Main Menu

Tuesday, January 30th, 2018

 

प्रचण्ड र बाबुरामलाई रुवाउने शहीद पत्नी दिलमायाको प्रदेशसभा यात्रा

पतिको शहादत भएको भर्खर तीन महिना पुगेको थियो । काखमा १४ महिनाकी अबोध छोरी ‘दिप्ती’ । २१ वर्षमै जीवनसाथी गुमाउँदाको असीम पीडा तर पनि शोकलाई शक्तिमा बदल्ने दरिलो साहस पलायो ३३ वर्षीया दिलमाया रोका ‘दीपा’लाई । त्यसैले अहिले उनलाई प्रदेशसभा सदस्य समेत हुन पाउने अबसर मिल्यो । १४ वर्षअघिको त्यो दिन भएको कार्यक्रम फर्केर हेर्दा संघर्षका गाथासंग सम्बन्धित रोकाको प्रस्तुतिले नेतृत्व तहका पदाधिकारीलाई प्रभावित बनायो, जुनबेला तत्कालीन नेकपा माओवादीको ऐतिहासिक चुनुवाङ बैठक आयोजना हुनुअघि अखिल नेपाल जनसांस्कृतिक संघले ‘युद्ध मैदानबाट फर्किंदा’ नामक ‘अपेरा’ प्रस्तुत गरिरहेको थियो । कथाले मागेअनुसार अपेरामा दिलमायाको अभिनय शुरु भयो । पिठ्यूँमा १४ महिनाकी कलिली छोरी,पूरा पढ्नुहोस्


‘निर्वाचन नसकुन्जेल कोही बाहिर नजाऊ’ – एमाले

uml-deny-local-level-increment

माघ १६, काठमाडौँ नेकपा (एमाले) स्थायी कमिटीको बैठकले राष्ट्रियसभा निर्वाचनमा मतदाता रहेका निर्वाचन मण्डलका सदस्यहरु तथा पार्टीको तर्फबाट निर्वाचित सबैलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचन मण्डलका सदस्यहरु, पार्टीका तर्फबाट निर्वाचित सदस्यहरु, प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका अध्यक्ष, र उपाध्यक्षहरू राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको हो । बैठकले राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदातालाई अनिवार्य रुपमा मतदानसम्बन्धी तालीम दिन जरुरी भएको ठान्दै प्रदेशपूरा पढ्नुहोस्


अब प्रगतिशील लेखक संघको औचित्य छैन – विष्णु भण्डारी [अन्तर्वार्ता]

(गत माघ ११ गते अखिल नेपाल लेखक संघका अध्यक्ष एवं जनसाँस्कृतिक महासंघका उपाध्यक्ष विष्णु भण्डारीले साँझतिर एक्कासी नेकपा (माओवादी केन्द्र) र त्यससँग सम्बन्धित सबै संघ तथा संगठनहरुबाट आफू अलग भएको घोषणा गर्दै आफ्नो निजी फेसबुक पेजमा लिखित एवं श्रव्यदृश्य राजीनामा सन्देश प्रसारित गरे । र, उनले अन्य पाँचजना लेखक कलाकारहरुसँग मिली ‘समाजवादी लेखक संघ’ स्थापना गरेको घोषणा पनि गरे । उनले आफ्नो श्रव्यदृश्य सन्देशमा अहिलेको सन्दर्भमा ‘प्रगतिशील लेखक संघ, प्रलेस’ औचित्यहीन भएको पनि घोषणा गरे । साथै उनले प्रलेस सत्ताधारीहरुको संस्थाको रुपमा चित्रित पनि गरे । प्रगतिशील लेखक, साहित्यकार एवं साँस्कृतिक अगुवा अभियन्ताको रुपमा आफूलाई स्थापित गरिसकेका साहित्यकार भण्डारीको त्योपूरा पढ्नुहोस्


वीर सपूतहरू, जो मरे तर माफी मागेनन्

“माफी माग, अझै समय बाँकी छ ।” राणा सरकारको तर्फबाट खटिएर गएको ज्यानमारा टोलीको नाइके नर सम्शेरले अन्तिम समयमा गंगालाललाई भन्यो । लट्ठामा बाँधिएका वीर गंगालालले उसको अनहारतिर घृणाको नजरले हेर्दै जवाफ दिए, ‘मैंले माफी माग्नु पर्ने काम नै के गरेको छु र ? फेरि म तँ कसाई जस्तो मानिससित किन माफी माग्छु ? बरू तिमीहरूले गरेको अत्याचारका लाग तैँले हामीसँग माफी माग् ।’ यसको एकैछिन अघि केही हात पर त्यस्तै गरी गाडिएका बाँसका लठ्ठामा बाँधिएका दशरथ चन्दलाई जल्लाद नाइके नर सम्शेरले सोधेको थियो, ‘ तेरो अन्तिम इच्छा के छ ? भन् । दशरथ चन्दले उपहासको हाँसो हाँस्दै उसलाई जवाफपूरा पढ्नुहोस्