Main Menu

Friday, February 16th, 2018

 

पाँचौ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ हुँदै

फागुन ४, काठमाडौँ पाँचौ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ का लागि प्रतियोगिताको पहिलो चरणको परीक्षा भोलि शनिबार देशका विभिन्न चार शहरमा सञ्चालन हुँदैछ । नेपाल एस्ट्रोनोमी सोसाइटीका अनुसार विराटनगर, चितवन, काठमाडौँ, पोखरा, तथा धनगढीमा सञ्चालन हुने परीक्षामा देशभरिका ३० भन्दा बढी विद्यालयका करिब ६० भन्दा विद्यार्थीको सहभागिता रहने छ । विद्यार्थीको सुविधाको लागि वेबसाइट www.nepalastronomicalsociety.org/olympiad मा गई आवेदन फारम तथा प्रतियोगितासम्बन्धी जानकारी पाउन सकिने समाजका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । प्रतियोगितामा २० वर्षभन्दा कम उमेरका १०ं जोड २ मा अध्ययनरत वा सन् २०१८ मा विश्वविद्यालय कार्यक्रममा भर्ना हुने नेपाली विद्यार्थी सहभागी हुन पाउनेछन् । राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक राष्ट्रिय प्रारम्भिकपूरा पढ्नुहोस्


एकतामा प्राविधिक पाटो सकिए पनि वैचारिक विषयमा टुङ्ग्याउन बाँकी-महरा

फागुन ४, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले माओवादी केन्द्र र नेकपा (एमाले) बीचको एकताका प्राविधिक पाटो सकिए पनि वैचारिक विषय टुङ्गो लगाउने काम बाँकी रहेको बताएका छन् । कूटनीतिक अध्ययन संस्था नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालको कूटनीतिक र कूटनीतिक शास्त्र’बारेको अन्तर्क्रियामा उनले पार्टी एकता अन्तिम चरणमा रहेको स्पष्ट पारे । एकताको क्रममा पार्टीले अँंगाल्दै आएको वैचारिक पाटो महत्वपूर्ण हुन्छ भन्दै उनले थपे, “प्राविधिक समस्या छैन, वैचारिक विषयमा टुङ्गो लागेको छैन, यो महत्वपूर्ण विषय हो ।” दुई पार्टीले अँगाल्दै आएका वैचारिक धरातलबाट माथि उठेर मात्र एकता हुने स्पष्ट पार्दै नेता महराले भने, “हामीले माओवाद नछाड्ने, एमालेले जनताको बहुदलीयपूरा पढ्नुहोस्


नेपालले पहिलो खेल जिम्बाब्वेसँग खेल्ने

फागुन ४, काठमाडौँ एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बाब्वेसँग खेल्ने भएको छ । आगामी फागुन २० गतेदेखि जिम्बाब्वेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बाब्वे र स्कटल्यान्ड रहेका छन् । आइसिसिले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बाब्वेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्नेछ । डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन् । समूहचरणमा सबै टिमले एकअर्कासँग १-१ खेल खेल्नेछन् भने दुबै समूहबाटपूरा पढ्नुहोस्


‘हेटौँडा कुनै पनि हालतमा प्रदेश नं ३ को राजधानी हुन सक्दैन’

फागुन ४, भक्तपुर प्रदेश नं ३ को स्थायी राजधानी हेटौँडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटौँडालाई अस्थायी राजधानी तोकेकाले अन्यत्रै राजधानी सार्नुपर्नेमा जोड दिएका हुन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा प्रदेश नं ३ को भौगोलिक अवस्था नियाल्दा हेटौँडा राजधानीका लागि उपयुक्त नभएको काभ्रेका सांसद गोकुल बास्कोटाले बताए । प्रदेश सांसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिँदै उनले यस प्रदेशको राजधानी काभ्रे नै उपयुक्त हुने दाबी समेत गरे ।पूरा पढ्नुहोस्


तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि साढे २ अर्बको शेयर जारी गर्दै

फागुन ४, चरिकोट माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु. २ अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक तयारी रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपाने बताउँछन् । आयोजनाले रु. २ करोड ६४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेकामा स्थानीयवासीलाई रु. १ अर्ब ५ करोड र अन्य सर्वसाधारणलाई रु. १ अर्ब ५८ करोडको शेयर दिने कम्पनीले जनाएको छ । धितोपत्रपूरा पढ्नुहोस्


नारायणगढ–मुग्लिन सडक सकाउन ठेकेदारले थप ३ वर्ष माग्यो

फागुन ४, चितवन दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको छ । देशकै लाइफलाईन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको विस्तारको कामलाई ठेकेदार कम्पनीले १ हजार ४९ दिन थप गर्न माग गरेको हो । निर्माण सम्पन्न गर्नुपर्ने मितिमा काम नसकिएपछि ३ पटक गरेर १० महिना यसअघि नै म्याद थप गरिएको थियो । तीन खण्डमा विभाजन गरी ठेक्का दिइएको उक्त सडक खण्डको तेस्रो पटक थपिएको मिति पहिलो खण्डको बुधबार सकिएको छ, भने अन्य दुई खण्डको यही फागुन ८ गते सकिँदैछ । हालसम्म ७४ प्रतिशत काम मात्रै सकिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका सहायकपूरा पढ्नुहोस्


प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो

फागुन ४, भक्तपुर नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए । प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अधिकारीले जानकारी दिए । टेलिफोन कुराकानीमा मोदीलाई प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको बताएका थिए । भारतसँगको मित्रता अझै सुदृढ बनाएर लैजान आफूपूरा पढ्नुहोस्


हाउगुजी नै सही माओवाद मान्य भएन एमालेलाई

  केपि ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बनाउँदै गर्दा एउटै पार्टी बनाउने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको भनिएका, वामदेवको भाषामा एकताका लागि ९५ प्रतिशत काम सकिएको घोषणा गरिरहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत पार्टीको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ गर्ने कि ‘माओवाद’ भन्ने कुरो टुङ्गो लगाउन नसक्दा एकताको सवालमा अलमलिएका छन् । फागुन ३ गते राष्ट्रपति भवन शितलनिवासमा नवनियुक्त प्रधानमन्त्री केपि ओलीले शपथ ग्रहण गर्दा माओवादी तर्फबाट बन्ने मन्त्रीहरुले पनि पहिलो चरणमै राष्ट्रपतिअगाडि प्रधानमन्त्रीबाट शपथ लिने आम अपेक्षा विपरित एमालेका तर्फबाट थममाया थापामगर र लालबाबु पण्डितलाई मात्र मन्त्रीमा शपथ गराइए । थममाया थापामगर र लालबाबु पण्डित दुबै एमाले वृत्तमा गुटगतपूरा पढ्नुहोस्