Main Menu

Tuesday, February 27th, 2018

 

आर्थिक विकासका लागि सहकारीको प्रतिबद्धता

१५ फागुन, रत्ननगर, चितवन विभिन्न सहकारीमा आबद्ध जिल्लाका सहकारीकर्मीले आर्थिक विकासका लागि सहकारी महत्वपूर्ण माध्यम भएको भन्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । सहकारीको माध्यमबाट आर्थिक विकासका लागि प्रतिबद्धता तयार पारी सार्वजनिक गरिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी सञ्चालक शान्ति अधिकारीले जानकारी दिए । उनका अनुसार सहकारी ऐन, नियम र मापदण्ड ल्याउने, ऐन संशोधनका लागि केन्द्र र प्रदेश तथा सहकारी विकास बोर्ड र सहकारी महासंघलाई ध्यानाकर्षण गराउने, सहकारीसम्बन्धी नीति, कानूनी व्यवस्था र कार्यक्रम वनाउन सहकारी अभियानसँग परामर्श गर्नेलगायत प्रतिबद्धता सार्वजनिक गरिएको हो । जिल्लाका सबै स्थानीय तहमा सहकारी प्रवर्दनका लागि प्रभावकारी शाखा स्थापना गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्नेपूरा पढ्नुहोस्


नकुहिने प्लाष्टिक कम्पनी र हरियो स्टिकर नभएका सवारी साधनलाई कारवाही

१५ फागुन, भक्तपुर जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताएका छन् । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध लगाइने बताए । उनका अनुसार आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्ध लगाइने छ । “हरियो स्टिकर भएर पनि प्रदूषणयुक्त कालो धुवाँ फाल्ने सवारी साधनलाई परीक्षण गरी कारवाही गरिनेछ र त्यस्ता सवारी साधनका कर्मचारीको नाम समेत उल्लेख गरी सवारीधनी र कर्मचारीलाई समेत कारबाही गरिने छ ”, उनले भने । वातावरणको ख्याल नगरी कानून मिच्दैपूरा पढ्नुहोस्


‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई ‘अल्वेण्डाजोल’

१५ फागुन, बाबियाचौर, म्याग्दी म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ । वि.सं. २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरण कक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेण्डाजोलको बट्टा दिएका थिए । कुँवर र उनका परिवारले माघको २३ गतेमात्रै आफूलाई आइरन चक्की नभएर जुकाको औषधि दिएको थाहा पाएपछि तत्कालै बेनी अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएका थिए । उनीहरुले अस्पताल, जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको कार्यालयमा उजुरी दिएका छन् । खड्का हाल सात महिनाकी गर्भवती छिन् । स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारणपूरा पढ्नुहोस्


एम्बुलेन्स नहुँदा…

१५ फागुन, बर्दिवास महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रका सर्वसाधारण आकस्मिक उपचार सेवाका लागि एम्बुलेन्स सुविधा नपाउँदा मर्कामा परेका छन् । एक वर्षदेखि बिग्रेर थन्किएका बर्दिवासको सरकारी अस्पताल (बर्दिवास अस्पताल) का दुवै एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा नल्याउँदा यस क्षेत्रका सर्वसाधारणले आकस्मिक उपचार सेवा लिन पाएका छैनन् । अस्पतालले एम्बुलेन्स मर्मतसम्भार गरेर सञ्चालन गर्न तत्परता नदेखाउँदा यस भेगका विपन्न मान्छे चर्को मूल्यमा निजी एम्बुलेन्स लिएर अस्पताल पुग्न बाध्य हुनुपरेको सर्वसाधारणको गुनासो छ । ‘एक वर्ष भइसक्यो, एम्बुलेन्स बिग्रेको, अहिले बन्ला छैन, भोलि बन्ला छैन’, बर्दिवास–२ बुद्धचोककी पवित्रा खड्काले अस्पताल प्रशासनप्रति रोश व्यक्त गर्दै भने, “के छ र ? ठूलाबडालाई पैसा भएपछि सुविधा पाकै छन्,पूरा पढ्नुहोस्


तीन वर्षदेखि बन्द रहेको माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु

फागुन १५, चौतारा २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाबाट पाँच वर्षसम्म उत्पादन बन्द हुँदा कम्पनीका अतिरिक्त राष्ट्रले नै ठूलो घाटा ब्यहोर्नु पर्नेभएको छ । २०७१ साल साउन १७ गतेको जुरे पहिरोले प्रशारण लाइनको टावरलाई क्षति पुर्याएपछि झण्डै चार महिना आयोजनाबाट उत्पादन बन्द भई मर्मत पछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएलगत्तै २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि मर्मत भइरहेको आयोजनालाई २०७३ साल असार २१ गते तिब्बतबाट आएको भोटेकोशीको बाढीलेपूरा पढ्नुहोस्


शिवपुरी निकुञ्ज बीचको बस्ती स्थानान्तरण गरिनुपर्छ – प्रतिवेदन

फागुन १५, काठमाडौँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने जंगलभित्र रहेको मानव बस्ती स्थानान्तरण गर्न सुझाव दिइएको छ । वन तथा भू–संरक्षण मन्त्रालयले निकुञ्जभित्रको बस्ती स्थानान्तरणका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको संयोजकत्वमा गठन भएको उक्त समितिले अध्ययन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा निकुञ्जको बीचमा रहेका बस्ती सार्न सिफारिश गरिएको प्रमुख संरक्षण अधिकृत कुँवरले बताए । निकुञ्ज बीचमा बस्ती हुँदा त्यहाँ बसोबास गर्ने स्थानीयवासीलाई आवतजावत, जीविकोपार्जनलगायत समस्या हुँदै आएको थियो । कार्यदलले विभागमा बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रालयमापूरा पढ्नुहोस्