Main Menu

लुक्लामा गोमा एयरको विमान दुर्घटना

lukla-airplane-accidentजेष्ठ १३, सोलुखुम्बु । गोमा एयरको ९ एन एक के वाई कल साइनको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

विमान अवतरणका क्रममा रुखको हाँगामा ठोक्किएर विमान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार दुर्घटनाग्रस्त विमानका चालक प्रकाशकुमार राई र सहचालक सुजन मानन्धर तथा परिचारिका प्रज्ञा महर्जन घाइते भएका छन् । अहिले उनीहरुको उद्धार भइरहेको छ ।

(Visited 145 times, 1 visits today)

टिप्पणी

comments