Main Menu

Tuesday, January 9th, 2018

 

एक दिवसीय नेत्रहीन क्रिकेट– नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

पुस २५, काठमाडौँ पाकिस्तानमा जारी पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको जिन्नाह स्टेडियमा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल पाकिस्तानसँग टि–२० र एकदिवसीयमा पराजित हुँदै आएको छ । त्यस्तै, पाकिस्तानले सोमबार लाहोरमा भएको पहिलो खेलमा बंगलदेशमाथि ९ विकेटको जित निकालेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई २५९ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रेको पाकिस्तानले १९.११ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पाकिस्तानको लागि बदानर मुनिरले शतक प्रहार गरे । उनले ५९ बल खेलेर १२६ रन जोडे । त्यस्तैपूरा पढ्नुहोस्


डा. गोविन्द केसीलाई प्रक्राउ गरिएको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन

२५ पुस, काठमाडौँ त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीलाई प्रक्राउ गरिएको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । अदालतको अवहेलना मुद्दामा प्रा. डा. केसी पक्राउ परेपछि उनको समर्थनमा विभिन्न राजनीतिक दलका नेता र सर्वसाधारण माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् । ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ को अगुवाइमा बिहान ८ः०० बजेदेखि प्रदर्शनमा उत्रिएका समर्थकले ‘डा. केसी एक्लो छैन’, ‘हामी तिम्रा साथ छौँ’, ‘म पनि गोविन्द केसी मलाई पनि पक्राउ गर’, ‘केसीलाई कष्ट माफियालाई अनिष्ट’, ‘सर्वोच्च अदालतलाई सम्मान भ्रष्टलाई दण्ड’ लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए । प्रा. डा. केसीलाई तुरुन्त रिहाइ गर्नुपर्ने भन्दै माइतीघर पुगेकापूरा पढ्नुहोस्


उत्तर कोरियाले हिउँदे ओलम्पिकमा आफ्ना खेलाडीसहितको टोली दक्षिण कोरया पठाउने

पुस २५, सोल उत्तर-दक्षिण कोरिया वार्ता सुरु फेब्रुअरीमा दक्षिण कोरियामा आयोजना हुने हिउँदे ओलम्पिकमा आफ्नो टोली पठाउने उत्तर कोरियाले सन् २०१८ को फेब्रुअरीमा दक्षिण कोरियामा आयोजना हुने हिउँदे ओलम्पिकमा आफ्नो टोली पठाउने भएको छ । दुई देशबीच २ वर्षभन्दा बढी समयपछि भइरहेको उच्चस्तरीय वार्तामा यस्तो निर्णय भएको दक्षिणका अधिकारीहरुले जनाएका हुन् । दक्षिण कोरियामा पठाइने टोलीमा खेलाडीहरू, अधिकारीहरू तथा समर्थकहरू हुने बताइएको छ । दक्षिण कोरियाले भने कोरियाली युद्धका कारण उत्तर र दक्षिणमा छुट्टिएका परिवारहरूको पुनर्मिलनको लागि पनि प्रस्ताव गरेको छ । यस्तो पुनर्मिलन ओलम्पिक खेलकै दौरान गर्ने दक्षिण कोरियाको प्रस्ताव रहेको बताइएको छ । ओलम्पिकको उद्घाटन समारोहमा दुबै देशकापूरा पढ्नुहोस्


दुई वर्षअघि खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४४३ घर शौचालयविहीन

२५ पुस, कञ्चनपुर दुई वर्षअघि खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४४३ घरमा शौचालय छैनन् । प्रायः विपन्न र दलित समुदायका घरमा शौचालय नभएको पाइएको छ । अर्थ र चेतना अभावले अधिकांशले शौचालय नबनाइएको बताइएको छ । नगरपालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ हजार २७४ घरधुरीमध्ये ८ हजार ८३१ परिवारको घरमा मात्रै शौचालय रहेको पाइएको समन्वय समितिका सुपरभाइजर वसन्ती विष्टले बताए । शौचालय नभएका परिवारले खेत, सार्वजनिक सडक, खोला र वन क्षेत्रमा खुला रुपमा शौच गर्दै आएको पाइएको छ । उनले भने, “यसबाट वातावरणमा नराम्रो प्रभाव परेको छ ।” नगरपालिकाका वडा नं १ मा १८, २पूरा पढ्नुहोस्


रारा गोल्ड कपको पुरस्कार राशि अब ७ लाख

२५, पुस, पोखरा सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । यस वर्ष विजेता टोलीले रु ७ लाख १ हजार र उपविजेताले रु ३ लाख ५१ हजार , ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । गत वर्ष विजेताले रु ५ लाख १ हजार र उपविजेताले रु २ लाख ५१ हजार पाएका थिए । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा १२ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष केशव थापाले जानकारी दिनुभयो । प्रतियोगितामा भाग लिने टोलीमा मनाङ मस्र्याङ्दी,पूरा पढ्नुहोस्


रोल्पाका दुईसयभन्दा बढी विद्यालयमा दरबन्दी छैन, अभिभावक मारमा

२५ पुस, रोल्पा रोल्पामा करिब २०० भन्दा बढी विद्यालयले सरकारी दरबन्दी बिना नै विद्यालय सञ्चालन गरिरहेका छन् । ती विद्यालयले सरकारबाट दरबन्दी नपाएका कारण अभिभावकसँग सहयोग मागेर विद्यालय सञ्चालन गर्न बाध्य भएका हुन् । उचित सरकारी लगानीको अभावमा रोल्पाका सामुदायिक विद्यालय गैरसरकारी संस्थाको सहयोग र अभिभावकको चन्दाबाट विद्यालय सञ्चालन गर्न बाध्य भएका छन् । विद्यार्थीको अनुपातमा आवश्यक दरबन्दी नहुँदा जिल्लाका प्रायः सबै विद्यालयमा निजी स्रोतका शिक्षक राखिएका छन् । जिल्लामा ७०० भन्दा बढी शिक्षक दरबन्दी अपुग रहेको बताइएको छ । निजी स्रोतका सबै शिक्षकको तलब भत्ता अभिभावकले व्यवस्था गर्नुपर्ने भएकाले आफूहरुमाथि ठूलो व्ययभार थपिएको अभिभावकले गुनासो गरेका छन् । शिक्षापूरा पढ्नुहोस्


मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु

पुस २५, नुवाकोट आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ । विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको काम गर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । आइतबार राति दुई जनाबीच विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई लात्तीले प्रहार गरी मुटुमा चोट पुर्याएकाले नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसारपूरा पढ्नुहोस्


डा. केसी सर्वोच्च अदालतमा उपस्थित

पुस २५, काठमाडौँ वरिष्ठ चिकित्सक डा. गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित भएका छन् । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा. केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो । डा. केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार अनशन शुरु गरेका थिए । अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा. केसीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गरेका प्रा. डा. केसीलाई मंगलबार बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको थियो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासलेपूरा पढ्नुहोस्


माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता अगाडि बढाइने निर्णय

पुस २५, भक्तपुर नेकपा(एमाले)ले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता अगाडि बढाउने निणय गरेको छ । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उनकै अध्यक्षतामा हिजो बसेको स्थायी कमिटीको ९४औँ बैठकले छिटो पार्टी एकताको कामलाई टुंग्याउने निर्णय गरेको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए । एमालेले माओवादी केन्द्रसँग पार्टी एकताका लागि पद बाँडफाँट र वैचारिक मतभेद टुंगो लगाउन आवश्यक परे कार्यदलसमेत बनाएर अघि बढ्ने र छिट्टै पार्टी एकता अगाडि बढाउने निर्णय गरेको बैठकपछि उनले जानकारी दिए । पार्टी प्रचार एवं प्रकाशन विभाग प्रमुख भट्टराईले भने, “दुई पार्टीका अध्यक्षबीच पार्टी एकीकरणको छलफल सकारात्मक रुपमा अघि बढेको छ र पार्टी एकताले गति लिएकोपूरा पढ्नुहोस्


चालु आर्थिक वर्षभित्रै ६० प्रतिशत घर बन्ने

पुस २५, पोखरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले चालु आवभित्रै ६० प्रतिशत निजी घर निर्माण सम्पन्न हुने बताएका छन् । उनले टिम्बर कपोरेसनमाफत घर बनाउन आवश्यक काठको व्यवस्था हुने पनि बताए । साथै ढुंगा, गिट्टी र बालुवाजस्ता पदार्थ स्थानीय तहमार्फत निःशुल्क वा सहुलियत दरमा उपलब्ध गराउने वातावरण मिलाइएको उनको भनाइ थियो । ‘आगामी असार मसान्तभित्र ६० प्रतिशत घर बनाउने गरी काम अघि बढाएका छौं,’ भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण सम्बन्धमा आयोजित अन्तक्रियामा उनले भने, ‘सरकारले एउटा टोकनका रूपमा मात्र सानो रकम छुट्याएको हो । यसको सदुपयोग गरी छिटोभन्दा छिटो घर बनाउन म आग्रह गर्छु ।’ ७ लाख ६७पूरा पढ्नुहोस्