Main Menu

प्रदेश नं ३ मा मन्त्रिमण्डल गठन

माघ २९, हेटौँडा

प्रदेश नंं ३ का नवनियुक्त प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रिपरिषद्मा आज अपराह्न दुई मन्त्री नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले नवनियुक्त मन्त्री केशव स्थापित र शालिकराम जमरकट्टेललाई आज अपराह्न पद तथा गोपनीयताको शपथ गराइन् । स्थापितलाई भौतिक योजना तथा पूर्वाधार विकास र जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

अर्को मन्त्रिपरिषद् विस्तार नहुञ्जेल बाँकी ५ मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्ने मन्त्रिपरिषद् कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताए ।

नवनियुक्त मन्त्री स्थापित र जमकट्टेलले ३ नं. प्रदेशका जनताको चाहनाबमोजिम विकास निर्माणको काम निष्पक्ष र पारदर्शी ढंगले गर्ने बताए ।

(Visited 180 times, 1 visits today)

टिप्पणी

comments