Main Menu

Saturday, January 20th, 2018

 

पार्टीभित्रका एकताविरोधीले केही प्रभाव पार्दैन – अध्यक्ष प्रचण्ड

माघ ६, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रका केही व्यक्तिले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकताको विरोध गरिरहेको भए पनि एकतालाई अनुमोदन गरिसकेको हुनाले विरोधको कुनै औचित्य नभएको र त्यसले कुनै पनि प्रभाव नपार्ने बताएका छन् ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पार्टी निकट जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “नेपाली जनताले पार्टी एकतालाई स्वीकार गरिसकेका छन् । अनुमोदन गरिसकेका छन् ।” “एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्”, अध्यक्ष दाहालले भने, “जनता खुशी हुँदा उहाँहरु किन निराश हुनुभयो ? नेपालमा राजनीतिक स्थिरता, समृद्धि र समाजवाद आउँदा उहाँहरुलाई के घाटा हुन्छ ? मैले बुझ्न सकेको छैन । आफूलाई लागेका विषय खुल्लापूरा पढ्नुहोस्


अस्थायी मुकामको बखेडा बेकार – नेता खनाल

माघ ६, काठमाडौँ नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रदेशको अस्थायी मुकामको विषयलाई लिएर अहिले विवाद, बखेडा झिकेर आन्दोलन गर्नु उपयुक्त नहुने बताएका छन् । रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उनले अस्थायी राजधानी स्थायी नरहने स्मरण गराउँदै भने, “प्रदेशले यो बारेमा आफैँले निर्णय गर्नेछ, यद्यपि प्रदेशको राजधानी तोक्नेबारेमा सरकारले भने राम्रो ढंगले बुद्धि पुर्याएन ।” “प्रदेश प्रमुख वर्तमान सरकारले नै नियुक्ति गर्ने हो, नियुक्ति गरिएको विषयलाई हामीले कुनै आश्चर्य र अनौठो ढंगबाट लिएका छैनौँ,” उनले भने, “अब प्रदेशको प्रक्रिया अघि बढ्छ । उहाँहरुको काम र क्रियाकलापलाई हेर्दै प्रदेश प्रमुखहरु पदमा कति रहन्छन् वा रहन्नन् भन्ने कुरा आगामी सरकारले निर्णयपूरा पढ्नुहोस्


ओली र प्रचण्डबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

माघ ६, भक्तपुर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ । आज बालकोटस्थित अध्यक्ष ओली निवासमा करिब डेढघण्टा भएको दुई नेताबीच भएको वार्तामा राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठन, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ । भेटपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकको एजेण्डा तयार गर्न दुई अध्यक्षबीच छलफल भएको बताए । उनले समितिको भोलि बस्ने बैठकले महत्वपूर्ण निर्णय गर्ने बताए । भेटवार्तामा संयुक्त कार्यदलले तयार पारेको राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठनसम्बन्धी रिपोर्टका बारेमा छलफल भएको बताइएको छपूरा पढ्नुहोस्


तस्बिरमा यो साता

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार अयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउँदै । (तस्बिर – रोशन सापकोटा)   अछामको बैद्यनाथ धाममा माघे संक्रान्तिमा आयोजित माघि मेलामा न्याउले खेल खेल्दै महिलाहरु । (तस्बिर – गीता कुंवर, अछाम) मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मुटुको क्याथ ल्याब सेवा प्रदान गर्दै चिकित्सक । केन्द्रमा मुटुको क्याथ ल्याब सेवाअन्तर्गत मुटुको परीक्षण गर्ने, मुटुको नशामा बन्द भए बेलुनबाट फुटाउने एवं जाली हाल्ने कार्य बुधबारबाट शुरु भएको हो । (तस्बिर – रमेश गिरी) नेपाल नर्सिङ संघले नेतृत्व गरेको आन्दोलनमा युवा नर्सहरुको ऐक्यवद्धता भन्ने नारासहित काठमाडौँको माइतीघरमा बुधबार प्रदर्शन गर्दैपूरा पढ्नुहोस्


राष्ट्रिय पुरुष फुटबलको उपाधि पुलिसलाई

माघ ६, दाङ २८ औँ राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा ट्राइवेकरमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । खेल अवधिभर दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि ट्राइवेकरमा नेपाल पुलिस क्लबका तर्फबाट सुमन लामा, तेज तामाङ, बुद्ध लामा, दिनेश राजवंशी र निरकुमार राईले गोल गरेका थिए । त्रिभुवन आर्मी क्लबका तर्फबाट जसविन कार्की, हिरने मगर, विवेक बस्नेत र उपेश केसीले गोल गरेका थिए ।


ट्रायल पास गरेका डेढ लाखले ‘स्मार्ट’ लाइसेन्स पाएनन्

माघ ६, ललितपुर यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् । पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा शुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । विभागको अहिलेको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको ६ महिना पछि कार्ड पाउन सक्छन् । विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । अरु अञ्चल कार्यालयमा गत असारबाट सेवा शुरु भएको थियो । पहिले वाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुँदा सेवाग्राहीले राजस्व तिरेको एक/डेढपूरा पढ्नुहोस्


नास्टद्वारा पहलोपटक यार्सागुम्बाको विस्तृत अध्ययन शुरु

माघ ६, ललितपुर नेपालमा पहिलो पटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको विस्तृत अध्ययन शुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि महाशाखा (नास्ट)ले यार्सागुम्बाका प्रकार, अवस्था, गुणस्तरलगायत विषयमा अनुसन्धानका लागि तीन वैज्ञानिकको टोली बनाएको छ । नास्ट विज्ञान शाखा प्रमुख जयश्री सिंजापतिका अनुसार टोलीमा डा. जयकान्त राउत, डा. रामचन्द्र पौडेल र डा. लोकरञ्जन भट्ट रहेका छन् । उनी भन्छिन्, “यहाँबाट आउने निष्कर्षले यार्सागुम्बाको अवस्था बुझ्नुका साथै संरक्षणमा नीति बनाउन सघाउने छ ।”  यार्सागुम्बाको गुणस्तरका हिसाबले डोल्पा पहिलो र दार्चुला दोस्रो भनिए पनि त्यो हचुवाका भरमा मात्र भएको डा. पौडेल बताउँछन् । उनी भन्छन्, “हामी त्यस सम्बन्धमा अनुसन्धान गरेपछि नै ठोसरुपमा भन्न सक्नेछौँपूरा पढ्नुहोस्


प्रत्येक दिन १२० नयाँ क्षयरोगी थपिन्छन्

माघ ६, भक्तपुर नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा. केदार नरसिंह केसीले बताए । उनका अनुसार प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी ५ देखि ७ हजार बिरामीको मृत्यु हुने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाइ छ । नेपालमा जटिल प्रकारको बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्यापूरा पढ्नुहोस्


ऐठन (कविता)

प्यास्पी चाम्लीङ्ग एकहुल दाजूभाईहरु कामूक सन्ध्याको छायाँमा वैंशको उन्मत्त हुरी बोकेर भर्खर भट्टीबाट फर्कँदैछन् र आमाको बलत्कार गर्ने सल्लाह गर्दैछन् । अराजक यौवनको झोँकमा एक टुक्रा अंशको भोकमा कोही खुकुरी नचाइरहेछन् कोही विदेशी कण्डम खेलाइरहेछन् मनभरिको कालो कुरुपता आज पोख्न आतुर छन् छ्यालब्याल भट्टीवाल्नीको साप्रा र स्तनले नपुगेर अब आफ्नै आमाको शरिर ताकिरहेछन् यो युगको सबैभन्दा भयंकर अपराध यो शताब्दीको सबैभन्दा निकृष्ट बलत्कार चरम कुण्ठाको उदाहरण आज उद्घोष हुँदैछ यी छोराहरुबाट थोरै बाँचेको आहत उज्यालोमा आमा……तिनीहरु आउँदैछन् आज तिनीहरु छाँया बनेर आउँदैछन्… तिनीहरु यो घर भागी लगाउन चाहिरहेछन् र आमाको नाङ्गो शरिर हेर्न चाहिरहेछन् तिनीहरु बारी, खेत र यो आँगनपूरा पढ्नुहोस्


कथा

टुटली मरैया

रोशन जनकपुरी शाही सेनाको नाइट भिजन हेलिकोप्टरले रातभरि बम खसालिरहे पनि जनसेनाले गरेको घेराबन्दी टुटेन । चारैतर्फ फैलिएको अँध्यारोमा फिलिममा झैं यता पनि, उता पनि बम पड्किरहेको थियो । मानिसहरु कुदाकुद गरिरहेका थिए । झिङ्गटे छाना भएको स्कुलको एउटा कोठालाई अस्पताल बनाएर घाइतेहरुको प्राथमिक उपचार गर्दै युद्धक्षेत्रबाट बाहिर पठाइँदै थियो । गाजलभन्दा पनि कालो अन्धकारले छाएको थियो । बमको विस्फोट र स्वचालित हतियारहरुबाट कहिले निरन्तर, कहिले रोकीरोकी फुलझडीझैं गोलीका पर्राहरुबाट निस्कने राता, पहेंला, बैगनी प्रकाशले उज्यालो छरिरहेको थियो । हैन भने कोसौं फैलिएर लमतन्न सुतेको नदीको ढुङ्गे बगर मात्र युद्धको साक्षी थियो । युद्धको मुख्य मोर्चा बनेको चुरे पर्वतश्रेणीको त्यसपूरा पढ्नुहोस्