Main Menu

Monday, May 15th, 2017

 

सीमासम्म सडक र रेल सञ्जालले जोड्न चीनसमक्ष प्रस्ताव

train-road-agreement-proposal-china

जेष्ठ १, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गरेका छन् । चीन भ्रमणमा रहेका मन्त्री लेखकले आज चीनका यातायात मन्त्री लि जियाओ पेङसँगको भेटवार्तामा यस्तो प्रस्ताव राखेका हुन् । भेटका अवसरमा चिनियाँ मन्त्री पेङले ओबिओआर (वन बेल्ट वन रोड) मा हस्ताक्षरपछि नेपालको आर्थिक विकासमा नयाँ सुरुवात भएको बताए । मन्त्री लेखकको नेपालमा लगानी र ठूला परियोजनामा सहयोगका लागि गरेको प्रस्तावलाई पनि उनले स्वीकार गरेको स्वकीय सचिव जनक भट्टले जानकारी दिए । ठूला परियोजनामा लगानीका लागि नेपालका तर्फबाट चीनका लागि राजदूत लीलामणि पौडेललाई सम्पर्क व्यक्ति तोकिएको छ ।पूरा पढ्नुहोस्


१९ मत कम भएपछि दुधौली नपामा मतगणना रोकियो

khairhani-vote-counting-19-hrs-later

जेष्ठ १, सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा मतगणना कार्य अहिले रोकिएको छ । वडा नं २ मा खसेको मतभन्दा १९ मत कम भएपछि मतगणना कार्य रोकिएको हो । वडा नं २ मा हिजो १८३० मत खसेकामा आज १८११ मत मात्र भएपछि मतगणना कार्य रोकिएको दुधौलीका निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिए । मतदान अधिकृतले दिएको तथ्याङ्कभन्दा १९ मत कम भएपछि राजनीतिक दलहरु असन्तुष्ट बनेका छन् । दलहरुलाई सहमतिमा ल्याएर मतगणना चालु गर्ने प्रयास गरिएको भए पनि दलहरु सन्तुष्ट हुन सकेका छैनन् । दुधौलीमा आइतबार भएको मतदानमा खसेको २७ हजार ५५ मतमध्ये अहिले बन्डल बनाएर मतगणना गर्न खोज्दा २७ हजार ३६पूरा पढ्नुहोस्


विभिन्न स्थानबाट मत परिणाम आउन सुरु, एमाले अगाडि

khairhani-vote-counting-19-hrs-later

जेष्ठ १, काठमाडौँ । हिजो वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन २०७४ को पहिलो चरणको देशका विभिन्न ठाउँमा भएका मतगणनाबाट परिणामहरू आउन थालेको छ । मतपरिणाम अनुसार अहिलेसम्म नेकपा (एमाले) अगाडि छ ।  म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा (एमाले)का दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेकै महिला सदस्यमा बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्रसाद पुर्जा विजयी भएका छन् । दोवाबाट गाउँपालिकामा अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर पुनले २१०, उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाइजाले ३३६, काँग्रेसकी केशमाया मगरले २०४ मत प्राप्तपूरा पढ्नुहोस्


एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते

killing-vehicle-back-law

जेष्ठ १, मलेखु (धादिङ) । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ । पिलभन्ज्याङमा रहेको बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरिएको र त्रिपालसँगै जस्तापाताले समेत छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी सोही स्थानमा रगत लतपतिएको अवस्थामा भेटिएको थियो । सोही घरसँगै रहेको रेशम चेपाङको पसल फोरेर सामान लुटिएको सोही गाउँका प्रदीप श्रेष्ठले जानकारी दिए । राति घटना भएपछि छिमेकीले प्रहरीलाई खबर गरेको थियो । तर प्रहरी घटनास्थलपुग्न ढिलाइ हुँदा गाउँवासीलेपूरा पढ्नुहोस्


यमनमा हैजाको प्रकोप – १ सय १५ को मृत्यु

yemen-cholera-epidemic

जेष्ठ १, साना (यमन) । द्वन्द्वग्रस्त खाडी मुलुक यमनमा फैलिएको हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ११५ जना पुगेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले आइतबार जनाएको छ । हैजाको प्रकोपबाट ८ हजार ५ सय जना बिरामी परेका छन् । उनीहरुको उपचारका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्घसंस्थाहरु यमन पुगेका छन् । “हामीले अहिले हैजाको गम्भीर समस्याका रोगीहरुको उपचारमा सहयोग गरिरहेका छौँ,” आइसीआरसीका कार्यक्रम सञ्चालक डोमिनिक स्टिलहार्टले बताए । यमनको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै स्टिलहार्टले अप्रिल २७ देखि शनिबारसम्म १ सय १५ जनाको मृत्यु भएको बताए । मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले यमनमा हैजाका कारण ३४ जनाको मृत्यु भएको जनाएको थियो। यमनमापूरा पढ्नुहोस्


निर्वाचन उत्साह जनक र शान्तिपूर्ण – जियोक

election-peaceful-encouraging

जेष्ठ १, काठमाडौँ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रदेश नं ३, ४ र ६ का ३४ वटा जिल्लामा भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको निष्कर्ष निकालेको छ । सबै मतदान केन्द्रमा खटिएका जियोकका पर्यवेक्षकले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा स्थानीय तहको पहिलो चरणको निर्वाचन केही स्थानमा भएका छिटफुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उक्त संस्थाले प्रेस विज्ञप्तिमार्फत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । चौतीस जिल्लाका २ सय ८३ स्थानीय तहको निर्वाचनमा ६ हजार ६४२ मतदान केन्द्रको व्यवस्था गरिएको तर कतिपय जिल्लाका मतदान केन्द्र टाढा भएका कारण मतदातालाई घन्टौँसम्म हिँड्नुपरेको थियो । अधिकांश जिल्लामा बिहान सबेरैदेखि मतदाता मतदानपूरा पढ्नुहोस्