि ठूलो सहयोग पुग्ने हुँदा सोहीअनुरुप आफ्नो पेसा अघि बढाउन सम्पूर्ण प्रेस जगतलाई आग्रह गरे । सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङलेपूरा पढ्नुहोस्


प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसादको निधनमा शोक

making-friends-shyamprasad

वैशाख २४, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य, प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसादको निधन भएकामा शोक व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आज शोक वक्तव्य जारी गरी उनले सिर्जना गरेका ‘बहिनीलाई चिठी’, ‘लेखक कसरी बन्ने ?’, ‘तँ, तिमी, तपाईं, हजुर’, ‘केही कविता केही गीत’, ‘राम्रो नराम्रो’, ‘श्यामप्रसादका निबन्धहरु’जस्ता दर्जनौँ कृतिले समाजमा प्रकाश छरिरहने र सामाजिक एवम् सांस्कृतिक रुपान्तरणमा उनले गरेको योगदान सदा स्मरणीय रहने बताए । यसैगरी प्रगतिशील लेखक सङ्घ नेपालले श्यामप्रसादको निधनमा शोक व्यक्त गर्दै उनी नेपाली प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनका अगुवा रहेको जनाएको छ । प्रलेसका अध्यक्ष मातृका पोखरेलपूरा पढ्नुहोस्


कडाखालको रोगमा विपन्न नागरिकका लागि १ लाखसम्मको छुट

वैशाख २४, रत्ननगर (चितवन) । चितवन मेडिकल कलेजले कडाखालको रोगमा विपन्न नागरिकका लागि रु. १ लाखसम्मको छुट सुविधा दिन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरी उक्त सेवा सुरु गरेको कलेजका सञ्चालक डा. दयाराम लम्सालले जानकारी दिए । उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसमा विपन्न भएको प्रमाणित भएपछि मात्रै यो सुविधा प्राप्त गर्न सकिनेछ । मुख्यगरी मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, हेडइन्जुरी, स्पाइनल इन्जुरी भएका बिरामीले सेवा पाउने छन् । यसका लागि अस्पतालको विपन्न नागरिक उपचार सम्पर्क केन्द्रमा पुगेर सेवा लिन सकिने कलेजले जनाएको छ । स्वास्थ्य मन्त्रालयबाट घोषित कार्यक्रममा निःशुल्क आमा सुरक्षा कार्यक्रम, डाइलासिस सेवा, पाठेघरको शल्यक्रिया तथापूरा पढ्नुहोस्


सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा दुखी

killing-vehicle-back-law

वैशाख २४, गुलरिया (बर्दिया) । सामाजिक सुरक्षा भत्ताबापतको रकम ३ महिना बितिसक्दा पनि नपाएका कारण वृद्धवृद्धाले गुनासो गर्न थालेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिकाका १ देखि ५ नं वडाका वृद्धवृद्धाले अझै पनि सुरक्षा भत्ता पाउन सकेका छैनन् । सरकारले स्थानीय तहको पुनःसंरचना गरेको महिनौँ बितिसक्दा पनि जिल्ला समन्वय समितिले नगरपालिका कार्यालयको खातामा रकम उपलब्ध नगराएका कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् । सामाजिक सुरक्षा कार्यविधि २०७३ अनुसार गत फागुन मसान्तभित्र बाँड्नुपर्ने रकम तत्कालीन जिल्ला विकास समितिले समयमै खातामा रकम उपलब्ध नगराएका कारण र खाता बन्द भएकाले भत्ता वितरण गर्न ढिला भएको ठाकुरबाबा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुरेश सुनारलेपूरा पढ्नुहोस्


यस वर्ष पनि छैन पुस्तक, विद्यार्थी मर्कामा

books-unavailable

वैशाख २४, गाईघाट (उदयपुर) । नयाँ शैक्षिकसत्र सुरु भएको महिनौँ बित्न लाग्दा पनि उदयपुरका सरकारी विद्यालयका धेरै विद्यार्थीले अहिलेसम्म पनि पाठ्यपुस्तक प्राप्त गर्न नसक्दा उनीहरुको पठनपाठन प्रभावित भएको छ । जिल्लामा रहेका झन्डै ४ सय ५० सरकारी विद्यालयमध्ये निम्ममाध्यमिक तहका विद्यार्थीले एक-दुई विषयबाहेक अन्य पुस्तक अहिले पनि प्राप्त गर्न नसकेको सम्बन्धित विद्यालयका विद्यार्थीहरु बताउँछन् । प्राथमिक तहमा समेत पुस्तक नपाउँदा विद्यार्थी विद्यालयमा गएर दैनिक कक्षामा बसेरमात्र फर्कनुपर्ने अवस्था रहेको सत्यवती प्रा.वि. डहर खाँबुका शिक्षिका पार्वती राई बताउँछिन् । पुस्तक मगाइए पनि समयमा आइनपुगेका कारण वितरणमा नै समस्या रहेको त्रियुगा उच्च मा. वि., गाईघाटका शिक्षक गोपाल श्रेष्ठले बताए । जिल्लाको पहाडीपूरा पढ्नुहोस्