Main Menu

ऐठन (कविता)

  • प्यास्पी चाम्लीङ्ग

aithaan-poemएकहुल दाजूभाईहरु
कामूक सन्ध्याको छायाँमा
वैंशको उन्मत्त हुरी बोकेर
भर्खर भट्टीबाट फर्कँदैछन्
र आमाको बलत्कार गर्ने सल्लाह गर्दैछन् ।

अराजक यौवनको झोँकमा
एक टुक्रा अंशको भोकमा
कोही खुकुरी नचाइरहेछन्
कोही विदेशी कण्डम खेलाइरहेछन्
मनभरिको कालो कुरुपता
आज पोख्न आतुर छन् छ्यालब्याल
भट्टीवाल्नीको साप्रा र स्तनले नपुगेर
अब आफ्नै आमाको शरिर ताकिरहेछन्
यो युगको सबैभन्दा भयंकर अपराध
यो शताब्दीको सबैभन्दा निकृष्ट बलत्कार
चरम कुण्ठाको उदाहरण
आज उद्घोष हुँदैछ यी छोराहरुबाट
थोरै बाँचेको आहत उज्यालोमा
आमा……तिनीहरु आउँदैछन्
आज तिनीहरु छाँया बनेर आउँदैछन्…

तिनीहरु यो घर भागी लगाउन चाहिरहेछन्
र आमाको नाङ्गो शरिर हेर्न चाहिरहेछन्
तिनीहरु बारी, खेत र यो आँगन बाँड्न लागिरहेछन्
र आफ्नै आमाको लाम्टा र पाठेघरमा वीर्यको होली खेल्न ब्याकुल बनिरहेछन्
आमा तिनीहरु आइसके
म तयार भैसकेँ
यो वर्तमानको सबैभन्दा खतरनाक प्रतिरोधका लागि
यो इतिहासको सबैभन्दा दुःखद् प्रतिरक्षाका लागि ।

मसँग आगो छ, छाँया विरुद्ध
मसँग साहस छ, अध्याँरो विरुद्ध
म आज आफ्नै कलेजो विरुद्ध आगो उठाइरहेछु – म बाध्य छु
म आफ्नै रगत विरुद्ध साहस उध्याइरहेछु – म बाध्य छु
खबरदार ! खबरदार ! खबरदार !
मुटु जस्तै घर टुक्र्याएर कसरी बाँच्नु भोलि ?
आँखा जस्तै खेतबारी फुटाएर कुन खुसी साँच्नु भोलि ?
र आफ्नै आमाको बलत्कारमा कुन गौरब हाँस्नु भोलि ?
सबैभन्दा तीतो पाप
सबैभन्दा विशालु श्रापसँग
किन मीत लाउन खोजिरहेछौ दाजूभाई हो ?

आमा यी छाँयाहरु सम्बेदनाहीन निर्जिब भइसकेछन्
अगाडी बढिरहेछन्……आइरहेछन्
आमा…आमा…आमा…

म झल्याँस्स बिउँझन्छु
अचेल हरेक रात मेरो ऐठनमा
म एउटा सम्भव्य दुर्दशा बेहोरिरहेको हुन्छु ।

(Visited 226 times, 1 visits today)

टिप्पणी

comments