Main Menu

Saturday, February 3rd, 2018

 

रहेनन् साहित्यकार ब्राजाकी

माघ २०, काठमाडौँ मस्तिष्कघातबाट पीडित प्रखर साहित्यकार मनु ब्राजाकीको उपचारका क्रममा निधन भएको छ । उनको शुक्रबार बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिए । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उहाँ नेपाली गजल लेखनमा पनि सिद्धहस्त थिए ।


कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने निश्चित

माघ २०, भक्तपुर दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटकपटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो । कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै चीन जोड्ने तातोपानी नाकासम्म जाने एक मात्र सडक अरनिको राजमार्गमा दैनिक जाम बढेपछि यसलाई कम गर्न सुरुङ मार्ग निर्माण गर्ने अवधारणा अगाडि सारिएको बस्नेतले बताए । पूर्वमन्त्री बस्नेतले भने, “हामीले कोटेश्वर र साँगामा सुरुङ मार्ग निर्माण गर्ने, जडीबुटीदेखि जगातीसम्म ७पूरा पढ्नुहोस्


भान्सालाई एउटा चिठ्ठी

दिपमाला महर्जन मेरो सपना प्रेसर कुकरको सिठ्ठि भन्दा बुलन्द छ, मेरो कल्पना खुर्सानीको खार भन्दा चर्को छ, मेरो महत्वकांक्षा डाडु पन्यु भन्दा कयौँ गुणा अग्लो छ, मेरो लक्ष केबल जिउँदो रहनेमा सिमित छैन । त्यसैले, ओइ प्रेसर कुकर अनि डाडु पन्यु अनि तेल खुर्सानी ! तिमीले मेरो ६ घन्टा खाएर के भो ? म २४ लाई ४८ घण्टामा परिणत गरी देखाउनेछु, आफ्नो अस्तित्व जोगाउने मात्र होइन छुट्टै पहिचान बनाई देखाउनेछु ।


४ वर्षभित्र काठमाडौँ-तराई द्रुतमार्ग

माघ २०, लेनडाँडा, मकवानपुर नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई ४ वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ । प्रत्येक ७ किमी क्षेत्रमा शिविर खडा २०० जनशक्ति लगाएर रुख कटान गरिँदै तीन महिनाभित्र रुखसम्बन्धी सबै काम पूरा हुने काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको द्रुतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रुपमा लिएको छ । पाँच स्थानबाट एकैसाथ काम अघि बढाइसकिएको प्रमुख सेनानी धर्मेन्द्रकुमार झाले जानकारी दिए । मक्खुबेंसी, कुलेखानी, लेडडाँडा, बुदुने र निजगढमा शिविर खडा गरेर रुख कटान गर्ने र हटाउने, सडकको रेखाङ्कन गर्ने र सडक निर्माणपूरा पढ्नुहोस्