Main Menu

मध्यपश्चिम विश्वविद्यालयले निजी शिक्षण संस्थालाई सम्बन्धन दिने

 

mid-western-uni-gives-private-affiliationजेष्ठ ३०, सुर्खेत । यहाँको ६ नम्बर प्रदेशको मुटुमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया सुरु गरेको बताएको छ ।

विश्वविद्यालयले बर्सेनि नेपालबाट लाखौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेशिनुका साथै अर्बौंको धनराशि बाहिरिने हुँदा यसलाई रोक्न अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा यसै वर्षदेखि सुर्खेतमै हुन लागेको जानकारी दिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले विश्वविद्यालयलाई आवश्यक दक्ष जनशक्ति उत्पादन तथा परिपूर्ति गर्न स्तरीय निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

सम्बन्धन नीति–२०७३ र मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषदद्वारा पारित कायविधि–२०७४ को अधिनमा रही उक्त कार्य अघि बढाइएको छ ।

“सरकारले १८ मध्ये १० वटा क्याम्पसलाई यसअघि नै स्वीकृति गरिसकेको छ, उक्त स्वीकृति पुँजीगत मात्र भएकाले दरबन्दीसहितको प्रक्रिया पूरा गर्न अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत विश्वविद्यालयले आवश्यक गृहकार्य गरिरहेको छ,” डा. मल्लले बताए ।

मध्यपश्चिमका १८ वटा सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पसको मान्यता दिएको विश्वविद्यालयले इन्जिनियरिङ र व्यवस्थापन सङ्काय सञ्चालनका लागि पनि निजी शैक्षिक संस्थालाई मान्यता दिन लागेको हो ।

(Visited 279 times, 1 visits today)

टिप्पणी

comments