Main Menu

रहेनन् साहित्यकार ब्राजाकी

माघ २०, काठमाडौँ

manu-brajaki-dies

मस्तिष्कघातबाट पीडित प्रखर साहित्यकार मनु ब्राजाकीको उपचारका क्रममा निधन भएको छ ।

उनको शुक्रबार बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिए । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उहाँ नेपाली गजल लेखनमा पनि सिद्धहस्त थिए ।

(Visited 140 times, 1 visits today)

टिप्पणी

comments