Main Menu

Monday, February 5th, 2018

 

धुर्मुस–सुन्तली नमूना बस्ती मंगलबार हस्तान्तरण गरिने

माघ २२, रौतहट धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने भएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले मंगलबार आयोजिना गरिने एक कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो । गत असोज ४ गते शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा करिब रु. ५ करोड ९६ लाखको लागतमा सुविधासम्पन्न बस्ती बनाइएको हो ।   यो एकीकृतपूरा पढ्नुहोस्


बजेट पारदर्शीतामा नेपाल दक्षिण एशियामै पहिलो नम्बरमा

माघ २२, काठमाडौँ नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एशियामै अग्रस्थानमा देखिएको एक विश्वव्यापी अध्ययनले देखाएको छ । कूल १०० अंकमा नेपाललाई ५२ अंक प्राप्त विश्वको औषत ४२ अंक पूर्वबजेट विवरण र नागरिक बजेट प्रकाशन नगरेर प्रगति गर्नबाट भने चुकेको सन् २००६ देखि नेपालको खुल्ला बजेट छलफलमा सहभागी हुन थालेको हो । जसअनुसार नेपालले २००६ मा ३६ अंक , २००८ मा ४३ अंक, २०१० मा ४५ अंक, २०१२ मा ४४ अंक, २०१५ मा २४ र यस वर्ष (२०१७) मा ५२ अंक प्राप्त गरेको हो । सर्वेक्षण प्रत्येक २-२ वर्षमा गरिन्छ । दक्षिण एशियामा नेपालपछि अफगानिस्तान ४९ अंकका साथ दोस्रो,पूरा पढ्नुहोस्


प्रदेश नं ४ को सभामुख र उपसभामुखको निर्वाचन मिति तोकियो

माघ २२, पोखरा प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।


९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै

माघ २२, धनगढी ५३ प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ मा ९५ प्रतिशत सांसदले पहिलो पटक संसदीय अनुभव बटुल्दैछन् । चारवटा दलका सांसद रहेको यस प्रदेशको संसद्मा सबैभन्दा बढी नेकपा (एमाले)का २५ जना सांसद रहेका छन् । एमालेका सबै सांसद संसद्मा नयाँ अनुहार हुन् । नेकपा (माओवादी केन्द्र)का १४ जनामध्ये कैलालीबाट प्रदेशसभामा निर्वाचित वीरभान चौधरी यसअघि २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश संसद्मा नेपाली काँग्रेसका १२ जना सांसद रहेका छन् । डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद भरतबहादुर खड्का यसअघि २०७० सालमा दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए । राष्ट्रिय जनता पार्टीबाट समानुपातिकतर्फकी प्रदेशसभा सदस्य मालामती राना पनि यसअघिपूरा पढ्नुहोस्


वायु प्रदूषणविरुद्ध फेरि हुँदैछ मास्कमाण्डौ

माघ २२, ललितपुर राजधानीमा प्रदूषणविरुद्ध जनचेतना बढाउन र सरोकारवालाहरुलाई दबाब सिर्जना गर्न मास्कमाण्डौ–३ को अभियान शुरु गर्न लागिएको छ । बढ्दो सवारी साधन, सडकको गुणस्तर र अव्यवस्थित शहरीकरणसँगै केही वर्षयता काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर निकै खस्किएको र यसले वातावरण तथा जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्याएको भन्दै त्यसको न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै सो अभियान शुरु गरिएको बताइएको छ । स्वच्छ ऊर्जा नेपालको अग्रसरमा शुरु गरिएको सो अभियान तेस्रो हो । सन् २०१६ मा मास्कमाण्डौ पहिलो र दोस्रो सम्पन्न भएको थियो । विभिन्न अध्ययनले काठमाडौँको वायु प्रदूषण विश्वकै उच्च रहेको देखाएको र यसले काठमाडौँको पहिचान अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक पर्न गएकोपूरा पढ्नुहोस्


इम्बोस्ड नम्बरप्लेटबाट ट्राफिक प्रहरी नै झुक्किन्छन्

माघ २२, काठमाडौँ इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्था गरेको हो । दरबारमार्ग ट्राफिक कार्यालयमा कार्यरत एक प्रहरी जवान इम्बोस्ड नम्बर प्लेटका सवारीसाधनबाट आफू झुक्किने गरेको बताउँछन् । “नेपाली नम्बर प्लेटका सवारीसाधनको व्यवस्थापन गर्दै आएकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन आउँदा शुरुशुरुमा कुन सवारीसाधन होला भनेर अन्योल हुँदो रहेछ,”– उनी भन्छन् । उपत्यकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन गुड्न थालेपछि सर्वसाधारण मात्र नभई अधिकांश ट्राफिक प्रहरी नै झुक्किनेपूरा पढ्नुहोस्


रुपचन्द्रले शुरु गरेको कृषि कर हटेपछि विद्यालयलाई आर्थिक भार

माघ २२, पालुङ, मकवानपुर   ३० को दशकसम्म स्थानीय कृषकबाट उत्पादित तरकारीमा लगाइने करको केही हिस्सा पाउँदै आएको जनकल्याण माध्यमिक विद्यालयले अहिले आम्दानीका अन्य स्रोतमा भर पर्नु परेको छ । थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टले थालनी गरेको सो कृषि करले विद्यालयको आर्थिक संकट टर्ने गरेकामा हाल सरकारको न्यून बजेटको मारमा विद्यालय परेको हो । केन्द्र र स्थानीय सरकारबाट पाउने अनुदानबाट नपुगेर विद्यालयले अभिभावक र अन्य स्रोतबाट चन्दा सहयोग जुटाएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिलाउन पहल गरिरहेको छ । विद्यालय शुरुआतका समयमा आर्थिक संकट हुँदा तत्कालीन प्रधानाध्यापक रुपचन्द्र विष्टको नेतृत्वमा पालुङ विकास समिति २०३१ गठन गरी कृषि करको अभियान थालनी भएको थियोपूरा पढ्नुहोस्