Main Menu

‘निर्वाचनमा भएको धाँधली’को छानबिन गर्न संसदीय छानबिन समिति गठन

election-manipulation-investigation-committeeजेष्ठ १३, काठमाडौँ । व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य-तथ्य बुझी प्रतिवेदन पेस गर्न ६ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको छ ।

प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान भएको सहमतिपछि संसद् सुचारु भएसँगै सो प्रस्ताव पेस भएको हो । समितिमा नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशी, नेकपा (एमाले)का राजेन्द्रप्रसाद पाण्डे, नेकपा (माओवादी केन्द्र)का रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भाष्कर भद्रा र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का डा. सुवोधकुमार पोखरेल छन् ।

सो समितिको गठन गरियोस् भनी माओवादी केन्द्रमा मुख्य सचेतक टेकहादुर बस्नेतले प्रस्ताव प्रस्तुत गरेका थिए भने काँग्रेस र एमालेका प्रमुख सचेतकहरु चीनकाजी श्रेष्ठ र भानुभक्त ढकालले समर्थन गरेका थिए । सो प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । प्रमुख प्रतिपक्ष एमालेले गत वैशाख ३१ मा विभिन्न ३४ जिल्लामा भएको स्थानीय निर्वाचनबारे छानबिन हुनुपर्ने माग गर्दै आएको थियो ।

संसद्को नियमावली, २०७३ को नियम १८३ बमोजिम गठित समितिको कार्यावधि ३ महिनाको हुनेछ । समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधि आफैले व्यवस्थित गर्न सक्नेछ ।

(Visited 109 times, 1 visits today)

टिप्पणी

comments