Main Menu

Tuesday, February 20th, 2018

 

६ बीमा कम्पनीले ल्याउँदैछ ७ अर्बको हकप्रद शेयर

फागुन ८, काठमाडौँ विभिन्न ६ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । ती बीमा कम्पनीले कूल रु. ६ अर्ब ८५ करोड ६४ लाख ४१ हजार मूल्य बराबरको हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएको बोर्डले जनाएको छ । आवेदन दिनेमा सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर रु. २८ करोड ८७ लाख ७५ हजार मूल्यमा बिक्री गर्न लागिएको हो । सो कम्पनीले १० बराबर ४ कित्ताको दरमा हकप्रद शेयर दिन लागेको छपूरा पढ्नुहोस्


‘एकीकृत पार्टीलाई चीनको सहयोग’

फागुन ८, काठमाडौँ नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भई बन्ने एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उपमन्त्री झाउ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खुमलटारस्थित उनको निवासमा आज भएको भेटमा झाउले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।  भेटका क्रममा उपमन्त्री झाउले नेपाल सरकारका तर्फबाट चीन सरकारसँग यसअघि भएका सहमति तथा सम्झौता व्यवहारमा रुपान्तरित हुने विश्वाससमेत व्यक्त गरे ।  भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा नेपाल र चीनबीचको आपसी हित तथा चासोका विषयमा छलफल भएको बताइएको छ । भेटका अवसरमा उपमन्त्री झाउले एमाले रपूरा पढ्नुहोस्


‘बुधबारसम्ममा पूर्ण मन्त्रिमण्डल’

फागुन ८, काठमाडौँ नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिँदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए । सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गरी आर्थिक वृद्धि हासिल गर्ने हुँदा त्यसका लागि आवश्यक संख्या मात्र मन्त्रिपरिषद्मा रहने चर्चा गर्दै उनले भने, “हाम्रो कार्यदलले १५ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ । अब कतिपय मन्त्रालय एकीकृत गरिन्छ र कतिपय खारेज हुन्छन् ।” नेता ज्ञवालीले वर्तमान सरकारले लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा गर्ने, सुशासन कायम गरीपूरा पढ्नुहोस्


पार्टीको अध्यक्षता आलोपालो – अध्यक्ष प्रचण्ड

फागुन ८, रत्ननगर, चितवन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताएका छन् । भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रुपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गरे । “महाधिवेशन नभएसम्म दुवैजना अध्यक्ष प्रणालीमा गएका छौँ,” उनले भने, “आजबाट केपी ओली र मलाई अध्यक्ष मान्दा भयो ।” व्यवहारिक र सैद्धान्तिक रुपमा ओली र आफू नयाँ पार्टीको अध्यक्ष भएको भन्दै प्रचण्डले बैठकको अध्यक्षता समेत आलोपालो गर्ने गरी सहमति भएको जानकारी दिए । महाधिवेशनसम्म यसैगरीपूरा पढ्नुहोस्


सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

फागुन ८, काठमाडौँ नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम बाहेक आजको मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेकोमा काँग्रेसले विरोध जनाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । सरकारले बिना तर्क राष्ट्रियसभा सदस्यमा नयाँ नाम पठाएकोप्रति काँग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता शर्माले यसअघिका निर्णय उल्ट्याउँदै सरकारले गरेको निर्णयले आगामी दिनमा सत्ता र प्रतिपक्षबीच दुरी बढ्ने चिन्ता व्यक्त गरे । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा. युवराज खतिवडा, रामनारायण बिँडारी र डा. विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो । काँग्रेसले अघिल्लो सरकारले संविधानपूरा पढ्नुहोस्


साझाको अपाङ्गमैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

फागुन ८, ललितपुर लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म आपाङ्गमैत्री बस गुड्ने भएको छ । उक्त होचो बसमा अपाङ्गता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि आवतजावत गर्न हैरानी हुने छैन । सो सुविधा उपलब्ध भएपछि अस्पताल जानका लागि होस् वा अन्य ठाउँमा जानका लागि होस् ज्येष्ठ नागरिक अपाङ्ग, अशक्तले कसरी पुग्ने भन्ने चिन्ता नहुने भएको छ । झट्ट सुन्दा अपत्यारिलो लागे पनि केही महिनापछि काठमाडौँ उपत्यकामा देखिने यो दृष्यका लागि साझा यातायातले गत साता होचो (सेमीपूरा पढ्नुहोस्


बन्दको प्रभाव शून्य, सवारी साधन यथावत् सञ्चालनमा

फागुन ८, काठमाडौँ नेपाल बन्दको हल्ला गरिए पनि आज बिहानैदेखि सार्वजनिक साधन यथावत् सञ्चालन भइरहेको छ । बिहान केही समय यातायात कम चलेपनि कार्यालय समयपछि पूर्ववत् सवारी साधन सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको थियो । उपत्यकामा सवारी साधन चलेपनि बाहिर जाने सवारी साधन भने कम रहेको महाशाखाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । उपत्यका बाहिर केही स्थानमा बन्दको प्रभाव परेको जनाइएको छ । “सोमबार बेलुकी नै उपत्यका बाहिरबाट आएका सार्वजनिक यातायात बिहान उपत्यका भित्रिएका छन्,” उनले भने, “केही विद्यालय बन्द भएकाले पहेँलोपूरा पढ्नुहोस्


महानगरका सडक बत्ती वर्षदिन नपुग्दै बिग्रिए

फागुन ८, ललितपुर ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् । अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रयोगमा आएकामध्ये झण्डै ८० प्रतिशतको चिम बिग्रिसकेको बताए । गत वर्ष स्थानीयवासीको जनसहभागितामा महानगरपालिकाले चिम हालेको थियो । कम क्षमताको ब्याट्रीका कारण चिम चाँडो बिग्रिएको बताउँदै उनले भने, “स्थानीयवासीको गुनासो आएपछि म आफैँ पनि रातको समयमा गएर सडकका बत्ती हेर्दै आएको छु ।” महानगरपालिकाका सडकमा बत्ती जडान गर्नका लागि धेरै संस्था इच्छुक भएको प्रमुख महर्जनले बताए । महानगरपालिकाले भने गुणस्तरमा जोड दिएको छ । उनी भन्छन्, “मैले काम गर्न चाहने संस्थालाईपूरा पढ्नुहोस्


एउटै विषयको काव्य भएर पनि ‘मुनामदन’ र ‘सँदेया लिसः’ फरक छन्– सत्यमोहन

फागुन ८, काठमाडौं खस भाषा (नेपाली) मा लेखिएको ‘मुनामदन’ र नेपाल भाषामा लेखिएको ‘सँदेया लिसः’ तिब्बतमा व्यापार गर्न गएका नेपालीहरुको कहानी समेटेर लेखिएको एउटै विषयका खण्डकाव्य भएर पनि ती दुई कृति फरक भएको बिचार संस्कृतिविद् सत्यमोहन जोशीले बताएका छन् । नेपाल भाषाको साहित्यमा ख्याति कमाएका नेपाली साहित्यकार बितेका धर्मरत्न यमीको ‘सँदेया लिसः’ खण्डकाव्यको अङ्ग्रेजी संस्करण Reply from Tibet को हिजो राजधानी काठमाडौंमा सम्पन्न बिमोचन कार्यक्रमलाई सम्वोधन गर्दै सन्तानब्बे वर्षे संस्कृतिविद जोशीले उक्त बिचार व्यक्त गरेका हुन् । उनले भने, “महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ नेपाली जनमानसमा अति नै लोकप्रिय छ । र, झ्याउरे संगीतमा ढालेर रचना गरिएको त्यो कृति अति नैपूरा पढ्नुहोस्


देउवा सरकारले गरेको निर्णय फिर्ता, राष्ट्रियसभामा ३ जनाको नाम सिफारिस

फागुन ८, काठमाडौँ मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अर्थशास्त्री डा. युवराज खतिवडा, कानूनविद् रामनारायण बिंडारी र अर्थविद् विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जानकारी दिए ।  ५९ सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीन जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना सदस्य यसअघि नै निर्वाचित भइसकेका छन् ।  यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मापूरा पढ्नुहोस्