Main Menu

Friday, May 19th, 2017

 

भरतपुरको मतगणना फेरि रोकियो

जेष्ठ ५, चितवन । भरतपुर महानगरपालिकाको मतगणना चित्तबुझ्दो नभएको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि साँझ ७ बजेपछि मतगणना कार्य रोकिएको छ । माओवादी केन्द्रको जिल्ला संयोजक घनश्याम दाहालले महानगरपालिका–९ मा मतगणनाका क्रममा आफ्नो मत गडबड गरिएपछि विरोध गरेको बताए । उनले यसअघि गणना गरिएका वडा नं. ४ र ७ मा पनि गडबड भएको भन्दै नसच्याएसम्म गणना अघि बढ्न नहुने बताए । प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रसँग मिलेको नेपाली कांग्रेसले पनि गणनामा शङ्का लागेको भन्दै विरोध जनाएको छ । यता सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले गणनामा कुनै त्रुटि नरहेको बताए । कांग्रेस र माओवादीले गणनास्थल र बाहिरपूरा पढ्नुहोस्


निर्वाचन सम्पन्न भएकोमा आयोग ‘एकदमै सन्तुष्ट’

killing-vehicle-back-law

जेष्ठ ५, काठमाडौँ । निर्वाचन आयुक्त सुधिरकुमार शाहले पहिलो चरणको स्थानीय तहको निर्वाचनले लोकतन्त्र र गणतन्त्रको जगलाई स्थापित गरेको बताएका छन् । आगामी सङ्घीय र प्रादेशिक निर्वाचनपछि गणतन्त्रले पूर्ण स्थायित्व प्राप्त गरी संविधान कार्यान्वयनको चक्र समेत पूरा हुने उनले बताए  । “पहिलो चरणको निर्वाचन सम्पन्न भएकोप्रति आयोग एकदमै सन्तुष्ट छ । निर्वाचनपछि मुलुकले शान्ति, राजीतिक स्थिरता, विकास र समृद्धिको ढोका खुल्नेछ । सम्पूर्ण मतदाता, राजनीतिक दल र सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछ ।” आयुक्त शाहले भने । स्थानीय तहको पहिलो चरणको निर्वाचन र मतगणनामा देखिएको कमीकमजोरी र समस्यालाई दोस्रो चरणको निर्वाचनमा दोहोरिन नदिने अठोट व्यक्त गर्दै उनले भने– “दोस्रो चरणको निर्वाचनको लागिपूरा पढ्नुहोस्


स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याऊ – अर्थविद्

जेष्ठ ५, काठमाडौँ । अर्थविद्हरुले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने गरी बजेट नल्याउन सरकारलाई सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दीपेन्द्रबहादुर क्षेत्रीले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर तोकिएकै समयमा कामचलाउ बजेट ल्याउनुपर्ने बताए । “कर्मचारीको तलब खर्च र विगतमा चल्दै आएका परियोजनाको बजेट ल्याउँदा केही फरक पर्दैन,” डा. खत्रीले भने । बजेट ल्याउँदा सबैलाई समेट्नु जरुरी रहेको उनले बताए । अर्थविद् डा शङ्कर शर्माले स्थानीय तहलाई बढी अधिकार दिने गरी बजेट ल्याउनुपर्ने बताए । संविधानले दिएको अधिकारमध्ये कुन शीर्षकमा कति रकम दिने भन्नेबारे सरकार अहिले अन्योलमापूरा पढ्नुहोस्


रुख कटानीबारे विवादका कारण हुलाकी राजमार्गको काममा अवरोध

जेष्ठ ५, कैलाली । धनगढी–सत्ती हुलाकी राजमार्गअन्तर्गत पर्ने वसन्ता वन क्षेत्रका रुख कटानीमा अझै अन्यौल देखिएको छ । केही समय अगाडि जिल्ला वन कार्यालयले वसन्ता वन क्षेत्रमा निर्माण हुन बाँकी १८ किलोमिटर क्षेत्रमा पर्ने रुख कटानीका लागि सहमति जनाएको थियो । सहमतिपछि १६ किलोमिटर क्षेत्रको भने रुख कटानी गरिएको थियो । बाँकी दुई किलोमिटर क्षेत्रमा रुख कटानीबारे विवाद देखिएको निर्माणाधीन हुलाकी राजमार्ग आयोजनाका योजना प्रमुख तुरुन्त मण्डलले जानकारी दिए । सर्भे गरेकोभन्दा बढी रुख काट्नुपर्ने देखिएकाले अन्यौल बढेको उनको भनाइ छ । वसन्ता जैविक मार्गको अस्तित्व सङ्कटमा पर्ने कारण देखाउँदै वन कार्यालयले हुलाकी सडकको नक्साङ्कन परिवर्तनको अडान लिएपछि विवाद थप चुलिएकोपूरा पढ्नुहोस्


रगत अभाव भएपछि अस्पतालले नै गरे रक्तदान कार्यक्रम

hospital-organizes-blood-donation

जेष्ठ ५, भरतपुर । निर्वाचनका कारण देखाउँदै विगत दुई सातायता कुनै पनि संस्थाले रक्तदान कार्यक्रम आयोजना नगर्दा जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार निर्वाचनको मनोनयन दर्तासँगै सबै निर्वाचनमा जुटेपछि रक्तदान कार्यक्रमको आयोजना नहुँदा रगतको अभाव देखिएको हो । अस्पतालका बिरामीले रगत नपाएपछि भरतपुरको मनकामना अस्पतालले आज आफैले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । अस्पतालका सञ्चालक ध्रुव काफ्लेले आफ्नो अस्पतालमा रगत चाहिएका बिरामीले रगत नपाएपछि अस्पतालले नै रक्तदान कार्यक्रम गर्न लागेको बताए । “बिरामीले रगत पाउन छोडे, मानवीय सेवा र कर्तव्य दुबै हुने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरेका हौं ।” काफ्लेले भने ।पूरा पढ्नुहोस्


खैरहनीमा उन्नाइस घण्टापछि बल्ल मतगणना सुरु

khairhani-vote-counting-19-hrs-later

जेष्ठ ५, रत्ननगर (चितवन) । पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि रोकिएको मतगणना आज बिहान ११ बजेदेखि सुरु भएको छ । अर्धकट्टी अनुसार आएका मतपत्र गणना गर्ने दलबीच सहमतिपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत टेकराज निरौलाले जानकारी दिए । मतदानको दिनमा मुचुल्का उठाएका बेलाको मतपत्रको सङ्ख्या र मतपेटिकामा हाल भएको सङ्ख्या नमिलेपछि यहाँ मतगणना बिहीबार ४ बजेदेखि रोकिएको थियो । सो विषयमा आयोगलाई जानकारी दिई अर्धकट्टी अनुसार मतगणना गर्ने सहमतिपछि गणना सुरु भएको हो । बिहीबारको छलफलमा निष्कर्ष ननिस्किएपछि आज बिहान भएको छलफलले यस्तो सहमति गरेको उनको भनाइ छ । मुचुल्काभन्दा मतपेटिकामा १४ मत बढी देखिएपछि विवाद भएको थियो । मुचुल्का उठाएकोमापूरा पढ्नुहोस्


निर्वाचन भइसकेका प्रदेशमा आचारसंहिता खुकुलो, बाँकीमा यथावत्

local-elections-ballot-paper-voter-list

  प्रकाश सिलवाल जेष्ठ ५, काठमाठौँ । पहिलो चरणमा तीनवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भए पनि ती प्रदेशमा कर्मचारीको आन्तरिक सरुवाबाहेक अन्य विषयमा निर्वाचन आचारसंहिता यथावत् रहेको छ । प्रदेश नं ३, ४ र ५ मा गत वैशाख ३१ मा स्थानीय निर्वाचन सम्पन्न भएको र बाँकी १, २, ४ र ७ नं प्रदेशमा यही जेठ ३१ गते निर्वाचन तोकिएको स्थितिमा आचारसंहिता यथावत् वा फुकुवा के हो भन्ने अन्योल देखिए पनि निर्वाचन आयोगले निरन्तर जारी रहेको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन सम्पन्न भइसकेका तीन प्रदेश र ३४ जिल्लामा कर्मचारीको आन्तरिक सरुवा गर्न सकिने तर दोस्रो चरणको निर्वाचनलाईपूरा पढ्नुहोस्


वाग्मती सफाइ महाअभियान पाँचौँ वर्षमा

जेष्ठ ५, काठमाडौँ । वाग्मती सफाइ महाअभियान आजदेखि चार वर्ष पूरा भई पाँचौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज महाअभियानले काठमाडौँ महानगरपालिका–१ नक्सालस्थित नारायणचौरको नन्दिकेशर बगैँचामा सफाइ गरेको छ । सफाइमा वाग्मती सफाइका अग्रज अभियानकर्मी एवम् सामुदयिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठको संयोजनमा स्थानीय समुदाय, सामुदयिक प्रहरी सेवा केन्द्र, प्रहरी १ नं गण नक्साल, विशेष फौज वाहिनी महाराजगन्ज, १ नं वडाका नवनिर्वाचित वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा सदस्यहरु राजकुमार श्रेष्ठ, मीना सुनार, रसला तण्डुकार र अशोक श्रेष्ठको समेत उपस्थिति थियो । नेपाली सेनाका वाहिनीपति बाबुकृष्ण कार्कीसहित ३०० को समूह, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरसहित २०० को समूहलगायत कार्यक्रममापूरा पढ्नुहोस्


कीर्तिपुरमा निर्वाचन अधिकृतको ज्यादती

जेष्ठ ५, काठमाडौँ । कीर्तिपुर नगरपालिकाको निर्वाचन सम्पन्न गर्न त्यहाँ खटिएका प्रमुख निर्वाचन अधिकृत गजेन्द्र बहादुर सिंहको विवादित गतिविधिप्रति त्यहाँ खटिएका अन्य कर्मचारी र राजनीतिक दलका कार्यकर्ताहरुले उजुरी दर्ता गराएका छन् । सुदूरपश्चिम घर भएकाले आफू कहिले शेरबहादुर देउवासँग निकट भएको त कहिले विचारको हिसाबले एमालेसँग निकट भएको बताउने सिंहले निर्वाचनमा कर्मचारीहरुलाई नोकरसरह हप्काउने र मानमदन गर्ने गरेको एक कर्मचारीले बताए । निर्वाचन निर्देशिकाविपरित मतगणनामा पनि उनले मतगणना परिचयपत्रबिना सम्बन्धका आधारमा काँग्रेसका उम्मेदवारहरुको कयौँ आफन्तहरुलाई भित्र्याएपछि गणना प्रक्रियामा कयौँपटक विवाद भएको बताइएको छ । आफ्नो पद र मर्यादालाई ख्यालै नगरी उनी तल्लो स्तरमा गएर गालीगलौचका शैलीमा उत्रिएपछि केही नेताहरुले उनलाईपूरा पढ्नुहोस्


कवि कालिदासको कलम

फेसबुके पत्रकारहरुका लागि केही खजाना

संस्कृतका पुराना महाकवि कालिदासले अभिज्ञान शाकुन्तलम्, मेघदूत आदि महाकाव्य लेखेका थिए । आजको यो कवि कालिदास पनि लामो समयअघिदेखि विभिन्न स्थानीय भाषामा अभिज्ञान शाकुन्तलम् २, मेघदूत २ आदि लेख्नमा व्यस्त भैरहेको थियो । तर यत्तिकैमा अचानक स्थानीय तहको चुनाव भयो । यो चुनावका सन्दर्भमा फेसबुके पत्रकारहरुका रिपोर्टिङहरु पढ्नुपर्दा कवि कालिदासको ध्यान भङ्ग हुन पुग्यो । घरैघरै जन्मेका छन् अव पत्रकारहरु । सवै रिपोर्टर, सवै विचारक, सवै उपदेशक । एउटाएउटा पार्टीका, त्यसमा पनि गुटका, गुटमा पनि उपगुटका पुच्छर समातेर लेखिरहेछन् सवै जना । रोचक छ प्रस्तुति । यो रोचकताले कसको मन नतान्ला र ? कवि कालिदासको पनि मन तानियो । महाकाव्यपूरा पढ्नुहोस्