Main Menu

Thursday, February 8th, 2018

 

शुद्ध क्रान्तिको कल्पना गर्नेले कहिल्यै क्रान्ति देख्न पाउँदैन-नारायणकाजी

माघ २५,  महोत्तरी, बर्दिबास नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले शुद्ध क्रान्तिको कल्पना गर्नेले कहिल्यै क्रान्ति देख्न नपाउने बिचार ब्यक्त गरेका छन् । नेता श्रेष्ठले उक्त बिचार महोत्तरीको बर्दीबासमा सामाजिक रुपान्तरणका लागि स्थापित आधारशिलाको १५ औं बार्षिकोत्सवको अवसरमा आयोजित ‘अक्टोबर क्रान्तिको शतवार्षिकी र नेपाली सन्दर्भ’ बिषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै ब्यक्त गरेका हुन् । सो कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने, ‘सोभियत अक्टोबर समाजवादी क्रान्तिले विश्वमा नयाँ युगको शुरुवात गरेका थियो’ । नेता श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनलाई विश्लेषण गरी भने, ‘ठोस परिस्थितिमा ठोस निर्णय गरेर सिर्जनात्मक कार्यान्वयन गर्नु नै सही मानेमा मार्क्सवादी हुनुको परिचय हो । दक्षिण एसियामा नैपूरा पढ्नुहोस्


एकता र सरकार गठन सँगसँगै – नेपाल

माघ २५, धनगढी नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएका छन् । धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता र सरकार गठनको तयारी सँगैसँगै भइरहेको बताए । उनले सरकार गठन र पार्टी एकताको काम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मा लिएर काम गरिरहेको बताए । नेता नेपालले राष्ट्रियसभाको परिणाम आइसकेको अवस्थामा अबको दुई हप्ताभित्र सरकार गठन हुने बताए। कामचलाउ सरकारले गरेका निर्णय नयाँ सरकारले जिम्मा नलिने नेता नेपालको भनाइ थियो । उनले वर्तमान सरकारले राज्यको ढुकुटीपूरा पढ्नुहोस्


३ वटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान

माघ २५, काठमाडौँ   नेपाल गुणस्तर तथा नापतौल विभागले ३ वटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ । विभागले जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई आज गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । विभागले उक्त ग्यास उद्योगमा दुई पटक निरीक्षण गरी गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा सञ्चालित ५५ ग्यास उद्योगमध्ये हालसम्म ४ वटा उद्योगले मात्र गुणस्तर प्रमाणपत्र लिई सञ्चालन गरेका छन् । आज थप ३ वटालाई गुणस्तर प्रमाणपत्र प्रदान गरेपछि सो संख्या ७ पुगेको छ । ४८ ग्यास उद्योगले अहिलेसम्म गुणस्तर प्रमाणपत्र लिएका छैनन् । गुणस्तर प्रमाणपत्र लिनेमा मनोज ग्यास उद्योगपूरा पढ्नुहोस्


राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान – आयोग

local-elections-ballot-paper-voter-list

माघ २५, काठमाडौँ ६ वटा प्रदेशमा बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचन शान्ति र उत्साहपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । बुधबार बिहान १०ः०० देखि ३ः०० बजेसम्म भएको मतदानमा करिब ९९.५२ प्रतिशत मत खसेको आयोगले जनाएको छ । कूल ५६ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नं २ का आठै सदस्य निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्न परेन । ६ वटै प्रदेशमा रहेका जम्मा १ हजार ६७७ जना मतदातामध्ये १ हजार ६६९ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका र जम्मा ८ जना अनुपस्थित रहेको आयोगले जनाएको छ । प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यपूरा पढ्नुहोस्


हकिङ भन्छन् – ‘मानव जाति अब ६ सय वर्षसम्म’ ! जोगाउने कसरी ?

बेइजिङमा गत २०१७ को नोभेम्बरमा भएको ‘टेन्सेन्ट विश्व पर्यावरण सम्मेलन’ Tencent WE Summit मा विश्वविख्यात भौतिकशास्त्री विलियम स्टेफेन हकिङले मानव जाति आगामी ६ सय वर्षमा समाप्त हुँदैछ भनी चेतावनी दिएका छन् । उनी भन्छन्, “हामी सबै छ सयभन्दा कम वर्षमा मर्दैछौं, जुनबेला यहाँ यति धेरै मानिसहरु हुन्छन् जसले गर्ने अपार ऊर्जा उपभोगले यो पृथ्वी ग्रह रातो हुने गरी बल्नेछ” । बिचारहरु आदानप्रदान गर्न विश्वभरिका वैज्ञानिकहरु भेला भएको सो विश्व वैज्ञानिक सम्मेलनमा वर्तमानका सर्वाधिक ‘मास्टर माइन्ड’ कहलिएका वैज्ञानिक हकिङको कुरा सुनी सहभागी सबै वैज्ञानिकहरु स्तब्ध भए । वैज्ञानिक हकिङले झण्डै वर्ष दिनपहिले पनि यस्तै बिचार दिएर विश्वभरि सनसनी फैलाएका थिए ।पूरा पढ्नुहोस्