Main Menu

Thursday, January 25th, 2018

 

संकटालाई पराजित गरी एपिएफ आहा गोल्डकपको क्वार्टरफाइनलमा

माघ ११, पोखरा यहाँ जारी १६ औंँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा संकटा फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ । प्रतियोगिताको २८ औँ मिनेटमा एपिएफका आदित्य चौधरीले गरेको गोल नै जीतका लागि निर्णयक बन्यो । प्रतियोगितामा चौधरी उत्कृष्ट खेलाडी घोषित भए । एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले आगामी खेलमा आजभन्दा राम्रो प्रदर्शन गरिने बताए । संकटा फुटबल क्लबका प्रशिक्षक सल्यान खड्गीले क्लबका खेलाडीले राम्रै खेले पनि गोल गर्न नसकेको बताए । शुक्रबारको खेल नेपाल पुलिस क्लब र रमपम झापा ११ बीच हुने आयोजक सहारा क्लबले जनाएको छ ।


माथिल्लो त्रिशूलीसँग स्वदेशी लगानीकर्ताकै हैसियतमा सम्झौता गरिने

माघ ११, काठमाडौँ नेपाल विद्युत् प्राधिकरणले नेपाली प्रवर्द्धककै हैसियतमा माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गरिने स्पष्ट पारेको छ । प्राधिकरणले २१६ मेगावाट क्षमताको सो आयोजनासँग अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्न लागिएको भए पनि त्यसबाट कुनै पनि प्रकारको समस्या उत्पन्न नहुने उल्लेख गरेको हो । प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले अधिकतम १० वर्ष वा व्यावसायिक विद्युत् उत्पादन शुरु हुने दिनदेखि ऋण चुक्ता अवधि जुन समय पहिले हुन्छ सोही अवधिसम्मका लागि मात्रै अमेरिकी डलरमा पिपिए गर्न लागिएको जानकारी दिए । सो अवधि सकिएपछि सबै भुक्तानी नेपाली मुद्रामा नै हुने तथा डलर सटही मूल्यलाईपूरा पढ्नुहोस्


साली नदीमा व्रतालु [फोटोफिचर]

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने श्री स्वस्थानी व्रत कथा एवम् माधवनारायण मेलाका अवसरमा साँखुको साली नदीमा महिलाहरू व्रत बस्छन् । एक महिनासम्म लाग्ने सो मेलामा व्रतालुहरू स्वस्थानीका साथै अस्थमात्रिका देवीहरू (माहाकाली, वैश्नवी, ब्राम्ही, महेश्वरी, कौमेश्वरी, वाराही, इन्द्रायणी र चामुण्डा)को पूजा गर्छन् । तस्बिर – निलेश शाक्य/मूल्याङ्कन अनलाईन


बेनी जाने वैकल्पिक सडक बन्यो

११ माघ, बाबियाचौर, म्याग्दी म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । बेनी नगरपालिका–७ महारानीथान हुँदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुंगा र ४ नम्बरको डाँडाखेत हुँदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । नौ वर्षअघि बाटो खोल्न शुरु भएको सडक आयोजनाले हालै मात्र पूर्णता पाएपछि ठूलोखोला–बेनी खण्डमा सवारी सञ्चालन गर्न सकिने भएको छ । ११.५ किलोमिटर दूरीको यो सडक बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक भएको उपभोक्ता समितिका अध्यक्ष मुक्ति खड्काले बताए । सडकबाट बेनी नगरपालिकाको जरबुटा, सेतोढुंगा, भिरमुनि, डाँडाखेत, राक्से र ठूलोखोलाका बासिन्दा लाभान्वित भएका छन् । पहिला साँघुरोपूरा पढ्नुहोस्


दामनको २ फिट बाक्लो हिउँ हटाइयो

११ माघ, हेटौँडा त्रिभुवन राजपथको दामन र सिमभञ्ज्याङमा बुधबार अपराह्न परेको हिउँ हटाइ आज बिहानदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको छ । हिमपातले गर्दा हिजै साँझ ५ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयका प्राविधिकले नून र बालुवा बिछ्याउँदै हिउँ हटाएको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए । हेटौँडादेखि काठमाडौँ र काठमाडौँदेखि हेटौँडातर्फ जाने सयौँ यात्रु हिजो साँझदेखि नै दामन र सिमभञ्ज्याङमा अलपत्र अवस्थामा रहनुपरेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । यात्रु राजमार्ग खुलेसँगै हेटौँडा र काठमाडौँतर्फ लागिसकेको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । हिउँ करिब दुई फिट बाक्लो परेको प्रहरीले जनाएको छ ।


जापानले ३२ करोड अनुदान दिने

११ माघ, काठमाडौँ जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु. ३२ करोड ४८ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले चामललगायत खाद्यान्न खरिद गर्न उक्त रकम उपलब्ध गराउन लागेको हो । गत वर्षको बाढीले नेपालको कृषि क्षेत्र नराम्ररी प्रभावित भएको थियो भने बालीनालीसमेत बगेको थियो । प्राकृतिक विपत्तिका कारण उत्पन्न प्रतिकूल अवस्थामा खाद्यान्न अभाव हुन नदिन जापान सरकारको केनेडी राउण्ड योजनाअन्तर्गत उक्त रकम उपलब्ध गराउने घोषणा गरिएको हो । अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमापूरा पढ्नुहोस्


एक इन्च भूमि पनि मिच्न दिन्न – प्रम देउवा

nepali-congress-deuba

११ माघ, काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री देउवाले सो प्रतिबद्धता व्यक्त गर्नुभएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी गराए । प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले छपकैया सीमा अतिक्रमणबारे तयार पारिएको प्रतिवेदन आज बुझाएका थिए । यही माघ ६ गते दुवै संगठनको टोलीले सीमा रक्षा तथा जागरण अभियानसहित सीमा मिचिएको भनिएको छपकैयामा पुगी स्थलगत अध्ययन गरेका थिए । प्रतिवेदनमा छपकैयामा मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्मपूरा पढ्नुहोस्


सर्वोच्चले मिलाउन नसकेका मुद्दा स्थानीय तहमै मिल्यो

११ माघ, बनियानी, झापा स्थानीय सरकार बनेसँगै यहाँ जनताका लागि न्याय सहज बन्दै गएको अनुभव गर्न थालिएको छ । स्थानीय तहमा उपप्रमुख/उपाध्यक्षलाई न्याय सम्पादनको जिम्मेवारी दिइएसँगै न्याय सहज बन्दै गएको हो जसले गर्दा वर्षौं पुराना मुद्दा पनि स्थानीय तहमै मिल्न थालेका छन् । स्थानीय सरकारका ‘न्यायाधीश’ (उपप्रमुख/उपाध्यक्ष) ले सर्वोच्च अदालतसम्म पुगेर मिल्न नसकेका मुद्दा समेत मिलाएको जनाएका छन् । गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाले गत माघ ७ गते २५ वर्ष पुरानो समस्या समाधान भएको बताए । कैलाश रौनियार र मातृका पौडेलको जग्गासम्वन्धी विवाद सर्वोच्च अदालतबाट फर्किएको बताउँदै उनले भने, “दुई दशक लामो विवाद गाउँपालिकामै मिलेको छ ।” उनले गाउँपालिकामा श्रीमान–श्रीमतीको घरपूरा पढ्नुहोस्


भवन इजाजतसम्बन्धी सूचना अब एसएमएसबाटै

माघ ११, काठमाडौँ काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । “यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्,” उनले भने, “कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ ।” यही माघ ७ गतेदेखि शुरु गरेको उक्त सेवाबाट हालसम्ममा ३८ जना लाभान्वित भइसकेका छन् । “सेवाग्राहीलाई सूचना पठाउने या नपठाउने भन्ने निर्णय मान्छेले गर्ने होइन, यो काम सफ्टवेयर आफैँले गर्ने भएकाले निर्णय हुनासाथ सेवाग्राहीको मोबाइलमा सूचना जान्छ ।” उनले भने ।पूरा पढ्नुहोस्


बाघ गणना गर्न प्रयोग भएका क्यामेरा नै हराए

माघ ११, रत्ननगर, चितवन चितवन र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधिको क्यामेरा हराएका छन् । बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका अत्याधुनिक प्रविधिका स्वचालित क्यामेराहरु यसरी हराएका हुन् । कतिपय मान्छेले चोरेर लगेको पाइएको छ भने कतिपय हात्तीले झिकेर फुटाउने गरेको तथा कतिपय क्यामेरा बाघले समेत लगेको पाइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । “कतिपय मानिसले के रहेछ भनेर नयाँ देखेर लाने गरेको पाइयो, कतिपय तस्करले पनि लगेको आशंका छ”–अर्यालले भने । पर्सा क्षेत्रको पहिलो ब्लकमा ३४ वटा क्यामेरा हराएको छ । यस्तै दोस्रो ब्लकमा राखिएका क्यामेरामध्ये २६ वटा क्यामरापूरा पढ्नुहोस्