Main Menu

Sunday, February 11th, 2018

 

प्रदेश २ को भाषा विवाद

भाषाको विषयलाई लिएर प्रदेश नं २ मा चुलिँदै गएको विवादले अझै समाधानको बाटो पहिल्याउन सकेको छैन । त्यहाँका केही प्रदेशसभा सदस्यले हिन्दी भाषामा शपथ लिएपछि भाषाको विवाद चुलिँदै गएको हो । प्रदेश २ का ८ जिल्लामध्ये ६ वटा जिल्लामा भाषिक चर्चा परिचर्चा र विरोधका कार्यक्रम दिनप्रतिदिन भइरहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार प्रदेश नं २ का ८ जिल्लामा मैथिली भाषी ४५.३० प्रतिशत, भोजपुरी भाषी १८.५८ प्रतिशत र हिन्दी भाषी ०.१२ प्रतिशत रहेका छन् । विवाद चुलिनुका कारणमध्ये कतिपय प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने बेलामा आफ्नो मातृभाषालाई बेवास्ता गरी अन्य भाषालाई मातृभाषा भनी उल्लेख गर्नुलाई मानिएको छ । शपथका दिनपूरा पढ्नुहोस्


दुई कविता – अनामिका गौतम

अनामिका गौतम अनामिका पछ्यौरीमा बेरिएको मेरो परिचय आदिम युग बोकेको काँध रुमल्लिएका अस्पष्ट भावबिहीन ऊर्जाहरु अनि रेलबाट उसले हल्लाइरहेको हात । चित्कार्छु, म नाम नभएकी स्त्री ।। झुम्कामाथि अडिएको मेरो प्राण, लिलामभित्र चोरिएको रहर साँघुरो क्षितिजमा अस्ताएको मानस – पटल अनि, उसले गाजिरहेको हृदय । विज्ञापनमा, म नाम नभएकी स्त्री ।। रुपान्तरण निस्पट्ट यो अँध्यारोमा, बिलाएको स्वप्न सरि, कालो घना बादलभित्र गुम्सिएको कठै बरि ! सबै खोज्छन् मिठो फल, सबै रोज्छन् ऐश -आराम कुल्चिएर, थिचिएर, निसासियो गहभरि ! घृणा मात्रै हृदयमा, कतै मृत्यु अकालमै कतै बोट माथि फलने, पाकेको छ बिष सरि ! फैलाएर हस्तरेखा, माथमाथि, कालो छाया कठै !पूरा पढ्नुहोस्


संघीय संसद्ले पूर्णता पाएसँगै काँग्रेस सरकारबाट बाहिरिन्छ – नेता निधि

home-minister-resignation-withdrawal

माघ २८, काठमाडौँ नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले अबको एक साताभित्रमा काँग्रेस सरकारबाट बाहिरिने बताएका छन् । नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको १०औँ केन्द्रीय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै पूर्वगृहमन्त्री निधिले संघीय संसद्ले पूर्णता पाएसँगै काँग्रेसले सरकार छोड्ने बताए । नेता निधिले पार्टीका तर्फबाट समानुपातिकतर्फ निर्वाचित हुनेको नाम निर्वाचन आयोगमा पठाउने तयारी भइरहेको जानकारी दिए । उनले दुग्ध विकास संस्थान धरासायी बन्दै गएकाले संस्थानको दूध उत्पादन र वितरण प्रणालीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याए । नेता निधिले संघीय शासन व्यवस्थाले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे ।


पौडेल प्रदेशको नं ३ को मुख्यमन्त्री नियुक्त

माघ २८, हेटौँडा प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले आज नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा (एमाले) प्रदेश नं ३ का संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् । प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आज साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदको नियुक्तिको जानकारी दिए । नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान पद र गोपनियताको शपथ गराउने कार्यक्रम रहेको बताइएको छ ।


बेसीशहर-चामे सडकमा सवारी आवतजावतमा रोक

माघ २८, मनाङ मनाङ र लमजुङ जोड्ने एउटै मात्र सडक बेसीशहर-चामे सडक आजबाट ४ दिनका लागि बन्द हुने भएको छ । मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा मोटरेवल पुल निर्माण गर्ने क्रममा आजबाट पुलको ढलान हुने भएकाले सवारी आवतजावतमा रोक लगाइएको हो । साँघुरो सडक भएको र अर्को कुनै विकल्प नहुँदा सवारी आवतजावतमा रोक लगाइएको पुल निर्माणका सह– इन्चार्ज नारायण लामाले बताए । वि.सं. २०७२ मा भीषण वर्षाले यस खोलाको पुल बगाएपछि हालसम्म काठको अस्थायी पुल निर्माण गरी सवारी साधन ओहोरदोहर गरिरहेका छन् । गत जेठमा सडक डिभिजनसँग रु. २ करोड ५ लाख १७ हजार ८६९ मा सम्झौता गरीपूरा पढ्नुहोस्


प्रदेशसभामा खटाइएका १७४ कर्मचारीहरूमध्ये २१ मात्र उपस्थित

माघ २८, महेन्द्रनगर, धनुषा प्रदेश नं २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सातवटा मन्त्रालयको कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १७४ जना कर्मचारी खटाउने निर्णय गरेको भए पनि हालसम्म २१ जना कर्मचारी मात्र उपस्थित भएका छन् । सरकारले १५ दिनअघि नै निर्णय गरेर प्रदेशमा जान कर्मचारीलाई निर्देशन दिए पनि अहिलेसम्म प्रमुख सचिवलगायत २१ जना कर्मचारी मात्र हाजिर भएका कारण कामकाज व्यवस्थित हुन नसकेको प्रदेश नं २ का प्रमुख सचिव राजेश्वरमान सिंहले जानकारी दिए । उनले सरकारले कर्मचारी खटाएको महिना दिन बित्न लाग्दा पनि कर्मचारीहरू अटेरीपूरा पढ्नुहोस्


पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्युठानको ८ औँ साधारण सभा सम्पन्न

माघ २८, वाग्दुला, प्युठान नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा प्युठानकाे अाठाैँ साधारण सभा शनिबार वाग्दुला, प्युठानमा सम्पन्न भएकाे छ । ८ औँ साधारण सभाका विशेष अतिथि तथा प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षापतीले प्युठान जिल्लामा सहज, सरल र समयमै पाठयपुस्तक उपलब्ध गराउने विषयमा प्युठान जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीले अधिकतम प्रयास गरी विद्यार्थीहरूलाई समयमै पाठयपुस्तक उपलब्ध गराउने काममा लाग्न सुझाव दिएका थिए । विद्यार्थीहरूले भर्नासँगै पाठयपुस्तक पाउने वातावरण सिर्जना गरी जिल्लाका सबै विद्यार्थीहरूकाे हातहातमा पुस्तक पुर्याउने काममा तत्काल लाग्न पुस्तक व्यवसायीलाई अाग्रह गरेका थिए । उक्त कार्यक्रममा बाेल्दै विशेष अतिथि कक्षापतीले प्युठान जिल्लाका विद्यालयहरूलाई पाठयपुस्तक उपलब्ध गराउने काममापूरा पढ्नुहोस्