Main Menu

देउवा सरकारले गरेको निर्णय फिर्ता, राष्ट्रियसभामा ३ जनाको नाम सिफारिस

फागुन ८, काठमाडौँ

government-take-back-previous-decision-3-names-national-assembly

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अर्थशास्त्री डा. युवराज खतिवडा, कानूनविद् रामनारायण बिंडारी र अर्थविद् विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जानकारी दिए । 

५९ सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीन जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना सदस्य यसअघि नै निर्वाचित भइसकेका छन् । 

यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नाम पठाउनेबारे वाम गठबन्धनमा परामर्श गरेका थिए ।

(Visited 100 times, 1 visits today)

टिप्पणी

comments