Main Menu

Friday, February 23rd, 2018

 

चितवनमा गोहीको गणना हुँदै

फागुन ११, रत्ननगर, चितवन चितवनको राप्ती र नारायणी नदीमा अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको गणना आजबाट शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरको सहकार्यमा गोही गणना शुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पर्यावरणविद् लक्ष्मण पौडेलले गोही गणनाका लागि नारायणी र राप्ती नदीलाई ११ भागमा बिभाजन गरेर ११ वटा टोली परिचालन गरेर गणकलाई बिहानै नदीमा खटाइ सकिएको जानकारी दिए । गणना गर्दा गोही छुट्न सक्ने भएकाले तीन दिनसम्म दोहोर्याएर गणक नदीमा खटिने जनाइएको छ । गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिकपूरा पढ्नुहोस्


८ वर्षदेखि अलपत्र तमोर नदीको मोटरेबल पुल निर्माण तीव्र गतिमा

फागुन ११, ताप्लेजुङ ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा ८ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो । टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ भने बाँकी ३० प्रतिशत काम यो महिनाभित्रै सम्पन्न हुने निर्माणमा संलग्न हुलास कम्पनीका इन्जिनियर सुशील साहले जानकारी दिए । उनका अनुसार गएको माघ ४ गतेदेखि २५ जना कामदारले टेका लगाएर पुल जडान गरिरहेका छन् । जडानको कार्य सकिएपछि कन्काई मैनाचुली याक्थुङ्हाङले ढलाइको काम शुरु गर्नेपूरा पढ्नुहोस्


संसदीय दलको नेता हुन मै योग्य छु – नेता सिंह

फागुन ११, सिन्धुली नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले अहिलेसम्म संसदीय दलको नेतामा कसैले दाबी नगरेको अवस्थामा आफू संसदीय दलको नेता हुन योग्य भएको बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले काँग्रेस पार्टी कार्यालयमा आज गरेको पत्रकार सम्मेलनमा नेता सिंहले पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता नहुने प्रष्ट पारे । “पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक नियमित गर्न नसकेका कारण अब संसदीय दलको नेतामा उहाँ हुन सक्नुहुन्न,” उनले भने । पार्टी सभापति देउवाले संसदीय दलको नेतामा दाबी गरेमा आफू प्रतिस्पर्धामा उत्रिएर संसदीय दलको नेता हुने दाबी गर्दै उनले भने, “परम्परागत रुपमा नै संसदीय दलको नेता बनाए यो सिङ्गो पार्टीको हितमापूरा पढ्नुहोस्


नवलपरासीमा बस दुर्घटना, ३० जना घाइते, ३ को अवस्था गम्भीर

फागुन ११, नवलपरासी पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवलमा आज भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नं को बसको पंग्रा (टायर) पड्केर विपरित दिशाबाट आउँदै गरेको युपी ८३ एटि ३९६६ नं को भारतीय ट्रकमा ठोकिएपछि सो दुर्घटना भएको हो । घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमहिको सामुदायिक अस्पतालमा उपचार भइरहेको सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा अझै घाइते हुनसक्ने अनुमान प्रहरीको छ ।


छोराले रडले प्रहार गर्दा आमाको मृत्यु, बहिनी गम्भीर

फागुन ११, लहान छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए । रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी आमा ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय, लक्ष्मीपुर पतारीले जनाएको छ । सोही रड प्रहारबाट गम्भीर घाइते भएकी सुनिता दासको विराटनगरस्थित नोबेल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छपूरा पढ्नुहोस्


सुशासन र शान्ति सुरक्षा पहिलो प्राथमिकता – मन्त्री केसी

फागुन ११, लिबाङ, रोल्पा प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सुशासन र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको भवन निर्माण र पत्रकारिता कल्याण कोष स्थापनाका लागि सहयोग संकलन कार्यक्रममा रोल्पा आइपुगेका मन्त्री केसीले बिहीबार प्रमुख अतिथिको आशनबाट बोल्दै यस्तो बताएका हुन् । यसैबीच, उनले प्रदेशसभाका सदस्यबाट सहमति गरी सबैलाई पायक पर्ने ठाउँमा प्रदेश नं ५ को राजधानी राखिनेसमेत जानकारी दिए । “नयाँ घर बनाउन गाह्रो छ, त्यस्तै नयाँ संरचनामा जान पनि गाह्रो छ । तर पनि सहमतीय प्रयासबाट हामीले प्रादेशिक गतिविधि सञ्चालन गर्दै जानेछौँ”, उनले भने । मन्त्रीपूरा पढ्नुहोस्


कपिलवस्तुमा मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल

११ फागुन, कपिलवस्तु पुरातत्व विभागको पछिल्लो उत्खननले मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल कपिलवस्तुमा रहेको देखाएको छ । पुरातात्विक हिसाबले मुलुकमा भएका जिल्लामध्ये सो जिल्लामा सबैभन्दा बढी पुरातात्विकस्थल यहाँ पाइएपछि यो स्थान सांस्कृतिक हिसाबले धनी मानिएको छ । मुलुकको नयाँ संरचनाअनुसार प्रदेश नं ५ मा पर्ने यस क्षेत्रका विभिन्न भागमा अहिलेसम्म गरिएका उत्खननका क्रममा यति धेरै स्थल पहिलोपटक भेटिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार दोस्रो धनी जिल्ला रुपन्देहीमा ९९ पुरातात्विकस्थल छन् । नवलपरासीमा करिब ४० पुरातात्विकस्थल रहेको जनाइएको छ । स्थानीय तिलौराकोट, अरौँराकोट, कुदान, निगलिहवा, सगरहवा, गोटिहवा, दोहनी, प्राचीन स्तुप, सिसहनियालगायत स्थल यहाँका ऐतिहासिक महत्वका पुरातात्विकस्थलको रुपमापूरा पढ्नुहोस्


मेलम्ची खानेपानीको सुरुङ निर्माणमा ढिलाइ

११ फागुन, चौतारा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ । ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र काम भएको दिनमा पनि ६ देखि ८ मिटर मात्र सुरुङ खनिएकाले काममा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर एवं सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए । आगामी चैतको दोस्रो सातासम्म सुरुङको काम सम्पन्न गरी राजधानीमा खानेपानी लगिने आयोजनाले भन्दै आए पनि ग्यालथुम–सिन्धुखण्डमा २२३ मिटर र ग्यालथुम अडिटको जङसनमा ५० मिटरसहित २७३ मिटर खन्न बाँकी रहेको सूचना अधिकारी पन्तले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहान रहेको अम्बाथानदेखिपूरा पढ्नुहोस्


बजारको दायाँबायाँ व्यवसायीले राखेका सामग्री हटाइँदै

११ फागुन, धुलिखेल बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने अभियान स्वरुप बिहीबार मुख्य बजारको पुल बजारदेखि बुडोलडाँडासम्मको अरनिको राजमार्ग दायाँबायाँका सबै सामग्री हटाएको छ । नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेको नेतृत्वमा सडक छेउछाउमा राखिएका साना फलफूल व्यवसायी, कपडा व्यवसायी, चटपटे व्यवसायीदेखि ठूला निर्माण व्यवसायी र खाद्य स्टोर सञ्चालन गर्नेले राखेका सामग्री प्रहरी प्रशासन लगाएर हटाइएको हो । नगरप्रमुख बादेले ‘बनेपा नगरपालिकालाई स्वच्छ र सुन्दर बनाऔँ, अरनिको राजमार्ग क्षेत्र व्यवस्थित बनाऔँ’ भन्ने अभियान सञ्चालन गरी बजार क्षेत्रमा बाहिर सडकमा राख्दै आएका व्यावसायिक प्रयोजनका सबै सामग्री हटाइएको बताए । “यसले नगरको रुपलाई कुरुप बनाउनेदेखि सडक दुर्घटनादेखि प्रदूषण हुनका साथै बजार नै अस्तव्यस्त भएकाले नगरपालिकाले यसअघिपूरा पढ्नुहोस्


प्राधिकरणले विद्युत खरिद गर्न आलटल गरेकोमा आपत्ति

फागुन ११, काठमाडौँ सौर्य ऊर्जा उद्यमीले नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) गर्न आलटाल गरेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले सरकारकै प्रस्तावमा आफूहरुले मुलुकका विभिन्न स्थानमा सौर्य ऊर्जा प्रणाली जडानका लागि जग्गा खरिद गरेको र सम्पूर्ण प्रक्रिया अगाडि बढाए पनि सम्झौता नहुँदा निर्माण शुरु गर्न अप्ठ्यारो परेको यहाँ बिहीबार पत्रकार सम्मेलनमा बताए । ऊर्जा मन्त्रालयले जारी गरेको ‘राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना, २०७२’ मार्फत राष्ट्रिय ग्रीड प्रणालीमा सौर्य तथा वायु ऊर्जा उत्पादन गर्ने अवधारणामा आधारित भएर सौर्य ऊर्जा प्रणाली जडानका लागि आफूहरु प्रक्रियामा सहभागी भएको उनीहरुको भनाइ छ । प्रतियुनिट रु. ९.६१ मा सौर्य ऊर्जापूरा पढ्नुहोस्