Main Menu

काठमाडौँमा मात्रै १० महिनामा १ हजार ८ सय उद्योग दर्ता

 

1800-industries-registered-kathmanduजेष्ठ ३०, काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा १ हजार ८१९ उद्योग दर्ता भएका छन् ।

उत्पादनमूलक २७५, सेवामूलक ८५९, पर्यटन सम्बन्धी ६१६, कृषिमूलक ६८ र विज्ञान प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयकी प्रवक्ता इन्दिरा गौतम (खनाल)ले जानकारी दिइन् ।

विसं २०७३ साउनमा ३५३, भदौमा ३५१, असोजमा १७२, कात्तिकमा १५७, मङ्सिरमा १६९, पुसमा १४४, माघमा १३९, फागुनमा १६०, चैतमा ८७ र २०७४ वैशाखमा ८७ उद्योग दर्ता भएका छन् ।

“देशमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको हो,” उनले भनिन् । संविधान निर्माणसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ ।

सरकारले रु. १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रुपमा वर्गीकरण गरेको छ । उक्त उद्योग साना तथा घरेलु उद्योग विभाग र समितिअन्तर्गतका जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ ।

(Visited 154 times, 1 visits today)

टिप्पणी

comments