Main Menu

Tuesday, May 30th, 2017

 

पहिलो दिनमै जथाभावी बाटो काट्ने ३ हजार बढी कारबाहीमा

जेष्ठ १६, काठमाडौँ । ट्राफिक नियमविपरीत बाटो काट्ने ३ हजार ३४८ जना पैदल यात्रु आज एक दिन कारबाहीमा परेका छन् । आजबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए । “कारबाहीमा परेकामध्ये २ हजार १२० जनाले रु. २०० का दरले जरिवाना तिरे भने बाँकी १ हजार २२८ जनाले ट्राफिक प्रहरीले दिने जनचेतना कक्षामा सहभागी भए ।” लामाले भने यसरी कारबाहीमा परेकाबाट रु. ४ लाख २४ हजारभन्दा बढी रकम राजस्वमा जम्मा भएको छ । जरिवाना रकम नतिर्नेलाई ३ घन्टा नियन्त्रणमा लिएर आधा घन्टाको सचेतना कक्षा दिइएको थियोपूरा पढ्नुहोस्


निर्वाचनको विकल्प निर्वाचन – प्रधानमन्त्री

local-election-environment-promising-pm

जेष्ठ १६, काठमाडौँ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको छ । मुस्लिम प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज एक ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति अघि पछि गर्न आग्रह गरेका हुन् । “सरकार तपाइँहरुको मागप्रति सकारात्मक छ ।” मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने, “निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर निर्णय गर्छाैं ।” प्रधानमन्त्रीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई सम्पन्न बनाउन आम नेपालीको साथ र सहयोगको अपेक्षा गरेको समेत सो अवसरमा जानकारी दिए । प्रधानमन्त्रीले भने, “असारमा चुनावको मिति तोकिएको छपूरा पढ्नुहोस्


आवा २०७४/७५ मा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

जेष्ठ १६, काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको उच्च वृद्धिदरलाई आधार मानेर आगामी आवमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको स्पष्ट गरेको छ । सोमबार सार्वजनिक भएको बजेटबारे जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले लक्षित वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण भए पनि स्थानीय तहमा विस्तार हुने आर्थिक गतिविधिबाट त्यसमा केही भरथेग हुने बताए । “भूकम्पपछिको पुनःनिर्माणले तीव्र गति लिने, राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनका साथै कृषि क्षेत्रका कार्यक्रमको कार्यान्वयन, ऊर्जा क्षेत्रमा दिइएको प्राथमिकताले उद्योग र सेवा क्षेत्रमा हुने विस्तार एवम् यातायात सञ्जाल विस्तारले आर्थिक क्रियाकलापमा बढोत्तरी भई ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारको अपेक्षापूरा पढ्नुहोस्


बजेट प्रतिक्रिया : शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव

  सिवी अधिकारी जेष्ठ १६, काठमाडौँ । पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएर ल्याइएको आव २०७४/७५ को बजेटप्रति पर्यटन व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् तर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोड छ । पर्यटनको मुख्य पूर्वाधार विमानस्थल निर्माण, पदमार्ग विस्तार तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने गरी आएको बजेट पर्यटन मैत्री रहेको प्रतिक्रिया उनीहरुले दिए । पर्यटन प्रवर्द्धनका कामलाई थप प्रभावकारी बनाउन निजी क्षेत्रको साझेदारितालाई अझ प्रभावकारी तुल्याइनुपर्ने उनीहरुको सुझाव छ । बजेटप्रति अन्य निजी क्षेत्रको फरक धारणा आइरहँदा मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रलाई प्रत्यक्ष रुपमा लाभ हुने गरी लागू गर्न खोजिएका व्यवस्था कार्यान्वयनमा आए पर्यटन प्रवर्द्धन हुनेमा व्यवसायी विश्वस्तपूरा पढ्नुहोस्


११ जलविद्युत् आयोजना निर्माणको चरणमा

जेष्ठ १६, बाबियाचौर (म्याग्दी) । जिल्लामा ३०८ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । विद्युत् विकास विभागका अनुसार १४४ मेगावाट क्षमताका ७ वटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १६४ मेगावाट क्षमताका ४ वटा आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् । ३५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रवर्द्धक कम्पनीलाई अनुमति दिइएको विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले जानकारी दिए । २४२ मेगावाट क्षमताको ८ वटा आयोजनाको सर्वेक्षणका लागि विभागमा निवेदन परेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन र विद्युत् खरिद बिक्री सम्झौता गरेका आयोजनालाई निर्माणको अनुमति दिइएको उपमहानिर्देशक आचार्यले बताए । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाटपूरा पढ्नुहोस्


मतपत्र च्यातिएको बारे छानबिन गर्न माग

जेष्ठ १६, काठमाडौँ । चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा (एमाले)को उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको कार्यालय कान्तिपथमा पुगी सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितको टोलीले प्रमुख आयुक्त डा. यादव र आयुक्तलाई भेटी सो घटनाका नाममा पुनःमतदानतर्फ जाँदा निर्वाचनको प्रणाली र मूल्यमान्यतामा नै प्रश्न उठ्ने भएकाले च्यातिएका मतलाई अलग राखेर गणना गरी परिणाम घोषणा गर्न सकिने जनाएको छ । भेटपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मतपत्र च्यात्ने कार्यमा संलग्नलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिइसकेकाले सो घटनालाई गणनास्थल कब्जाका रुपमापूरा पढ्नुहोस्


उम्मेदवारले आफ्नै निर्वाचन चिन्ह बिर्संदा…

local-election-voting-confusion

जेष्ठ १६, भक्तपुर । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ गते स्थानीय तह मध्यपुर थिमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वातावरण उल्लासमय थियो । राजनीतिक दल मात्र होइन सर्वसाधारणको समेत निर्वाचन कार्यालयमा उत्सुकतापूर्ण भिड थियो । यही भिडमा स्वतन्त्र उम्मेदवारको हैसियतले मध्यपुर थिमि नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्येका एक थिए–मध्यपुर थिमिका बाबुकष्ण श्रेष्ठ । वैशाख ३१ गते निर्वाचन सम्पन्न भयो र जेठ १ गते बिहानदेखि सुरु भएको मतगणना– ८ गते बिहान सम्पन्न भयो । तर श्रेष्ठले एक मत पनि प्राप्त गर्न सकेनन् । श्रेष्ठको चुनाव चिन्ह थियो ‘ब्याडमिन्टन र कर्क’ । निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलकापूरा पढ्नुहोस्


सेनाको विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

जेष्ठ १६, भीमदत्तनगर । नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिए । सुुर्खेतबाट खाद्यान्न लिई हुम्ला, सिमीकोटका लागि उडेको सो जहाज अवतरण हुन नसकेपछि कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटनामा परेको हो । “अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाजपूरा पढ्नुहोस्


सहमतीय सरकारका लागि छलफल, बैठकमा एमाले सहभागी भएन

जेष्ठ १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सहमतिका आधारमा नयाँ सरकार गठन गर्न छलफल सुरु भएको छ । राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठन सम्बन्धमा आज व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेसको संयोजनमा संसद् भवन नयाँ बानेश्वरमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताको छलफल भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने उपस्थित भएन । प्रमुख सत्ता घटक दल काँग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने समझदारीअनुसार प्रधानमन्त्री दाहालले यही जेठ १० गते राजीनामा दिएका थिए । प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रावधानानुसार ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीकोपूरा पढ्नुहोस्


प्राथमिकता भौतिक पूर्वाधार निर्माणलाई

जेष्ठ १६, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७४/२०७५ मा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले हिजो व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको काठमाडौँ–तराई द्रुतमार्गका लागि आगामी आवमा रु. १० अर्ब १४ करोड बजेट विनियोजन गरिएको छ । यसैगरी हुलाकी मार्गको पहिलो चरणको ५१८ किमी खण्डसडक दुई वर्षमा निर्माण सम्पन्न गरिने प्रतिबद्धता बजेटले जनाएको छ । यसका लागि रु. चार अर्ब २७ करोड बजेट छुट्याइएको छ भने हुलाकी मार्गको दोस्रो चरण निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारी आवश्यक स्रोतको व्यवस्था गरिने भएकोपूरा पढ्नुहोस्