Main Menu

Friday, January 26th, 2018

 

प्रेस सेन्टरद्वारा शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार स्थापना

माघ १२, काठमाडौं प्रेस सेन्टर नेपालले बितेका वरिष्ठ पत्रकारहरु शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । शुक्रबार बसेको सेन्टरको सचिवालय बैठकले ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको हो । सेन्टरले उक्त पुरस्कार संगठनको १४ औं स्थापना दिवसको अवसरमा एकजना वरिष्ठ पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले माघ १५ गते तीन कुनेस्थित सिद्धार्थ कटेजमा अन्य संगठनहरुसँग एकता तथा जलपान समारोह गरेर स्थापना दिवस मनाउने निर्णय गरेको बैठकपछि सेन्टरका महासचिव विष्णु सापकोटाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । १० हजार राशी रहेको पुरस्कार छनौटका लागि सेन्टरका उपाध्यक्ष बलराम थापाको संयोजकत्वमा कमल गीरि, मनोज घर्तीमगर, मनिषापूरा पढ्नुहोस्


मेलम्चीको पानी चैत १५ सम्ममा राजधानीमा ल्याउने

माघ १२, काठमाडौँ मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किलोमिटर थोक वितरण प्रणालीमध्ये ६७ किलोमिटर पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो । यसैगरी ६७० किलोमिटर वितरण सञ्जालमध्ये ६४४ किलोमिटर पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । बजेट अभावका कारण धूम्रबाराही–महाराजगञ्ज–सामाखुसी–कलंकी क्षेत्रको ३०० किमी क्षेत्रमा वितरण सञ्जाल स्थापना हुन सकेको छैन । यो क्षेत्रमा पाइप बिच्छ्याउन रु. ८ अर्ब बढी बजेट आवश्यक पर्नेछ । बजेटका लागि एसियाली विकास बैंकसँग कुरा भइरहेको निर्देशनालयले जनाएको छ । पाइप बिच्छ्याउन भत्काइएको सडकमध्ये ६१ किमी सडकपूरा पढ्नुहोस्


कामचलाउ सरकारले राज्यला कंगाल बनाउने निर्णय गर्यो – ओली

माघ १२, पोखरा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यलाई नै कंगाल बनाउने जस्ता निर्णय गरेको आरोप लगाएका छन् । सामुदायिक रेडियो प्रसारक संघको यहाँ आयोजित १३ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले वर्तमान कामचलाउ सरकारले गरेका सबै निर्णय मान्य नहुने बताए । संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताउँदै अध्यक्ष ओलीले संशोधनका नाममा देशलाई दूरगामी रुपमा असर पार्ने, देश टुक्र्याउने जस्ता निर्णय गर्न नसकिने स्पष्ट पारे । नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेलामा रु. ६० अर्ब खर्च गरेर भएका अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिन वर्तमान सरकारले खोजेको पनि उनले बताए । आगामी सरकार सञ्चारमाध्यममैत्री बन्ने विश्वास दिलाउँदै पूर्वप्रधानमन्त्रीपूरा पढ्नुहोस्


उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्ने

माघ १२, ‍इटहरी यहाँ जारी मदन भण्डारी मेमोरिय इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मर्स्याङदी क्लब भिड्ने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उपाधिका लागि आफूलाई पूर्ण दावेदार प्रस्तुत गर्दै त्यही मुताविकको तयारीलाई तीव्रता दिइरहेको थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जानकारी दिए । थ्रीस्टारले त्रिभुवन आर्मीलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दै फाइनल यात्रामा तय गरेको हो । मनाङले पनि यस वर्ष नै दुई उपाधि चुमिसकेकाले यो सर्वाधिक पुरस्कार राशिको खेल गुमाउन नहुने योजनाका साथ आफूहरु मैदान उत्रने प्रशिक्षक छिरिङ लोप्साङले बताए । गरिफा स्पोर्र्टी क्लब कोलकातालाई पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको होपूरा पढ्नुहोस्


अाहा रारा गोल्डकप – झापा ११ लाई पराजित गरी पुलिस क्वार्टरफाइनलमा

माघ १२, पोखरा पोखरामा जारी आहा रारा गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा रमपम झापा ११ लाई १–० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलको १२ औँ मिनेटमा पुलिस क्लबका अभिषेक रिजालको पासमा सुमन लामाले हेडिङमार्फत गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो । आजको खेलमा पुलिस क्लबका रवि पासवान उत्कृष्ट खेलाडी घोषित भए । पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले खेलाडी नयाँ भए पनि अनुशासित खेल खेल्दा आजको प्रतियोगिता जित्न सफल भएको बताए । रमपम झापाका प्रशिक्षक प्रवेश कटुवालले नयाँ तथा पुराना दुई किसिमका खेलाडी रहनु र यसअघिका प्रतियोगिताका क्रममा केही घाइतेसमेत भएका कारण अपेक्षानुसार खेल्न नसकेकोपूरा पढ्नुहोस्


मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा शुरु भयो पिएचडी कार्यक्रम

माघ १२, सुर्खेत मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो पटक विद्यावारिधि (पिएचडी) कार्यक्रममा शुरु गरेको छ । आज वीरेन्द्रनगरमा एक समारोहबीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पिएचडी कार्यक्रम शुभारम्भ गरेको हो । कार्यक्रमको उद्घाटन गर्दैै प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले २५ वर्ष पुराना विश्वविद्यालयले सञ्चालन गर्न नसकेको कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गर्न लागेकामा खुशी व्यक्त गरे । विगतका शासकका कारणले गर्दा प्रदेश नं ६ शैक्षिक क्षेत्रमा पछाडि परेको उनको भनाइ थियो । “शासकहरुले सन्तुलित विकास नगर्दा हामी पछाडि परेका हौँ”, उनले भने, “विकासको रथ अगाडि बढाउनका लागि मुख्य रथका रुपमा रहेको शैक्षिक क्षेत्र बलियो हुनुपर्छ । त्यो क्षेत्र नै बलियो भएन भने विकासपूरा पढ्नुहोस्


सप्तरीमा ३ वटा ट्रक ठोक्कियो, एक चालकको मृत्यु

माघ १२, लहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा आज दिउँसो ३ वटा मालबाहक ट्रक एकआपसमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ५५६६ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८७३० तथा ना७ख १८३५ नंको ट्रक एकापसमा ठोक्किँदा ट्रक चालक उदयपुर त्रियुगा नगरपालिका–४ का कविराम माझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ । सोही दुर्घटनामा परी त्रियुगा नगरपालिका–४ का शैला दनुवार, उहाँकी आमा सञ्जना दनुवार, सोही ठाउँकी रञ्जु माझी र नीरबहादुर माझी घाइते भएका छन् । घाइतेको लहानस्थित सप्तऋषि नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छपूरा पढ्नुहोस्


काठमाडौँ-भक्तपुर वैकल्पिक सडक विस्तार शुरु

माघ १२, भक्तपुर काठमाडौँ र भक्तपुरको सिमाना रहेको जडीबुटीदेखि भक्तपुरको जगाती जाने वैकल्पिक सडकका रुपमा रहेको पेप्सीकोला, सानोठिमी, बाहाखा बजार, मध्यपुरथिमि हुँदै भक्तपुर जोड्ने खस्याङखुसुङ पुलसम्मको सडक विस्तार गर्ने कार्य शुरु भएको छ । करिब ६ किलोमिटर लामो उक्त सडकमा दोहोरो यातायात सञ्चालनमा समस्या आएको र सडक जाम हुन थालेपछि विस्तार कार्य अगाडि बढाएको हो । डिभिजन सडक कार्यालयको कूल रु. ५४ करोडको लागतमा विस्तार शुरु भएको उक्त सडक फुटपाथसहित २० मिटरको चौडाइ बनाइने मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । सडक विस्तारको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शिलान्यास गरेका हुन् । बस्नेतले भक्तपुरको वैकल्पिक मार्गका रुपमा रहेको यो सडक विस्तारलेपूरा पढ्नुहोस्


आपसमा गालीगलौज गर्ने कि आन्दोलनधाराबारे बहस गर्ने ?

“राजनीतिलाई मुक्तियात्राको रुपमा नलिनेहरुका निम्ति राजनीति एक व्यबसाय, व्यापार र धन्दा मात्र हो । मुक्तियात्राको महत्वपूर्ण अङ्गको रुपमा राजनीतिमा क्रियाशील म जस्ताका लागि धन्दावालहरुको पकडको अहिलेको राजनीति निकै कष्टकर छ । तर, सोच्छु यो राजनीति फेर्न त म राजनीतिमा छु र, फेरि अघि बढ्छु । “राजनीतिमा बिकृतीकरणको बारेमा मेरो अभिब्यक्ति हाम्रो पार्टी वा पार्टीको कुनै निर्णयको सन्दर्भमा नभएर हाम्रो पार्टी सहित समग्र राजनीतिको सन्दर्भमा हो । नयाँ संबिधान र राजनैतिक परिबर्तन निष्ठावान एवं स्वच्छ नेतृत्व बिना सार्थक रुपमा लागु हुनै सक्दैन । त्यसैले राजनीतिको सफाई अनिबार्य छ ।” माथिका यी भनाइहरु नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफ्नोपूरा पढ्नुहोस्


एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु

माघ १२, भक्तपुर आउँदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षाको तयारी तीव्र पारिएको बताउँदै उनले प्रश्न पत्र छपाइको तयारी भइरहेको र केन्द्र निर्धारण गर्ने कार्य अन्तिमचरणमा पुगेको जानकारी दिए । केन्द्रले यसवर्ष करिब २ हजार परीक्षा केन्द्र निर्धारण गर्ने तयारी गरेको बताउँदै परीक्षा नियन्त्रक रेग्मीले यसवर्ष परीक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुने अनुमानका साथ तयारी गरिएको बताए । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइईपूरा पढ्नुहोस्