Main Menu

उत्तर र दक्षिण कोरिया वार्ता आगामी मंगलबार

फागुन १२, सोल

north-south-korea-meeting-tuesday

आगामी हप्ता उत्तर र दक्षिण कोरियाबीच वार्ता हुने भएको छ । यी दुई देशबीचका कार्यगत समूहका अधिकारीबीच सो वार्ता हुन लागेको बताइएको छ ।

द्विपक्षीय वार्तामा अधिकारीहरुले दक्षिण कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुका साथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा पनि कुराकानी हुने भएको दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सो वार्ता आगामी मंगलबारका लागि तय गरिएको छ ।

सो वार्ताका लागि दक्षिण कोरियाले उत्तरलाई पत्र पठाएको थियो । उत्तर कोरियाले सो पत्रमा शुक्रबार मात्रै सहमति जनाएको पनि सो मन्त्रालयले जानकारी दिएको हो ।

वार्ता उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको पानमुनजोममा आगामी मङ्गलबार अर्थात् फेरवरी २८ मा विहान १० बजेबाट सुरु हुने भएको बताइएको हो ।

वार्ताका लागि दुई कोरियाका तर्फबाट अधिकारीहरु अन्तर-कोरियाली विभागका महानिर्देशकहरुको सहभागिता रहने बताइएको छ ।

वार्ताका लागि दक्षिण कोरियाले तीन सदस्य पठाउने छ भने उत्तरका लागि पनि त्यनि नै संख्यामा सदस्यहरु आउने छन् ।

वार्ता टोलीले हालै भएको शीतकालीन ओलम्पिकको समीक्षाका साथै आगामी दिनमा यी दुई देशबीच हुन लागेको भनिएको उच्चस्तरीय वार्ताको बारेमा पनि कुराकानी हुने बताइएको छ ।

(Visited 96 times, 1 visits today)

टिप्पणी

comments