Main Menu

महाभियोग प्रस्ताव फिर्ता हुने

impeachment-withdrawजेष्ठ १३, काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भोलि आइतबार बिहानसम्ममा फिर्ता हुने बताएका छन् ।

गत वैशाख १७ गते कार्कीविरुद्ध सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २ सय ४९ सांसदले सो प्रस्ताव दर्ता गरेपछि एमालेले न्यायालयमाथिको हस्तक्षेप भएको भनी विरोध गर्दै आएकोमा आज प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रस्ताव फिर्ता लिने सहमति भएको थियो । सर्वाेच्च अदालतकै आदेशबाट प्रधान न्यायाधीश कार्की नियमित काममा फर्किसकेका छन् ।

उपनेता नेम्वाङले सहमतिअनुसार आजै साँझ वा भोलि बिहानसम्ममा सो प्रस्ताव फिर्ता हुने बताउँदै संसद्मा अवरोध गर्ने आफ्नो पार्टीको चाहना नभई सरकारको गलत व्यवहारका कारण अवरोध भएको दाबी गरे ।

(Visited 90 times, 1 visits today)

टिप्पणी

comments